धरान । टोलटोलबाट सरसफाइ भएमात्र धरानका सबै वडा सफा र सुन्दर हुन्छ भन्ने अभिप्रायले धरान उपमहानगरपालिका ८ नं. वडाले आफ्नो वडामा रहेका टोल विकास समिति (टिएलओ) लाई सरसफाइको सामाग्री वितरण गरेको छ । वडालाई सफा र सुन्दर बनाउन यो सामाग्री वितरण गरिएको वडाले जनाएको छ । जनसंख्या र क्षेत्रफलको हिसाबले पनि ठूलो वडाको रुपमा धरान ८ लाई लिने गरिएको छ । यो वडामा धनकुटे कविरटोल विकास समिति, सिदार्थ टोल विकास समिति, गुम्बा टोल विकास समिति, सीता टोल विकास समिति, बमजन टोल विकास समिति, अरुण टोल विकास समिति लगायतका १५ वटा टोल विकास समिति रहेका छन् । टोल विकास समितिका नेतृत्वमा सरफाइ भए वडा नै स्वच्छ र सफा हुने भएकोले सरसफाइको सामाग्री वितरण गरिएको हो । यो वडामा खोला खोल्सी बढी भएकोले दुर्गन्धित बढी हुने र हातले नै सरसफाइ गर्नुपर्ने बाध्यता भएकोले सामाग्री प्राप्त पछि भने हँटेर गएको भन्दै टोल विकास समितिका अध्यक्षहरुले खुशी व्यक्त गरेका छन । रकम भन्दा पनि सामाग्ी वितरण गर्दा प्रभावकारी भएको र काम गर्न सहज भएको उनीहरुको भनाई छ ।

वडा नं. ८ मा रहेका सबै टोलविकास समितिलाई चलायमान बनाएर योजना अनुरुप सरसफाइलाई मध्यनजर गरी सामाग्री वितरण गरिएको वडाध्यक्ष धनबहादुर राईले बताउनुभयो । उहाँले टोल विकास समिति बिना वडाको विकास नहुने भएकोले वडाको हरेक बजेट सार्वजनिक सुनुवाई मार्फत सार्वजनिक गरिने बताउनुभयो । धरानमा डेंगु संक्रमण अत्याधिक बढेको बेला वडाले सरसफाइलाई ध्यानमा राखेर ्रसरसफाइसम्बन्धी सामाग्री वितरण गरेको छ । वडामा भएका सम्पूर्ण टोल सफा र सुग्घर राखेर डेंगु संक्रमण न्यूनिकरण गर्ने अभियान अन्तर्गत पञ्जा, तगरी, गैती, कर्नी,बेल्चा, फूल काट्ने कैंची, डस्विन ,कोदालो, काटा, हतियार उद्याउने सामाग्री तथा झाडु लगायतका सामाग्री वितरण गरेको वडाले जनाएको छ ।
