धरान । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको पहलमा सोमबार सुनसरी, धनकुटा, उदयपुर र
्रभोजपुरका जिल्ला सुरक्षा समितिको धनकुटाको साँगुरीगढी गाउँपालिकाको भेडेटारमा बसेको बैठकले सप्तकोशी जलमार्गबाट हुने लागू औषध ओसारपसार नियन्त्रणमा कठोर बन्ने निर्णय गरेको छ । चार जिल्लाको संयुक्त सुरक्षा समितिको बैठकमा कोशी प्रदेशका नेपाल प्रहरी प्रमुख डिआइजी चन्द्र कुवेर खापुहाङ्ग, सशस्त्र प्रहरी प्रमुख डिआइजी शम्भु अधिकारी, राष्ट्रिय अनुसन्धान विभाग कोशी प्रदेशका अनुसन्धान निर्देशक किशोर श्रेष्ठ, नेपाली सेनाका जिल्ला इन्चार्जहरु, उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, भोजपुरका प्रमुख जिल्ला अधिकारी नरबहादुर थापा, धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौड्यालसँगै जिल्ला सुरक्षा समितिका अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो् ।

बैठकका निर्णयहरुका सम्बन्धमा राखेको जिज्ञासामा सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले भन्नुभयो, हाम्रो फोकसिङ्ग ड्रग्स नियन्त्रणमा थियो । लागू औषधको रुपमा रहेको र राज्यले प्रतिबन्धित गरेको गाँजा धनकुटा, भोजपुर, उदयपुरबाट सप्तकोशीको जलमार्ग प्रयोग गरी तल आउने र तलबाट अन्य लागू औषध लैजाने गतिविधि तिब्र भएपछि यसलाई कडाइका साथ नियन्त्रण गर्ने उद्देश्यले बैठकको आयोजना भएको हो । कोशी नदीमा जलमार्गबाट ट्युव, बाँस, डुंगाका माध्यमबाट गाँजा लगायतका लागू औषध ओसारपसार भएको पाइयो, उहाँले भन्नुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिआइजीद्वयले बैठकका निर्णय कडाईका साथ लागू गर्न मातहतका चारै जिल्लाका प्रहरीलाई निर्देशन दिनुभएको थियो । प्रमुख जिल्ला अधिकारी तिवारीले भन्नुभयो लागू औषध गाँजाको शुरुवाती उत्पादन, भण्डारण र विरुवा नष्ट गर्न डिआइजीद्वयले मातहतका सुरक्षा कर्मीहरुलाई निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो लागू औषध जस्तो संवेदशनशील कुरामा सामुहिक रुपमा मिलेर काम गर्नुको विकल्प छैन, कोशी प्रदेशमा हाल बर्षाको समयमा जल यातायात निषेध गर्ने निर्णय भएकोँे छ । तर रातको समयमा ट्युव, बास र डुंगामार्फत लागू औषध गाँजा तलतिर लैजान गरेको पाइयो, अब त्यसरी लागू औषध ओसार पसार गर्नेहरुलाई चेक प्वान्टमा बसेका प्रहरीहरुले किनारमा बसेर हेदैैनन्, बल प्रयो्ग गर्छन् । पानीमा बल प्रयोग कसरी गर्ने ? कि गोली ठोक्ने भन्ने जिज्ञासामा प्रमुख जिल्ला अधिकारी तिवारीले कठोर बन्ने भनेकै गोली ठोक्नेसम्मको अवस्था हो । पानीको बीचमा बास, ट्युव, डुंगामा रहेका तस्करलाई किनारामा आउ भन्दा नमानेमा अन्तिम विकल्प गोली ठोक्ने नै हो । उहाँले भन्नुभयो लागू औषधका सम्बन्धमा जनचेतना अलि सघन रुपले लैजानु प¥यो भनेर पनि बैठकको आयोजना गरेका हौ । क्रस बोर्डर भएकोले हामीले यस सम्बन्धमा भारतीय पक्षसँग पनि कुरा गरिरहेका छौं । यसलाई थप सघन बनाएर काम अगाडि बढाउँछौै । खुल्ला सीमा भएकोले समन्वय गरेर काम गर्ने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो ।
धनकुटा, भोजपुर, उदयपुरमा घरको करेसा बारीमा लगाएको गाँजाहरुमात्र प्रहरीले यदाकदा फाँड्ने गरेको तर सेटिङ्गमा जंगल र खेतमा लगाएको नफाड्ने गरेको भन्ने सवालमा प्रमुख जिल्ला अधिकारी तिवारीले भन्नुभयो, त्यसै कारणले सयुक्त सुरक्षा समितिको बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिआइजीद्वयलाई सहभागी गराइएको हो । उहाँले भन्नुभयो यसलाई सबैतिरबाट बन्द गर्नुप¥यो । सीमा नाका ओसार पसार हुने कुरामा सुनसरी जिल्लाले बढी जिम्मा लिनुपर्छ, प्रदेश प्रहरी प्रमुखहरुले कडाईका साथ लाग्न निर्देशन दिएपछि अब यो नियन्त्रणको काम शुरु भएको छ । उहाँले भन्नुभयो केही दिन अगाडि गाँजासहित चार वटा गाडी समातिएको छ । त्यत्रो करोडौको कार समातिएको छ, कसैले चाहेर पनि त्यसमा संलग्न चार पाँचजना मानिस छुट्न सक्दैनन् । चारवटा गाडी लिलाममा जान्छ, कारलाई पनि त्यसै अनुसारको जरिवाना हुन्छ । धनकुटाको मुलघाट र धरानको बेस क्याम्पसमा मभेसी अर्थात गाई गोरु तस्कररुहरुसँग प्रहरीको सेटिङ हुने गरेको छ । एक दुई लाखसम्मको डिल हुने गरेको छ, यसलाई नियन्त्रण गर्नु पर्दैन भन्ने जिज्ञासामा प्रमुख जिल्ला अधिकारी तिवारीले भन्नुभयो यो कुरा मलाई भर्खरै थाहा भयो, यसलाई मैले नोट गरे । अब त्यसो हुँदैन, त्यस्ता ठाउँमा थप निगरानी बढाइने छ ।
त्र
