धरान १५ को पानी समेत पिउन अयोग्य

धरान । केही समय अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी धरान नगर कमिटीले धरानमा ज्वरो, आँखा पाक्ने लगायतका रोगहरु अत्याधिक भएपछि पार्टीका सचिव सुमन श्रेष्ठले इटहरीस्थित जल गुणस्तर परीक्षण ल्याबमा परिक्षण गराउनुभयो । परीक्षण गराउँदा धरानका सतहबाट ल्याएको पानीमा कोलिफर्म भेटियो ।  धरानका अधिकांश पानी पिउन योग्य नभएपछि धरान १५ का सर्वसाधारणले समेत अनुगमन गर्दा वडा समितिलाई आग्रह गरे । सोही अनुरुप अनुगमन गर्दा पानीको मुहान खुल्ला ठाउँ, नजिकै गाउँबस्ती धेरै भएकोेले नुहाउने, फोहोर गर्ने गर्दा पानी दुषित भएको पाइएको थियो ।
धरानमा पानीको अभाव पुरा गर्न मेयर हर्कराज राई साङपाङ निर्वाचित भएसगै लागि परे । श्रमदानवाटै पानी ल्याउने उद्घोष गर्दे धरान आपसपासका खोला खोल्सीमा पुग्नुभयो मेयर साङपाङ । उहाँले केही स्थानवाट बर्षायाममा पानी ल्याएर ट्यांकीमा हाल्नु पनि भयो तर पानीको समस्या समाधान भएन । उहाँले पानी संकलन गरे पनि परिक्षण गर्नुभएन । धरानमा अहिले सतहवाट ल्याएको सोही पानीमा ‘फिकल कोलिफर्म’ भेटिएको छ । धरानमा वितरण भइरहेको सतहको पानीमा ‘फिकल कोलिफर्म’ कोलिफर्भ मात्रा ५ देखि ३५ युटिनसम्म सम्म भएको ल्याव रिपोर्ट धरान उपमहानगरपालिकाका प्रमुख हर्क राज राज राईलाई बुझाइयो  धरान १५ ले समेत सेउतीको खोलाको सिरानबाट पानी ल्याई धन्यवाद ट्यांकीमार्फत पानी वितरण गर्दै आएको छ । पानीको मुहानमा बारबेर नभएको, खुल्ला अवस्थामा ल्याएको, व्यवस्थापन पितलो भएको, बगेको पानी शुद्धिकरण नगरी लगेको पाइएकोले यस विषयमा वडा समिति गम्भीर भएको वडाध्यक्ष नरेश इवारामले बताउनुभयो ।


त्यही खोलामा धरान बजारदेखि नुहाउन जाने, वनभोज खानलेले कुखुरा, खसी लगायतका मासु खाएर हड्डी भुत्ला लगायत वगेको पानीका फालिदिँदा यही पानी धरानबासीले पिउदा खतरा बढेको स्थानीय केवी  राई बताउनुहुन्छ । उहाँले यसलाई  रोक्न सकेमात्र फोहोर पानी पिउनबाट बच्न सकिने उहाँको भनाई छ । ज्वरो आउने, आँखा पाक्ने, झाडा पखाला लाग्ने समस्या बढ्दै गएपछि पानीकै कारण यस्तो भएको भन्ने विज्ञबाट पनि जानकारी आएका कारण मुहान अनुगमन गर्न आएको धरान उपमहानगरपालिकाकी कार्यपालिका सदस्य एवम १५ नं. वडा समितिकी सदस्य सिर्जना नेपालले बताउनुभयो । विगतदेखि धरानको खानेपानीको समस्याका विषयमा कार्यपालिका बैठकमा राखेको र अहिले वस्तुस्थिति बुझ्दा झन विकराल देखिएकोले यस विषयमा कार्यपालिका बैठकमा गम्भीर रुपमा उठाइने उहाँले बताउनुभयो ।  धरानमा मेयर हर्क साम्पाङले श्रमदानबाट विभिन्न ठाउँबाट पानी संकलन गरेर पानी ल्याए पनि सुद्धिकरण नभएकै कारण अहिले धरानमा समस्या आएको छ । खानेपानी बोर्डमार्फत वितरण हुदै गएको पानीमा भूमिगत पानीमा कुनै जीवाणु नभटिए पनि सतहबाट ल्याइएका पानी असुद्ध पाइएको छ । सुद्ध पानी प्रयोग गर्ने सर्वसाधारणको अधिकारभित्र पर्छ भने सुद्धिकरण गरेर वितरण गर्ने काम खानेपानी बोर्डको रहनेछ । यसतर्फ बोर्ड गम्भीर हुन आवश्यक छ ।

तपाईको प्रतिक्रिया