भारत सरकारद्वारा भुकम्प प्रभावितका लागि दुई चरणमा गरी २० करोडको राहत प्रदान

काठमाण्डौ । जारकोट केन्द्रविन्दु भएर कार्तिक १७ गते राति ११ः४५ बजे गएको ६.४ रेक्टर स्केलको भुकम्पबाट प्रभावितहरुका लागि भारत सरकारले पहिलो र दोस्रा चरचरणमो २० करोडको राहत सामाग्री उपलब्ध गराएको छ । जाजरकोटमा भएको दैवी विपत्तिप्रति नेपाललाई हर सम्भव सहयोग उपलब्ध गराउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धता अनुरुप ती आपत्तकालीन राहत सामाग्री १९ गते आइतबार र २० गते सोमबार नेपाल गञ्ज ल्याइ पु¥याइएको थियो ।  पहिलो राहत सामाग्री भारतीय वायु सेनाको एक विशेष विमान सि–१३० ले ११ टन भन्दा बढीको आपत्तकालीन सामाग्री लिएर आएको थियो । ती आपत्तकालीन सामाग्रीमा भुकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम, दैलेख, जुम्ला, प्युठान, वैतडी, सल्यान, रोल्पा र दाङका मानिसहरुका लागि त्रिपाल, टारपोलिनसिट, कम्बल, स्लिपिङ ब्याग, पोर्टेबल भेन्टिीलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधिहरु रहेका छन् ।


पहिलो चरणका ती आपत्तकालीन राहत सामाग्रहरु नेपालका लागि  भारतीय राजदुत नविन श्रीवास्तवले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको उपस्थितिमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा भारतीय राजदूत नविन श्रीवास्तवले आगामी दिनमा थप  राहत सामाग्रीका खेपहरु आउने प्रष्ट पार्नुभएको थियो । नेपाल घनिष्ट मित्र र छिमेकी भएको नाताले नेपालमा भुकम्पबाट प्रभावित भएकाहरुलाई हर सम्भव सहयोग गर्न भारत तयार  रहेको राजदूत श्रीवास्तवले बताउनुभयो । यहाँ स्मरणीय कुरा के छ भने दैवी विपत्ति या अन्य कुनै आपत्तकालीन अवस्थामा छिमेकी मुलुक होस् या अन्य कुनै मुलुकलाई हर सम्भव सहयोग भारतले गर्दै आएको छ । वि.सं. २०७२ सालको भुकम्पपछि नेपाललाई सहयोग गर्ने भारत पहिलो मुलुक थियो । यसैगरि बाह्य मुलुकमा पनि अपरेशन मैत्री नामक सबैभन्दा ठूलो विपति राहत कार्य भारतले सञ्चालन गर्दै आएको छ । भारतले नेपालमा आवास, शिक्षा, स्वास्थ्य र साँस्कृतिक सम्पदाको क्षेत्रमा दीर्घकालीन सहकार्यको एक हिस्साको रुपमा भुकम्पपछिको पुननिर्माणका लागि एक अर्ब अमेरिकी डलर आर्थिक सहयोग गरेको थियो । जसमा गोरखा र नुवाकोट जिल्लामा ५० हजार घरहरु पुनः निर्माण भएका थिए । यसैगरि दोस्रो चरणमा आएको झण्डै १० करोड मूल्य बराबरका राहत सामाग्री भारत सरकारका तर्फबाट भारतीय राजदुतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले नेपालगञ्जका नगरप्रमुख प्रशान्त विष्टको उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेललाई सोमबार हस्तान्तरण गर्नुभएको छ । दोस्रो खेपको राहत सामाग्रीमा अत्यावश्यक चिकित्सा तथा सरसफाई सामाग्री, त्रिपाल, स्लिपिङ व्याग, कम्बल सहित ९ टन रहेको छ । दोस्रो चरणको राहत सामाग्री समेत भारतीय वायुसेनाको विशेष विमान सी –१३० ले नै नेपालगञ्ज विमान स्थलमा ल्याएको थियो ।

तपाईको प्रतिक्रिया