तेली समाजद्वारा शुभकामना आदानप्रदान

धरान । तेली समाज धरानद्वारा हिन्दुहरुको महान पर्व शुभ दिपावली तथा छैठ पर्वको पूर्व सन्ध्यामा शुभकामना आदानप्रदान गरिएको छ । सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा सोमबार उनीहरुले एक अर्काप्रति शुभकामना आदान प्रदान गरेका हुन् ।


तेली समाज सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति चंचल साहको अध्यक्षमा भएको उक्त कार्यक्रममा तेली समाजमा केन्द्रीय महासचिव, क्षेत्रीय सचिव डा. श्रीराम साह, क्षेत्रीय कोषाध्यक्ष बद्री साह लगायतले सहभागीहरुलाई शुभकामना दिनु भएको थियो । वि.सं. २०५४ सालमा गठन भएको तेली समाज धरानले पहिलो पटक चाडपर्व लक्षित शुभकामना आदानप्रदान गरेको हो ।

तपाईको प्रतिक्रिया