पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू

धरान । भारतीय आयल  कर्पोरेशन (आइओसी)ले नेपाल  आयल निगमलाई नयाँ मूल्य सूचि पठाएको छ । आइओसीले पठाएको नयाँ मूल्य सूचि अनुसार पेट्रोलमा मूल्य घटेको छ भने डिजलमा बढेको छ । भारतीय आयल कर्र्पाेरेशनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई नयाँ मूल्य सूचि पठाउने गरेको छ । आइतबार पठाएको मूल्य सूचि अनुसार पेट्रोलमा ६ रुपैया घटेको छ भने डिजल र मट्टितेलमा मा ४÷४ रुपैया घटेको छ भने ग्याँसमा १० रुपैया घटेको छ ।


टाँट पल्टिएको नेपाल आयल निगम केही महिना यता निरन्तर नाफामा रहेको छ । नयाँ मूल्य सूचि अनुसार नेपाल आयल निगमलाई पेट्रोलमा डिजल, मट्टितेलमा फाइदा रहेको नेपाल आयल निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया