पूर्व अर्थ राज्यमन्त्रीको स्मृतिमा पार्क बन्ने

धनकुटा । पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवाको स्मृतिमा धनकुटाको सिधुवामा पार्क बन्ने भएको छ ।  छथर जोरपाटी गाउँपालिकाले सिधुवामा पुर्व अर्थ राज्यमन्त्री स्वर्गीय हरिराज खेवा स्मृती पार्क बनाउने तयारी थालेको छ । सात वर्ष अघि धनकुटामा बस दुर्घटनामा परि मृत्यु भएको थियो । दुर्घटना स्थलमा खेवाको स्मृतीमा पार्क निमार्ण कार्य सुरु गरिएको नगरपालिकाले जनाएको छ । पार्क निमार्णको लागि गाउँपालिकाले ५ लाख रुपैया विनियोजन गरेको अध्यक्ष छत्रबहादुर सुब्बाले जानकारी दिनुभयो ।

पार्कमा खेवाको सालिकसँगै दुर्घटनामा मृत्यृ भएका सबैको नामावली र संग्राहलय बनाउने उद्देश्य रहेको स्वर्गीय हरिराज स्मृति प्रतिष्ठानका संरक्षक तथा छथर जोरपाटी गाउँपालिकाका उपाध्यक्ष गीता गुरुङ खेवाले जानकारी दिनुभयो । स्थानीय जनसहभागीतासंगै गाउँपालिकाको सहयोगमा यो पार्क निर्माण सुरु गरिएको संरक्षक खेवाले जानकारी दिनुभयो् । पार्क कोशी राजमार्ग नजिकै निर्माण सुरु भएको हो ।

तपाईको प्रतिक्रिया