पच्चीस बर्षे साथ सहयोगप्रति आभार

धरान साप्ताहिकको यात्रा आजबाट २५ बर्षमा प्रवेश गरेको छ । वि.सं. २०५६ आषाढदेखि प्रकाशन आरम्भ भएको पूर्वाञ्चलमै नियमित प्रकाशन हुँदै आएको धरान साप्ताहिकको निरन्तता र २५ बर्षे यात्रामा सदैव साथ र सहयोग पु¥याउनु हुने पाठक वर्ग, विज्ञापनदाता सबैमा हार्दिक नमन गर्दछौ । विगतका कहालीलग्दा दिन र अवस्थाहरुका बीचमा पनि धरान साप्ताहिकले आफ्नो यात्रालाई निरन्तता
दिइरहयो । कहिल्यै थकानको अनुभव गरेन, कहिल्यै विश्राम लिने सोच बनाएन । यस साप्ताहिकसँग जोडिनु भएका अर्थात यात्रालाई निरन्तर अगाडि बढाउन अहम् भूमिका खेल्नु हुने सञ्चारकर्मीहरु सदैव धन्यवादका पात्र हुनुहुन्छ ।
यात्राका प्रारम्भका दिनहरु अत्यन्तै कष्टकर, जोखिमपूर्ण थिए नै । हुन त वर्तमान अवस्था पनि सहज भने पक्कै छैनन् । यद्यपि हिजोको दिनको तुलनामा केही सहजताको अनुभव हामीले गरेका छौं । वि.सं. २०५२ सालबाट शुरु भएको माओवादीको कथित जनयुद्धले आम नागरिकलाई भयभित तुल्याएको थियो । नागरिक, सर्वसाधारण, पीडक उक्त जनयुद्धले ततकालीन शासक वर्गलाई कुनै प्रकारको क्षति पु¥याएको थिएन । आन्दोलनको भूलभूत सार राज्य सत्ता विरुद्ध केन्द्रित हुनुपर्ने थियो तर उक्त आन्दोलन आम सवसाधारण, भौतिक संरचना लक्षित थियो । एकातिर भौतिक संरचनाहरु ध्वस्त बनाइदै थियो भने अर्कातर्फ ऐतिहासिक मठमन्दिर भत्काउने, नागरिकको सम्पत्ति लुट्न्े, कब्जा गर्ने, धम्क्याउने, सफाया गर्ने उपल्लो स्तरका निकृष्ट कार्यहरुले प्रश्रय पाएको थियो । त्यस्तो अवस्थामा यात्रालाई अगाडि बढाउनु सानो चुनौति थिएन । त्यसपछि २०६२÷०६३ सालको वाह्य शक्तिको आडमा जुन आन्दोलन भयो त्यसको परिणाम आज आम नेपालीले भोगिरहेका छन् । उक्त कथित आन्दोलनलाई समर्थन नगर्दा प्रतिगामी हुने, प्रतिगामीको विल्ला भिराइदिने, अज्ञात व्यक्तिबाट अनेकौ प्रकारका धाक धम्कीदिने अवस्था थियो । सडकको भिडले जुन नारा लगाउँथ्यो, जुन रवैया देखाउथ्यो त्यसलाई समर्थन गर्नुपर्नेमा बाध्यता थियो । धाक धम्कीका कारण आम सर्वसाधारणले विवेक प्रयोग गर्न सक्ने अवस्था थिएन । भीडको पछि दौडनुको विकल्प थिएन । तर धरान साप्ताहिकले भिडको केही नाराका विरुद्ध कलम चलाएकै हो । उच्च जोखिमको प्रवाह गरेन । आज आएर भीडको नारा, त्यसबाट प्राप्त उपलब्धी गलत प्रमाणित भएको छ । धरान साप्ताहिकले त्यो शाहस देखाएकै हो । अर्कोतर्फ उपेन्द्र यादव नेतृत्वमा पुन ः मधेश आन्दोलन भयो । महिनौ सम्म तराईको जनजीविन अस्तव्यस्त भयो । अनाहकमा केही युवाहरुको प्राण गयो । मधेश आन्दोलन निरुद्देश्य हो भनेर धरान साप्ताहिकले कलम चलाउँदा तराईका केही स्थानमा यसका प्रतिहरु जलाउने काम समेत भयो । आज धरान साप्ताहिकका प्रतिहरु जलाउनेहरु आन्दोलनको नेतृत्व गर्ने मधेशी जनअधिकार फोरमबाट पलायन भइसकेका छन् । आन्दोलनमा होमिनु आफूहरुको सबैभन्दा ठूलो भूल भएको आज आएर स्वीकारिरहेका छन् । जे होस् धरान साप्ताहिक निरन्तर हिँड्दै र आफ्नो लक्ष्यमा निरन्तर हिँड्ने् प्रतिबद्धता गर्दछौं ।

तपाईको प्रतिक्रिया