भारतीय विदेश सचिवको दुई दिने नेपाल भ्रमण

धरान । भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपालको दुई दिने औपचारिक भ्रमण गर्नुहुने भएको छ । नेपालकी परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा भारतीय विदेश सचिव मिस्रीले श्रावण २७ र २८ ते नेपाल भ्रमण गर्नुहुने भएको हो । भारतीय विदेश मन्त्रालयले शुक्रबार अर्थात श्रावण २५ गते जारी गरेको सूचना अनुसार विदश सचिव मिस्रीको श्रावण २७ र २८ गते हुने भ्रमणले दुई देश बीचको नियमित उच्च स्तरीय आदानप्रदानको परम्परालाई निरन्तता दिनुका साथै छिमेकी पहिलो नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको प्रतिविम्वित हुन्छ ।


भारत र नेपाल बीच सदियौ पुरानो सभ्यता गत, साँस्कृति र जनता–जनताबीचको सम्बन्ध रहेको छ । भारत सरकारको सहयोगमा नेपालमा ठूला ठूला पूर्वाधार र कनेक्टीभिटी परियोजनाहरु सम्पन्न भइसकेका छन् भने नयाँ परियोजनाहरु अघि बढाई उच्च स्तरीय आदान प्रदानलाई गति दिँदै पछिल्ला बर्षहरुमा दुई देशबीचको द्विपक्षीय सहकार्य अझ मजबुत भएको छ । जारी सूचनामा भनिएको छ, हाम्रा्े द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन विदेश सचिवको भ्रमण अवसर हुनेछ ।

 

तपाईको प्रतिक्रिया