धरान । धरान उपमहानगरपालिका वडानं. १ पृथ्वीचौकमा सोमबार करिब १२÷१३ किलो तौलको अजिंगर रुखमा बसेको अवस्थामा फेला परेको थियो । साँझ स्थानीयले रुखमा देखेको अजिंगर हेर्न सर्वसाधारणको अत्याधिक भीड रहेको थियो । स्थानीयहरुले अजिंगर र मानव दुवैलाई खतरा नहोस् भनेर धरान हरियाली सामुदायिक वन उपभोक्ता समितिमा लगिएको छ ।

भेटिएको अजिंगरलाई हरियालीको मिनी चिडिया घरमा राखिने जनाइएको छ । पर्यटक प्रवद्र्धनमा समेत टेवा पुग्ने भएकोले मिनी चिडिया घरमा राखिने भएको हो । रुखमा बेरिएको अवस्थामा अजिंगार भेटिएको १ नंं वडा समितिका सदस्य उज्वल बास्तोलाले बताउनुभयो । उहाँले भन्नुभयो–‘करिब १०÷१२ केजीको अजिंगर रुखमा बेरिएको अवस्थामा फेला परेको थियो, यसलाई उद्धार गरेर लान सफल भनि भयौ, उद्धारका क्रममा एक युवकलाई टोकेको थियो, तर उनी अहिले खतरामुक्त छन् उनका अनुसार अजिंगर भेटिएपछि वन कार्यालय धरानलाई लाई खबर गरेर उनीहरुल आएपछि करिब डेढ, दुइ घण्टामा अजिगरको उद्वार गरिएको थियो ।
