भूपूद्वारा जनप्रतिनिधिको ध्यानाकर्षण

धरान । विगत केही समय यता धरान उपमहानगरपालिकाका जनप्रतिनिधिबीच एक आपसको टकरावका कारण उत्पन्न असहज परिस्थितिका सम्बन्धमा चिन्ता व्यक्त गर्दे संयुक्त भूपू सैनिक समुदाय धरानले प्रमुख, उपप्रमुख र वडाध्यक्षहरुलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
ध्यानाकर्षणपत्र बुझाउनेमा ब्रिटिश गोरखा रेजिमेन्टल एसोसिएसन, भारतीय भूतपूर्व सनिक एसोसिएसन, नेपाल सैनिक एसोसिएसन र गार्खा कन्टिन्जेन्ट सिंगापुर पुलिस फोर्स रहेका छन् । ब्रिटिश गोर्खा रेजिमेन्ट एसोसिएनका अध्यक्ष मेजर झप्तमान लिम्बु, गोर्खा कन्टिन्जेन्ट सिंगापुर पुलिस फोर्सका एक.एस.पी. बीरेन्द्र विक्रम लिम्बु, भारतीय भूतपूर्व सैनिक एसोसिएसनका सह सचिव कर्ण गुरुद्वारा हस्ताक्षरित संयुक्त ध्यानाकर्षण पत्रमा भनिएको छ, केही दिनदेखि बोलाइएको कार्यपालिका बैगठकमा कार्यपालिका सदस्यहरुले मेयरबाट कानुनी प्रक्रिया मिचेर पत्राचार गरेको भन्दै बैठकमा नबस्ने भनेर पत्रकार सम्मेलन गरेको र भोलिपल्ट तुरुन्तै मेयर, उपमेयर समेत कार्यपालिकाको बैठकका विषयमा पत्रकार सम्मेलन गरेको थाहा पाउँदा हामी सम्पूर्ण भूपू समुदायिको ध्यानाकर्षण भएको छ ।


ध्यानाकर्षणको बोधार्थ उपमेयर र २० वटै वडाध्यक्षलाई दिइएको पत्रमा भनिएको छ, धरानको विकासमा सबै धरान नगरबासीको योगदान रहनुका साथै भूपू लाहुरेको सहरले चिनिएको धरानमा भूपू सैनिकहरुको पनि उत्तिकै योगदान रहेको र भविष्यमा समेत योगदान रहने स्मरण गराएको छ । धरान उपमहानगरपालिकाभित्रको पछिल्लो घटनाक्रम तथा मेयर, उपमेयर, कार्यापालिका सदस्यबीच भएको विवादले आर्थिक बर्ष २०८१÷०८२ को बजेट प्रभावित हुने हो कि भनेर हामी चिन्नत छौं । प्रमुख प्रशासकीय अधिकृत नहुँदा काम गरिसकेको बजेट भुक्तान हुन नसकेको सामाजिक सुरक्षासम्बन्धी सबै काम कारबाही प्रभावित हुने देखिएकोले सबैले आफ्नो जिम्मेवारी बहन गरी अनिर्णयको अन्त्य गरी चाडै बैठक बसी आर्थिक बर्षको बजेट ल्याउन ध्यानकर्षणपत्रमा माग गरिएको छ ।

तपाईको प्रतिक्रिया