राष्ट्रिय गौरवको खाँदबारी किमाथांका सडकको च्याम्ताङसम्म सात निर्माण कम्पनी पाँच निर्माण कम्पनीद्वारा बरुण पुल सहितको काम जारी : दुई ठेक्का सम्झौताको चरणमा

खाँदबारी । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको भारत र चीन जोड्ने कम दूरीको परम्परागत सीमानाका खाँदबारी किमाथाका सडक अन्तर्गतकोे च्याम्ताङसम्म सात निर्माण कम्पनीमध्ये पाँचवटा कम्पनीले सम्झौता मुताविक कामलाई निरन्तरता दिइरहेका छन् भने दुई वटा कम्पनीसँग ठेक्का सम्झौताको चरणमा रहेको छ । उत्तध्र दक्षित कोशी सडक आयोजना खाँदबारीका सडक आयोजना प्रमुख सविन कोइरालाका अनुसार हाल ५ वटा ठेकेदार कम्पनीले खाँदबारीदेखि वरुण सम्मको ८० किमीमा काम गरिरहेका छन् । उहाँका अनुसार खाँदबारादेखि थामसेर्कुसम्म (लभिङ्ग डाँडा) को १४ किमी सडकको काम शर्मा शिव शक्ति जेभीले रु ४९२,५०८,९३९.७६ करोडमा गरिरहेको छ । उक्त सडकको भौतिक प्रगति हालसम्म ४० प्रतिशत भएको छ भने २०८२ असार सम्ममा काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्ेख छ । यसैगििर थामसेर्कुदेखि कप्तानेसम्मको १४ किलोमिटरको विटुमिन फुटपाथको काम शर्मा शिव शक्ति जेभिले नै पाएको छ । १२ किलोमिटर सडकका लागि रु ४५९,४८९,२७५.८४ करोडमा भएको ठेक्का सम्झौता २०७८ असारमा भएको थियो । हालसम्मा २७ प्रतिशत मात्र काम सम्पन्न भएको उक्त सडक २०८२ भाद्र भित्रमा पूरा गर्नुपर्ने हुन्छ । यसैगरि कप्तानेदेखि नुम सम्मको १३ किमी सडकको विटुमिन र फुटपाथ सडकको निर्माणको जिम्मा समेत शर्मा–शिव शक्ति जेभीले नै पाएको छ । भेरिएसन पछिको सम्झौता अनुसार उसले यो १३ किमी सडक रु २२६,८७८,५७६ं७३ करोडमा पाएको हो । जसको हालसम्म भौतिक प्रगति २७ प्रतिशत मात्र  भएको छ । शर्मा शिव शक्ति जेभीले १३ किमी सडकको विटुमिन फुटपाथ निर्माणका लागि २०७८ असारमा सम्झौता भएको थियो भने २०८२ भाद्र २६ गतेभित्रमा काम सम्पन्न गर्नुपर्ने हुन्छ ।
आयोजना प्रमुख कोइरालाका अनुसार वरुण खोलामा स्टिल ट्रष्ट पुलको काम समेत भइरहेको छ । खाँदबारी बरुण नदी सम्म २ लेनको सडक ट्रयाक रहे पनि वरुण नदीमा पुल निमाृण भइनसक्दा त्यसभन्दा अगाडिको कामे गति लिन सकेको छैन । बरुण खोलामा स्टिल ट्रष्ट वृजको काम हिम्दुङ्ग एण्ठडड थोकर÷विवश÷एम.ए.एस. जेभिले गरिरहेको छ । ६० मिटर लामो उक्त पुल निर्माणमा भेरिएसन पछिको सम्झौता अनुसार १६९,८९५,७५२.१७ करोड रहेको छ । हालसम्म उक्त पुल निर्माणको भौतिक प्रगति ३४ प्रतिशत रहेको छ पुल निमाृणका लागि हिम्दुङ्ग एण्ण्ड थोकर÷विवश÷एम.ए.एस. जेभिसँग २०७८ चैत्र २ गते सम्झौता भएको थियो । उसले २०८१ पौष १७ गतेसम्ममा सम्पन्न गर्नुपर्ने छ । यसैगरि विटुमिन फुटपाथको नुम–वेशी–दोभान सम्मको १० किमीको काम सिंह एण्ड ब्रदर्श÷विवश÷ड्रयागन जभीले गरिरहेको छ । कुल ५२०,०५७,३५७.८९ करोडमा २०७९ वैसाख १२ गते सम्झौता भएको र २०८१ कार्तिक २१ गते सम्पन्न गर्नुपर्ने उक्त सडकको भौतिक प्रगति हालसम्म ४० प्रतिशत मात्र भएको छ ।


उत्तर दक्षिण कोशी सडक आयोजना खाँदबारीले पछिल्लो पटक पुन ः दुई वटा ठेक्का निकालेको छ । रुण नदीदेखि हुङ्गगुङ्ग सम्मको १८ किमी र खाँदबबारीदेखि ११३ किमी अगाडि दखि १३४ किमी हुङ्गगुङ्गदेखि च्याम्ताङ्ग सम्को १७ किमी सडकका लागि स्वामि नारायण सेवा र ओसिस÷मंगलादेवी सुभास÷सुन्दरदेवी जेभीले ठेक्का पाए पनि उनीहरुसँग सम्झौताको चरणमा रहेको छ । चाँडै नै दुई निर्माण कम्पनीसँग भेरिएसन पछि सझौता हुने प्रमुख कोइरालाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया