डिपो कप आगामी मंसिरको पहिलो सातादेखि

धरान । विद्यालय स्तरबाटै फुटबल खेलको विकासमा अहोरात्र खटिएको धरान १८ ललित अम्बर डिपो माविले यस बर्ष पनि डिपो कपको १८ औं संस्करण तथा दिलकुमार प्लेट च्याम्पियन २०८० मंसिरको दोस्रो सातामा गर्ने भएको छ । कक्षा ५ सम्म अध्ययनरत १२ बर्ष मुनिका खेलाडीहरुलाई समावेश गरी ०६१ सालदेखि निरन्तर आयोजना गर्दै आएको डिपो यो प्रतियोगिता कोभिडका समयमा बीचमा रोकिएको भए पनि त्यसयता निरन्तर आयोजना गर्दै आइरहेको छ । १७ औं संस्कार भव्यताका साथ सम्पन्न गरेको यो प्रतियोगिताको १८ औं संस्कबार आगामी मंसिर १५ गतेदेखि गरिने डिपो माविका प्रचार्य राजकुमार राईले जानकार िदिनुभयो ।


देश नं. १ मै सबै भन्दा सानो उमेरबाट खेलाडी उत्पादनमा जोड दिएको प्रतियोगिता यो मात्र एक भएको दाबी आयोजकको छ । डिपो कप खेल्ने विद्यार्थीहरु राष्ट्रिय स्तरको ए डिभिजन क्लबमा समेत खेल्दै आएको आयोजकले जनाएको छ । विद्यार्थीहरुको प्रतिभालाई सानै उमेरदेखि विकास गर्ने उद्देश्यले यो प्रतियागिता निरन्तर गर्दै आइरहेका विद्यालय व्यवस्थापन समितिका सदस्य सूर्य पन्दाकले जानकारी दिनुययो
कक्षा ५ सम्मका विद्यार्थीहरुलाई विद्यार्थीका चाहजना अनुरुप क्षमता प्रस्फुटन गर्न, प्रा.वि.स्तरबाट प्रतियोगिता गरी धरान उपमहानगरपालिकाभित्रका बोर्डिङ स्कुलबीच आपसी सद्भाव कायम गर्न, सानो उमेरदेखि फुटबल खेलको अवसर प्रदान गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उदेश्यका साथ निरन्तर प्रतियोगिता सञ्चालन भइरहेको छ ।  प्रतियोगितामा १६ टिमले भाग लिने आयोजकले जनाएको छ । पहिलो चरणमा पराजित टिमहरुबीच पुनः दिलकुमार प्लेट च्याम्पियन कप आयोजना गरिने अयोजकले जनाएको छ । प्रतियोयिगताकोे विजेताले नगद ११ हजार १११, , उपविजेताले नगद ७ हजारतेस्रो हुने टिमले नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । यसैगरि, प्लेट च्याम्पियनको विजेतालाई नगद ३ हजार, रनरअपलाई नगद २ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार दिइने आयोजकले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया