धरानः सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीले फरक फरक ठाउँबाट ठुलो परिमाणमा गाजा र ब्राउनसुगर सहित व्यक्तिहरुलाई पक्राउ गरेको छ । साउन १३ गते दिउसो करिब साढे ३ बजे सुनसरीको बबियाबाट ११५.७ केजी गाँजासहित २ जना पक्राउ परेका छन् ।विषेश सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीबाट सशस्त्र प्रहरी सहायक निरिक्षक काशीराम चौधरीको कमाण्डमा खटिएको संयुक्त टोलीले गाँजा र २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको हो । सशस्त्रका अनुसार धनकुटाको साँगुरीगढी गाउँपालिका १ बुढीमोरङका ३२ बर्षीय राम कुमार राई र सोही ठाउँका २२ बर्षीय बुद्ध लिम्बुलाई गाजासहित पक्राउ गरिएको हो ।
इनरुवा नगरपालिका –९ स्थित बबिया चोकबाट प्रदेश नं १–०२–००२ च ६८८३ नम्बरको टाटा गाडीमा लोड गरी सुनसरीको नाका इलाकातर्फ लादै गर्दा गाडीसहित ११५.७ केजी गाजा नियन्त्रणमा लिएको स्शस्त्र प्रहरी वल नेपाल नं ४ गण हेडक्वार्टरले जानकारी दिएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको पनि सशस्त्रले जनाएको छ ।
