इटहरी । पूर्वाञ्चलको पहिलो डिपार्टमेन्ट स्टोर गोरखा डिपार्टमेन्ट स्टोरले उत्पादन गरेका दर्जनौ प्रकारका स्वादिष्ट बेकरी आइटमको बजारमा उपभोक्ताको उच्च माग रहेको छ ।
गोरखा डिपार्टमेन्ट स्टोरले स्वदेशी तथा विदेशी सामानको विक्री वितरणसँगै आफ्ना उत्पादनहरुलाई समेत बजारमा पु¥याउँदै आएको छ । गोरखा डिपार्टमेन्टद्वारा सञ्चालित गोरखा
बेकरीका इन्चार्ज प्रेम खत्रीका अनुसार उत्पादित बेकरीको माग धान्न नै कहिलेकाहीँ धौ धौ पर्छ । इन्चार्ज खत्रीका अनुसार गोरखा बेकरीहरु पूर्वको दमक, उर्लाबारी, पथरी, बेलबारी, विराटनगर, दुहवी, इटहरी, धरान, इनरुवा लगायतका बजारका पसलहरुमा उद्योगबाट उत्पादित मूल्यमै पाइन्छ ।

विक्रेताहरुको अग्रिम अर्डर आउँछ, कतिपयले आफ्नै सवारी साधन मार्फत लैजानुहुन्छ भने कतिपयलाई अडर अनुसार सप्लाई गरिन्छ । गोरखाका बेकरी आइटमहरुको उच्च माग किन त भन्ने सवालमा इन्चार्ज खत्रीको कथन छ, ताजा, स्वादिष्ट र सुद्ध घ्युबाट बनेकोले पनि उपभोक्ताद्वारा बढी रुचाइएको होला । उता गोरखा डिपार्टमेन्ट स्टोरका खाद्य इन्चार्ज केशवराज घिमिरे भन्नुहुन्छ, हाल गोरखा बेकरी आइटमको बजार थप विस्तार भएको छ । पूर्वमा काँकडभिट्टा र पश्चिममा गाइघाटसम्म पुगेको छ । हाल बजारमा सर्वाधिक विक्री भइरहको बेकरी आइटममा बदाम विस्कुट, वोन, पेस्सी पप, चमचम, कुकिज, चकलेट, क्रिम बेड, क्रिम रोल, डुनोट, फेमिली टेष्ट, गोरखा कोकोनट, काजु विस्कुट, ओरेन्ज कोकोनट, पेस्पी पप, पाइनापल विस्कुट, राउन्ड पिनट विस्कुट, स्मल वटर, स्पेशलल राउण्ड, मिल्क ब्रेड, मिनिमिली ब्रेड लगायत दर्जनौ आइटम रहेको बताउनुभयो । यसैगरी मिठाइमा समेत दर्जनौ आइटमहरु रहेका छन् । आफ्नो् गोठको गाईको सुद्ध घ्यु दूधबाट बनेका मिठाइहरुमा काजु, वर्फी, कालाकन्द, लालमोहन, रसबरी, घ्यु पनिर, चिज लगायत रहेको छ । हाल सबैभन्दा बढी घ्यु पनिर चिज ग्राहकहरुले् बढी रुचाएको पाइएको छ । गोरखाले उत्पादन गरेका बेकरी आइटम र मिठाईका आइटमहरु आफ्ना अन्य शाखहरुमा समेत राखेको छ । दमक, पथरी, विराटचौकका शाखाहरुबाट समेत ग्राहकले आफूलाई स्वादिष्ट लागेको बेकरी मिठाईहरु खरिद गर्ने गरेको इन्चार्ज केशवराज घिमिरेले बताउनुभयो ।
दूधजन्य सम्पूर्ण उत्पादन आफ्नै
गोरखा डिपार्टमेन्ट स्टोरले विगत केही बर्षदेखि दूधजन्य सम्पूर्ण उत्पादन आफै गर्दै आएको छ । सुद्ध दूधजन्य परिकारका लागि ग्राहकहरु टाढाटाढाबाट आउने गरेको स्टोरका म्यानेजर श्रीपसाद गौतमले बताउनुभयो । म्यानेजर गौतमले भन्नुभयो स्टोरको आफ्नै कृषि फर्म इटहरी १७ स्थित एकम्बामा रहेको छ । घ्यू, पनिर , चिज, दही सबै गाईको दूधबाट उत्पादन हुँदै आएको छ । गोरखा डिपार्टमेन्ट स्टोरको कृषि फर्ममा यतिबेला उन्नत जातका एक सय गाईहरु रहेका छन् । केही समय अगाडि स्थानीय र बाहिरकालाई गरी १५० वटा गाईहरु विक्री गरेको थियो । आफ्नै दूधजन्य पदार्थबाट स्टोरले स्वादिष्ट मिठाई, बेकरीका आइटम उत्पादन गर्दै आएको छ । स्टोरको कृषि फर्ममा झण्डै २ सय ५० वटा बाख्रा, खसी, बोका, रहेका छन । बोयर जातको बोकाबाट क्रस गराएर उत्पादन भएका पाठापाठीहरु यतिबेला झण्डै २ सय ५० भन्दा बढी भइसकेका छन् । उहाँले भन्नुभयो भारतको जमुना पारिका बाख्राबाट बोयरबाट क्रस गरेर उत्पादन भएका पाठापाठी हालसम्म विक्री गरिएको छैन । जबसम्म पाठापाठीको संख्या एक हजार भन्दा बढी हुँदैन तबसम्म विक्री वितरण गर्ने योजना नरहेको म्यानेजर गौतमले बताउनुभयो ।
स्थानीय र पहाडी जिल्लामा प्रांगरिक मलको उच्च माग
आफ्नै कृषि फार्मबाट संकलन गरिएको काँचो गोबरबाट उत्पादन गरिएको प्रांगरिक मलको हाल स्थानीयदेखि पहाडी जिल्लाहरुमा यतिबेला उच्च माग रहेको छ । गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य भन्नुहुन्छ ल्याव टेष्ट गरेर गोवर पेलेर मल उत्पादन हुन्छ । त्यसमा अन्य आवश्यक केमिकल पनि हालिन्छ । यो मल हेर्दा चियापत्ति जस्तै हुन्छ जसले माटोको उर्वराशक्ति बढाउने काम गर्दछ । हाल यो मल पहाडका इलाम, भोजपुर, खोटाङ धनकुटासँगै स्थानीय कृषकले लगिरहेका छन् । उहाँहरुको माग धान्नै नसकिने भएको छ । यसका अलावा काँचो गोबर पेलेर निस्केको झोल मललाई फर्मलटेसन गरेर बनाइएका झोल मल ग्यालेनमा प्याक गरिएको छ । यो झोल मल १० लिटर पानीमा एक लिटर झोल हाल्दा पुग्छ । यो बाक्लो दही जस्तै हुन्छ ।
गोरखा होटलमा’ अब हरेक दिन स्पेशल आइटम
इटहरी÷गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना ग्राहकहरुको रुचि र चाहनालाई मध्यनजर गरी इटहरीस्थित डिपार्टमेन्ट स्टोरको किचेन र गोरखा होटलमा अब हरेक दिन मासुजन्य परिकारका स्पेशल आइटम पस्कन थालेको छ । हप्तामा सातै दिन स्पेशल आइटम पस्कन थालेपछि ग्राहकहरुको भीड उल्लेखनीय हुन थालेको छ । स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य भन्नुहुन्छ आइतबार बोकाको मासु, सोमबार माछा, मंगलबार भुटन, बुधबार हाँस, विहीबार परेवा, शुक्रबार परेवाको स्पेशल आइटम बन्ने भएको छ । यो होटलकातर्फबाट ग्राहकका लागि तयारी पारिएका स्पेशल आइटम हो । अन्य सबै आइटम हुनेछन् । ग्राहकले मागेको सबै आइटम पाइन्छ तर योचाहिँ स्पशेल होटलका तर्फबाट प्रदान गरिने आइटम हो ।
अहिलेको अवस्थामा ग्राहकहरुले आफ्नो चाहना अनुसार खान खोज्छन् परेवा खान मन लागेमा परेवा खाने ठाउँ पाइदैन, बोकाको मासु सबै ठाउँमा पाइदैन, कोशीको माछा सबै ठाउँमा पाइदैन, हाँसको मासु सबै ठाउँमा पाइदैन । यसरी चाहना अनुरुप सामान पाइएपछि ग्राहकहरु किचन र होटलमा अत्याधिक बढेको गोरखा डिपार्टमेन्टका प्रबन्ध निर्देशक आचार्य बताउनहुन्छ । यस्ता स्पेशल आइटमको मूल्य के कस्तो रहेको छ त भन्ने सवालमा आचार्य भन्नुहुन्छ प्राइस पनि रिजनेवल हुन्छ यसभन्दा अगाडि स्टोरले घोषणा गरेको ६ बजेपछि २० प्रतिशत छुटको व्यवस्था छँदैछ ।
उता गोरखा होटल पनि यतिबेला एभरेजमा ८० प्रतिशत प्याकमा चल्न थालेको छ । विगतमा कोरोना भाइरसका कारण होटल व्यवसाय नै धराशायी बनेको थियो । कारोना भाइरसको प्रकोप कम हुँदै गएपछि होटल व्यवसाय पनि तंग्रिन थालेको छ । डिपार्टमेन्ट स्टोरले आफनै परिसरमा ४२ करोडको लागतमा दुई बर्ष अगाडि गोरखा होटल सञ्चालनमा ल्याएपनि कोरोना प्रकोप देखिएपछि लगातार भएको लकडाउनले होटल व्यवसायी नै थला नै परेका थिए । हाल होटल गोरखामा नेपालका विभिन्न स्थानका गरी भारतका समेत ग्राहक आउन थालेको सञ्चालक आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, अनलाइन, टेलिफोनबाटै ग्राहकहरुले होटलका कोठाहरु बुक गराउन थाल्नु भएको छ ।

