धरान । घना जगल मासिदै जाँदा जगली जनावर तथा चराचुरुङ्गीको आहार सकिदै गएपछि जंगली जनावर तथा चराचुरुङ्गी मासिदै गएका छन् । मासिने क्रम बढ्दै जाँदा बादर प्रजातिका जनावरहरु जंगलमा खान नपाएपछि शहर केन्द्रित बन्दै गएका छन् । सहर छिरेका बादरहरुले उपद्रो मच्चाउदै आएका छन् । जंगली जनावरलाई जंगलमै संरक्षण गर्नुपर्छ भन्ने अभियान बोकेर विगतदैखि नै धरान तरहरा बीचको चारकोशे जंगलमा फलफूलका विरुवा रोप्दै आएको सामुदायिक प्रकृति र्सरक्षण अभियान नेपालले विभिन्न सघ सस्थासँग सहकार्य गरेर फलफूलका विरुवा रोपेको छ । ‘वनलाई बगैचा बनाऔं’ भन्नै अभियानै बोकेर विगत केही बर्षदेखि निरन्तर चारकोशे जंगलमा अयिभान नैपालले फलफूलका विरुवा रोप्द आएको हो ।

बन जंगल मासिदै जाँदा पशुपंक्षीको आहारा समेत खोसिदै गएको छ । आहारको कमी भएकै कारण जंगली पशुपंक्षी लोप हुदै गएका छन् । जंगली पशुपंंक्षीले पनि बाच्न पाउने अधिकार सुनिश्चित गर्न उनीहरुले प्रयोग गर्ने आहार व्यवस्थापन गर्ने उद्देयले विगत ५ बर्ष भन्दा लामो समयदेखि धरान तरहराबीचमा पर्ने चारकोशे जंगलम विभिन्न जातका फलफूलका विरुवा रोप्दै आएको सामुदायिक प्रकृति र्सरक्षण अभियान नेपालले विभिन्न संघ संस्थासँग सहकार्य गरेर यस बर्ष पनि फलफूलको विरुवा रोपेको हो । अभियान नेपालको अगुवाईमा सुनसरी उद्योग वाणिज्य संघ, यातायात व्यवसायी राष्टिूय महासघ कोशी प्रदेश लगायतका संघ संस्थाले चारकोशे जगलमा ‘वनलाई बगैचा बनाउ अभियान’ अन्तर्गत विभिन्न जातका फलफूलका विरुवाहरु रोपिएको अभियान नेपालका अध्यक्ष धुवराज घिमिरेले बताउनुभयो । उहाँले अहिले रोपिएको विरुवाले तत्काल फाइदा नभए पनि दशबर्षपछि विरुवा हुर्केर जंगली पशुपक्षीको आहारा हुने अध्यक्ष घिमिरेले बताउनुभयो । उहाँले जंगली पशुपंक्षी सहर केन्द्रित हुन थालेमा विभिन्न प्रकारका समस्या उत्पन्न भएकोले जंगललाई वगैचा बनाउने अभियानमा जुटेको बताउनुभयो ।
वनजंगलमा जंगली जनावरको आहारा सकिदै गएपछि बाँदरहरु धरान पसेर उपद्रो मच्चाउने गरेको अभियानका लागेकाहरुले बताएका छन् । फलफुलको विरुवा रोप्ने अभियानमा सहभागी सुनसरी उद्योग वाणिज्य सघका अध्यक्ष विजय श्रेष्ठले जगलमा बस्ने बाँदर जगलमा आहारा नपाएपछि बादर धमाधम सहर प्रवेश गरेको बताउनुभयो । उहाँले अहिले धरानमा बादर सहरकेन्दित बन्दा बादरको आतंकले धरानेहरु आजित बनेको बताउनुभयो । उहाँले फलफूलको विरुवा रोपेर संरक्षण गरेको खण्डमा बादर सहर पस्ने क्रम रोकिने उहाँको भनाई थियो । जगलमा बाँदरकौ आहारा केही नभएपछि धरान प्रवेश गरेर घर घरमा गएर पकाएको खाना खाइदिने, विक्री गर्न राखेकौ फलफूल चोरेर खाइदिने लगायतका उप्रदो मच्चाउदा धरानेहरु आजित बनेको बताउनुभयो । अभियन्ताहरुले जंगलमा आप, कटहर जामुन लगायतका फलफूलका विरुवाहरु रोपेका थिए । मान्छेलाई बाँच्नै अधिकार जति छ, पशुपक्षीलाई पनि त्यतिकै रहेको निष्कर्ष निकालैर विगत ५ बर्ष भन्दा अगाडिदेखि अभियानमै लाग्नु भएका घिमिरेको अभियानलाई विस्तारै विभिन्न संघ सस्थाले समेत साथ दिँदै आएका छन् । जंगलभित्र फलफूलको बगैचाको रुप दिन सकेको खण्डमा जंगली जनवारको बाँच्ने अधिकारसँगै मानिसलाई दिने दुःख कष्ट समेत कम भएर जाने निष्कर्ष अभियान नेपालले निकाल्दै जंगलभित्र फलफूलका विरुवा रोप्ने कार्यक्रमलाई अभियानकै रुपमा अगाडि बढाएको हो ।
