धरान । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समितिका सदस्य देशबन्धु बस्नेत (अजित) पर्यटन तथा हवाई यातायात समितिको सभापतिमा मनोनयन हुनु भएको छ । सुनसरी जिल्लाको इटहरी घर भई विगत केही बर्षदेखि काठमाण्डौ बस्दै आउनु भएका बस्नेतलाई महासंघको वैसाख ३ गते बसेको पहिलो कार्यकारिणी समितिको बैठकले अध्यक्ष चन्द्रप्रसाद ढकाललाई अख्तियारी प्रदान गरे अनुसार विधानको दफा ३८ (ग) बमोजिम पर्यन तथा हवाई समितिको सभापतिमा मनोनयन गरिएको हो ।

बस्नेतलाई सभापतिमा मनोनयन गरिएको सम्बन्धमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ महासघको छवि तथा प्रतिष्ठानलाई अझ बढी सशक्त रुपमा अगाडि बढाउन यहाँको सभापतित्वमा गठित समितिले जिम्मेवारीपूर्वक काम गर्नु भई महासंघलाई महत्वपूर्ण योगदान गर्नुहुनेमा विश्वस्त रहेको जनाइएको छ । मनोनयन पत्रमा भनिएको छ, यहाँको सभापतित्वमा गठित समितिबाट प्रभावकारी रुपमा कार्य हुने अपेक्षासहित समितिबाट भएका गतिविधि एवम् कार्यबारे अर्ध बार्षिक रुपमा पुनरावलोकन गरी मूल्यांकन गर्ने व्यवस्था रहेको समेत जानकारी गराइएको छ ।
