विराटनगर । कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी बिराटनगरमा संचालित प्रहरी जवान १४० औ समुहको आधारभुत तालिममा सहभागी २ सय ९५ जना प्रहरी जवानहरु दिक्षित भएका छन् ।
२०७९ साल कार्तिक २० गते देखि सञ्चालित २ सय ३४ कार्यदिनको प्रहरी जवान १४० औ समुहको आधारभूत तालिम पश्चात आइतबार प्रशिक्षार्थीहरूलाई कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानीको प्राङगणमा कोशी प्रदेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो । प्रहरी जवान १४० औ समुहको आधारभुत तालिममा सहभागी ५३ जना महिला सहित २९५ जना प्रहरी जवानहरु दिक्षित भएका छन ।

दिक्षान्त समारोहमा तालिम केन्द्रका सह(समादेशक प्रहरी नायव उपरीक्षक रबिन बिष्टले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उहाँले तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई नेपाल र नेपाल प्रहरी संगठनको परिचय सुरक्षा, प्रहरी कार्य तथा अपराध नियन्त्रण, अपराध अनुसन्धान र बिद्यमान कानुन र प्रहरी युक्ती तथा कारबाही लगायतका बिषयमा प्रशिक्षण दिइएको जानकारी गराउनुभयो । दिक्षान्त समारोहमा सहभागी प्रशिक्षार्थीहरुलाई नेपालको संविधान बमोजिम तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजन अधिकारीले शब्दमा सफत ग्रहण गराउनु भएको थियो ।
प्रशिक्षार्थीहरुलाई तालिम अवधि भर लिइएको चरणगत परिक्षाको प्राप्ताङका आधारमा बिभिन्न बिधामा उत्कृष्ट हुने प्रशिक्षार्थी प्रहरी जवानहरुहरु लगायत तालिममा सहभागी प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रमाणपत्र तथा नगद पुरस्कारद्धारा पुरस्कृत गर्नु भएको थियो । सा अवसरमा बोल्दै प्रहरी नायव महानिरीषक वास्तोलाले अहिलेको अवस्थामा प्रहरीलाई अत्यन्तै चुनौती एवं जोखिम भएकोले मर्यादित प्रहरी पेशामा आफ्ना सन्ततिलाई प्रवेश गर्न हौसला प्रदान गर्नु हुने दिक्षित प्रहरीका परिवारजन तथा आफन्तहरुमा आभार प्रकट गर्नु भएको छ । उहाँले कार्यक्षेत्रमा मन बचन र कर्मले निष्ठापुर्वक, ईमान्दार र बफादारी भई उच्च मनोवलका साथ नागरिकको सेवामा दत्तचित्त भएर लाग्न दिक्षित प्रहरीहरुलाई शुभकामना दिनुभएको थियो । दिक्षान्त समारोहमा तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजन अधिकारीले धन्यवाद ज्ञापन गर्नुहुदै समाज गतिशील रहेको र हाम्रा प्रयास पनि गतिशील नै हुनुपर्ने बताउँदै प्रशिक्षण केन्द्रले प्रशिक्षणका दौरानमा भरमग्दुर प्रयत्न गरेको र अब कार्यक्षेत्रमा खरो उत्रिने पालो दीक्षित प्रशिक्षार्थीहरुकै रहेको बताउनुभएको थियो । उहाँले समाज र संगठनले अपेक्षा गरे अनुरुप निष्ठापूर्वक कार्य गर्ने बिश्वास ब्यक्त गर्दै दिक्षित भई जाने प्रहरी जवानहरुलाई कार्यक्षेत्रको सफलताको शुभकामना समेत दिनु भएको थियो । दिक्षान्त समारोहमा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, दिक्षित हुने प्रशिक्षार्थी प्रहरी जवानहरुका अभिभावक तथा आफन्तहरु, संचारकर्मीहरु, पुर्व प्रहरी कर्मचारीहरु तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
