धरानमा नेवारी समुदायद्वारा गरियो कन्या पूजा

धरान । रजस्वला नभएका कन्याको पूजा गर्दा सुख प्राप्त हुन्छ मान्यताका साथ कन्या पूजा गर्ने प्रचलन यस बर्षदेखि धरानमा समेत शुरु गरिएको छ । काडमाण्डौ, काभ्रेको बनेपा,नाला, साँगा, पनौती, धनेश्वरलगायतका आसपासका क्षेत्रमा नेवार समुदायले गर्ने यो पूजा यस बर्षदेखि धरानमा समेत गर्न थालिएको हो ।


रजस्वला नभएका कन्याको पूजा गर्दा सुख प्राप्त हुने विश्वासका साथ धरानमा समेत यसलाई शुरुवात गरिएको हो । धुलेखेल समाज धरानले यसबर्षदेखि शुरुवात गरेको हो । ४२ कन्यालाई धुलिखेल समाज धरानको सभाहलमा एकै साथ नेवारी समुदायको संस्कार अनुसार कन्याको पूजा गरिएको थियो । काठमाण्डौ, काभ्रे लगायतका स्थानमा मात्र प्रचलनमा रहेको कन्या पूजा धरानमा आयोजना गरिएको पहिलो प्रयास समेत सफलता पूर्वक सम्पन्न भएको धुलिखेल समाज धरानकी सदस्य निला श्रेष्ठले बताउनुभयो । पूजा अगाडि धिमे बाजासहित सबै कन्यालाई बजार परिक्रमा गरिएको थियो । नेवारी समाजमा वेल विवाह नगरिएका १ बर्षदेखि ९ बर्ष सम्मका कन्याको पूज ागर्ने प्रचलन छ ।
धुलिखेलमा हुने गरेका राजनीतिक, सामाजिक तथा साँस्कृतिक परम्परालाई धरानमा समेत स्थापित गर्ने उद्देश्यले धुलिखेल समाजले पहिलो पटक धरानमा आयोजना गरिएको अध्यक्ष सुनिल श्रेष्ठले जानकारी दिनुभयो । मुलुकमै एक मात्र कन्याहरु पुज्ने पर्वका रुपमा मनाइँदै आएको काभ्रेको बनेपा, नाला, साँगा, पनौती, धनेश्वरलगायतका आसपासका क्षेत्रमा नभएर नेवारी समुदायले यसलाई ब्यापक बनाउन धरानमा समेत शुरुवात गरेको छ । यसले नेवारी समुदायको साँस्कृतिक पर्वको प्रवद्र्धनमा सहयोग पुग्ने धुलीखेलमा जन्मेर धरानमा कर्मथलो बनाएका नेवारी समुदायहरुले अपेक्षा लिएका छन् ।

तपाईको प्रतिक्रिया