पेन्सन वितरण कार्यालय धरानद्वारा उदयपुर र सुनसरीमा मौसमी शिविर सञ्चालन

धरान । भारतीय राजदुतावास पेन्सन वितरण कार्याय धरानद्वारा उदयपुरको कटारी, बेलटार र सुनसरीको झुम्कामा मौसमी शिविर सञ्चालन गरिएको छ । पूर्वाञ्चलका विकट पहाडी जिल्लाहरुमा बसोबास गर्ने भारतीय भूतपूर्व सैनिकहरुको सुविधालाई दृष्टिगत गरी यस भन्दा अगाडि मौसमी शिविरहरु सञ्चालन गर्दै आए तापनि पेन्सन वितरण कार्यालय धरानले पछिल्लो पटक सुगम स्थानमा बसोबास गर्ने भारतीय भूतपूर्व सैनिकहरुका लागि मौसमी शिविर सञ्चालन गर्न थालेको हो । कोशी प्रदेशका सुगम र विकट पहाडी जिल्लाहरुमा गरी २१ स्थानमा क्याम्प सञ्चालन समेत भएको पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजियाले बताउनुभयो । पहाडी जिल्लाहरुमा ताप्लेजुङ, पााँथर, इलाम, संखुवासभा, भोजपुर, खोटाङको दिक्तेल, ओखलढुंगा, सोलुखुम्बुका साथै तराईका झापा जिल्लाका तीन ठाउँ, मोरङ्गको तीन ठाउँ, उददपुरको दुई ठाउँ र सुनसरीको २ ठाउँमा मौसमी शिविरहरु सञलनमा रहेका छन् । पहाडी जिल्ला इलाम, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुंगामा पेन्सन वितरण कार्यालय धरानको आफ्नै डिष्ट्रिक बोर्डहरु समेत रहेको छ ।


हालै मात्र अर्थात श्रावण १३ गते कटारी भूपू सैनिक भवनमा र श्रावण १४ गते बेलटारको भूपू स्ैनिक भवनमा तथा श्रावण १५ गते सुनसरी जिल्लाको झुम्कामा कल्पवृक्ष पार्टी प्यालेस परिषरमा मौसमी शिविरको सञ्चालन गरिएको थियो । सो अवसरमा पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजियाले उपस्थित सम्पूर्ण भारतीय भूतपूर्व सैनिक तथा तिनका आश्रित परिवारलाई स्वागत गर्नु भएको थियो । सो अवसरमा उहाँले भूपू र आश्रित परिवारलाई धन्यवाद समेत दिँदै उहाँहरुको सेवा, सुविधा प्रति भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय सदैव तत्पर रहेको बताउनुभयो । उहाँले स्वागत मन्तव्यका क्रममा भन्नुभयो–‘ म भूपूहरुको सु–स्वास्थ्यको कामना गर्दछु । तपाईहरुको कुनै समस्या, गुनासा भएमा त्यसको समधानका लागि हर सम्भव प्रयास गर्दछु ।’ पूर्वाञ्चलमा बसोबास गर्नुहुने सम्पूर्ण भूतपूर्व सैनिक, तिनका आश्रित परिवार, असक्त, बृद्धबृद्धा भूपूहरुको असहजतालाई सहज तुल्याउन तथा भूपूहरुको दुःख कष्टको सामाधान गर्नु नै पेन्सन वितरण कार्यालय धराको मुख्य उद्देश्य हो । सम्पन्न भएका उक्त शिविरमा जीवन प्रमाणिकरण, मृतकका मुद्धाहरुको सहजीकरण र त्यसको समाधान, रहल–पहल, नयाँ पेन्सन, पारिवारिक पेन्सन सुचारु, विभिन्न दस्तावेजहरुका कार्यहरु, भूपूहरुको कल्याणकारी उपलब्धीका योजनाहरु, फ्युरनल ग्राण्ड, म्यारिज ग्राण्ड, मेडल वितरण, पर्चमेन्ट सर्टिफिकेट वितरण, इसिएचएस (ECHS को सदस्यता र कार्ड वितरण, भाग–२ आदेश आदिका कार्यहरु भएका थिए । सम्पन्न भएका मौसमी शिविरमा उक्त जिल्लाका साथै छिमेकी जिल्लाहरु दिक्तेल (खोटाङ), ओखलढुंगा, सिरहा, सप्तरी, रामेछाप, सिन्दुलीका भारतीय भूतपूर्व सैनिक तथा तिनका आश्रितहरुले लाभ लिएका थिए । अस्थायी शिविर सञ्चाल गरी सेवा प्रदान गरेकोमा ती जिल्लाका भूतपूर्व सैनिकहरु, तिनका आश्रित परिवार, भूतपूर्व सैनिक समितिका अध्यक्ष लगायत सदस्यहरुले खुशी व्यक्त गरेका थिए । सम्पूर्ण भारतय भूतपूर्व सैनिक तिनका आश्रित परिवारहरुले आगामी दिनमा पनि यसैगरि शिविर सञ्चालन गर्नका लागि मेजर कनौजियासँग आग्रह गरेका थिए । प्रत्युत्तरमा भूपूहरुका सन्तुष्टि र हौसलाको सदैव कदर गर्ने भन्दै सबैमा धन्यवाद दिनुभएको थियो । पेन्सन वितरण कार्यालयको स् थापना इस्वी सम्बत १९५८ सालमा तत्कालीन अवस्थामा क्षेत्रीय सदरमुकाम रहेको पूर्वी पहाडी जिल्ला धनकुटामा भएको थियो । नेपालमा बसोबास गर्ने भारत सरकारका पेन्सननरहरुको आकांक्षा र आवश्यकतालाई मध्यनजर गरी मौसमी पेन्सन भुक्तानी शुरु गरिएको थियो । सन् १९६८ सालमा स्थायी पेन्सन वितरण कार्यालयको रुपमा धनकुटाबाट धरान सारिएको हो । सन् १९९७ देखि पेन्सन वितरण कार्यालय धरान सुविधा सम्पन्न उपकरणसहित नयाँ भवनबाट सेवा प्रदान गरिदै आएको छ ।

तपाईको प्रतिक्रिया