नेत्रहीन पनि भुकम्पको त्रासमा

गोविन्द बस्नेत
धरान ४ जेष्ठस् धरान १५ ज्ञानचक्षु विद्यालयमा कक्षा ४ मा अध्ययनरत सुमन राई वैसाख १२ गते आएको भुकम्पका समयमा आफ्नै गृह ताप्लेजुडमा हुनुहुन्थ्यो ।
नेत्रहीन उहा त्यसबेला आएको भुकम्पले जमिन हल्लाउदा केही महसुस नभए पनि गाउाघरका छिमेकीको हल्लापछिमात्र भुकम्प आएको र त्यसपछिमात्र डर लागेको बताउनुहुन्छ ।
त्यसपछि आएका पराक्रमणबाट त उहा अहिले पनि झसंग झस्किनुहुन्छ । ०६८ सालमा समेत सानो भुकम्पको महसुस गर्नुभएका उहालाई त्यसबेला भन्दा यसपटक धेरै डर लागेको बताउनुहुन्छ ।
यस्तै कक्षा ९ मा पढ्ने शारदा राई समेत भुकम्पका समयमा विद्यालय बन्द भएका कारण तेह्रथुममा हुनुहुन्थ्यो । वैसाख १२ गते तेह्रथुममा र २९ गते भने आफ्नै विद्यालयमा भुकम्प आएको अनुभव गर्नुभएका उहालाई पनि शुरुका दिनमा भुकम्पको धक्काको महसुस भएपनि त्यस्तो डर नलागेको तर मानिसहरु अत्तालिएर कराउन थालेपछि भने आफूलाई डर लागेको बताउनुहुन्छ ।
यी दुई नेत्रहीन त पात्र मात्र हुन वैसाख १२ गते र २९ गतेको महाविनासकारी भुकम्पका समयमा आखा नदेख्ने भएपनि त्यो भुकम्पले नेपालमा धेरै धनजनको क्षति भएको विभिन्न मानिस तथा सञ्चारमाध्यमबाट थाहा भयो । त्यसपछिका दिनमा आफूहरुलाई उनीहरु असुरक्षित महसुस गर्छन् । आाखा नदेख्ने भएका कारण आफू भुइचालो आएको समयमा भाग्न नसक्ने हो कि भन्ने त्रासमा दिन बिताउने गर्छन् ज्ञानचक्षु विद्यालयका विद्यार्थीहरु । २०३४ सालमा नेत्रहीनकै लागि भनेर यहाका समाजसेवीहरुको अथक प्रयासमा खोलिएको यस विद्यालयमा मावि स्तरसम्म पढाई हुन्छ जसमा ८७ जना विद्यार्थीहरु अध्ययनरत छन् । अहिले पनि मनोवैज्ञानिक ढंगले बालमस्तिष्कमा गहिरो चोट लागेपनि यस विद्यालयले बालमस्तिष्कलाई गहिरो चोट नपुगोस् भन्ने उद्देश्यले विद्यालयले विविध कार्यक्रमको आयोजना गर्दै आएको विद्यालयका निमित्त प्रद्याध्याध्यापक सन्दिप प्रधान बताउनुहुन्छ । अहिले पनि सुनसरीका विद्यालयहरु जेष्ठ ९ सम्म बन्द भए पनि यस विद्यालयमा अहिले पनि विद्यार्थीहरु निर्धक्क पढिरहेका छन् । यसको प्रमुख कारण तीन दशक अघि गोरखा वेलफेयर सोसाइटीको सहयोगमा अत्यन्तै बलियो भवन बनाएका कारण निर्धक्क भएर पढाउन सकिएको निमित्त प्रअ प्रधानको भनाई छ ।
यस विद्यालयमा अध्ययनरत विद्यार्थीमात्र हैन अन्य नेत्रहीनको समय यस्तै समस्या रहेको पाइएको छ । उनीहरुलाई शुरुका दिनको भुकम्पको धक्का महसुस भएपनि त्रास थिएन । जब सञ्चारमाध्यमहरुमा यस महामारी भुकम्पले हजारौको ज्यान लिएको, लाखौ घाइते तथा लाखौ विस्थापित भएको खबर सुन्न पाए त्यसपछि भने उनीहरुको होसहवास उड्यो । उनीहरु सवालडगहरु भागेर बाच्ने भएपनि आफूहरु अन्य भन्दा बढी भुकम्पको जोखिममा पर्नसक्ने भन्दै भुकम्पको जोखिमबाट बच्न सरकारले तालिम नै दिनुपर्ने माग राख्छन् । नेपाल नेत्रहीन संघ सुनसरीका सचिव सागर सुब्बा भुकम्पबाट बच्ने उपायका विषयमा सरकारले नेत्रहीनहरुलाई तालिमको आवश्यक रहेको बताउनुहुन्छ ।
भुकम्प आएको समयमा संगै बसेको साथीले समेत छोडेर जाने भएकोले हो हल्लाका कारण आफूहरु भाग्न नसक्ने भएकोले सुरक्षित हुने उपायबारेमा तालिमको आवश्यकता रहेको बताउनुभयो ।
नेपालमा भुकम्पको अनुभव जसले जसरी गरे पनि नेत्रहीनहरुले भने बाहिरी संसारले नदेखे पनि भित्री मनबाट अझ गहिरोसंग बुझेको उनीहरुको भनाई छ । अरु बेला आफूहरुलाई जे जस्तो सहयोग गरे पनि नेपालमा आएको विपत्तका समयमा नेत्रहीनहरु मिलेर जे जति हुन्छ सहयोग गर्ने अठोटका साथ रकम संकलनमा समेत जुटेका छन् ।

तपाईको प्रतिक्रिया