धरानमा धार्मिक पर्यटक भित्रिदै : पर्यटन व्यवसाय चलायमान बन्दै

धरान । विगतका केही असहज परिस्थिति थियो । नेपालमा ०७२ सालको महाभुकम्प, नेपालमा गणतान्त्रिक संविधान जारी गर्दा भारतले गरेको नाकाबन्दीले थला परेको पर्यटन व्यवसाय केही शिथिल भएपछि नेपालले भ्रमण बर्ष २००० मनाउन लाग्दा फेरि विश्वव्यापी फैलिएको कोरोना संक्रमणले नेपालको पर्यटन व्यवसाय उठ्नै पाएन । अहिले पनि विश्वव्यापी आर्थिक मन्दी भएकै अवस्थामा पर्यटकहरु भ्रमण आउन थालेपछि भने आर्थिक गतिविििध चलायमान हुन थालेको छ । जसले गर्दा पर्यटकहरुको आगमनसँगै पर्यटन व्यवसाय पनि फस्टाउन थालेको छ । समय समयमा नेपालमा विपत्तिका घट्नाहरु हुने गर्छन । कहिले भुकम्प, कहिले भारतले लगाएको नाकाबन्दी त कहिले कोरोना संक्रमण । यसले सबै क्षेत्रको आर्थिक गतिविधि तहसनहस त हुन्छ नै तथापि सबैभन्दा बढी प्रभाव पर्यटन क्षेत्रमा पर्ने गर्छ । हिजो राति समेत रुकुम र जाँजगरकोटमा गएको भुकम्पका कारण १ सय २९ जनाले ज्यान गुमाइसकेका छन् भने सैयौ घायते छन् । यसले मानवीय र भौतिक क्षति पु¥याएको छ, यस्ता घट्नाले पर्यटन प्रवद्र्धनमा समस्या हुने गरेको छ ।


यस्ता समस्याका बाबजुद पनि पछिल्लो समय आरालो लागेको पर्यटन क्षेत्रले केही गति लिन थालेको छ । पर्यटन नै नआएर सुनसन बनेका क्षेत्रहरुमा अहिले विस्तारै चहलपहल बढ्न थालेको छ । कोशी प्रदेशका अधिकांश क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा लिने गरिएको छ । त्यसमा पनि धरान पर्यटकीय क्षेत्र घुम्न आउनेको लागि केन्द्रविन्दु हुने गरेको छ । पूर्वका कोशी पहाडी जिल्ला घुम्न आउनेहरु धरान टेकेर र फर्किदा धरानको भ्रमण गरेर फर्किने गरेका छन् ।  धरानको धार्मिक पर्यटकीय क्षेत्र विजयपुर घुम्दा अत्यन्तै राम्रो लागेको सिन्धुपाल्चोकबाट भ्रमणमा आउनु भएका सकल्प लामा बताउनुहुन्छ । धनकुटाको भेडेटारसम्म पुग्ने लक्ष्यसहित विद्यार्थीहरुलाई शैक्षिक भ्रमणमा लिएर आउनु भएका उहाँले धरान एकदमै रमाइलो लागेको बताउनुभयो । यहाँको भ्रमणले विद्यार्थीहरुलाई धेरै ज्ञान प्राप्त भएको बताउनुभयो । उहाँहरुमात्र हैन पछिल्लो समय धरानको विजयपुरमा रहेका पिण्डेश्वर मन्दिर, दन्तकाली मन्दिर, बुढासुब्बा मन्दिर, पञ्चकन्या मन्दिर लगायतका मन्दिरमा धेरै समूहहरु विभिन्न ठाउँबाट शैक्षिक भ्रमणका लागि आउने गर्छन् । विद्यार्थीहरुले किताबी ज्ञानमा मात्र सीमित रहेको बेला उनीहरुलाई प्रत्यक्ष रुपमा भ्रमण गराउँदा प्रभावकारी हुने भएकोले पनि यो क्षेत्रमा शैक्षिक भ्रमणका लागि ल्याइएको गुल्मीको एक विद्यालयबाट भ्रमणका लागि विद्यार्थी लिएर आएका शिक्षक शंकर ज्ञवाली बताउनुहुन्छ । उहाँले धरान त्यसमा पनि धार्मिक पर्यटकीय क्षेत्र विजयपुर अत्यन्तै सुन्दर रहेको बताउदै यसको विकास गर्न सके पर्यटकीय गन्तव्य बन्नेमा दुई मत नरहेको बताउनुभयो । धरानको पर्यटन प्रवद्र्धनमा स्थानीय सरकार धरान उपमहानगरपालिकाले समेत धेरै प्रयासहरु गरेको छ । बाहिरबाट आएका पर्यटकलाई पर्यटक क्षेत्रको जानकारी गराउन धरानको भानुचौक तथा धार्मिक क्षेत्र विजयपुरमा सूचना केन्द्र समेत स्थापना गरेको छ । नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि बार्षिक कार्यक्रम समेत तय गर्ने गरेको छ । दशै तथा तिहारको छुट्टीको समयमा धरानका विभिन्न क्षेत्रमा अत्याधिक पर्यटक आउने गर्छन् । यसलाई व्यवस्थित गर्न उपहानगरपालिको धेरै प्रयास गरिरहेको धरान उपमहानगरपालिका अन्तर्गतका पर्यटन शाखाका प्रमुख शुशिला अधिकारी बताउनुहुन्छ । पछिल्लो समय ठप्प भएको पर्यटन व्यवसाय विस्तारै चलायमान हुदै गएको छ । पर्यटन प्रवद्र्धनका लागि स्थानीय सरकारले भौतिक पूर्वाधार, ऐतिहासिक क्षेत्रको संरक्षण, सडक सञ्जालको पहुच, पर्यटकहरुलाई सहुलियत दलको आवास गृह लगायतका धेरै काम गर्न बाँकी छ । यसतर्फ स्थानीय सरकारले सोच्ने हो भने पूर्व क्षेत्र पर्यटकहरुको लागि भ्रमण गर्ने स्थानको रुपमा विकास हुने पक्का छ ।

 

तपाईको प्रतिक्रिया