पेन्सन वितरण कार्यालयद्वारा ७४ औं गणतन्त्र दिवस भव्यताका साथ सम्पन्न

धरान । भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानले  भारतको ७४ औं गणतन्त्र दिवस भव्यताका साथ मनाएको छ । विगतका बर्षहरुमा झै यस पटक पनि कार्यालका प्रभारी अधिकारी मेजर भरत कनौजियाले झण्डोत्तोलन गर्दै परिषरमा रहेको बीर सैनिकहरुको स्मारकमा भावपूर्ण पुष्पाहार अर्पण गर्दै सलामी दिनु भएको थियो । धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्रविक्रम बेघाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा आमन्त्रित सबैलाई स्वागत गर्दै प्रभारी अधिकारी मेजर कनौजियाले २६  जनवरी अर्थात भारतको ७४ औं गणतन्त्र दिवसका सम्बन्धमा संक्षिप्त प्रकाश पार्नुभएको थियो । मेजर कनौजियाले भन्नुभयो भारत सरकारले आफ्ना भूतपूर्व सैनिकहरुको सेवा सुविधामा हरेक बर्ष बढोत्तरी गर्दै गएको छ । पेन्सन वितरण कार्यालयको मातहतमा रहेको नेपालको प्रदेश नं. १ को ६ जिल्ला इलाम, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ र ओखलढुगाका भारतीय डिष्ट्रिक्ट सोल्जर बोर्ड मार्फत लाइभ सर्टिफिकेट नविकरण, पेन्सन पट्टामा रहेका त्रुटिहहरु सच्याउने, भूपूहरुका लागि भारत सरकारले लागू गरेका ECHS (Ex-Servicemen Contributory Health Scheme) ो सम्बन्धमा भूपूहरुलाई बुझाउने लगायत दर्जनौ लोककल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।


कार्यक्रममा नेपाल प्रहरीका प्रदेश नं. १ का प्रहरी प्रमुख डिआइजी श्यामलाल ज्ञवाली, राष्ट्रिय अनुसन्धान विभाग १ नंं. प्रदेश कार्यालय धरानका प्रमुख अनुसन्धान अधिकृत कृष्ण खनाल, प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी भीम दाहाल, जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभुप्रसाद ढकाल, इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठ, धरानका उद्योगी, व्यवसायी, सामाजिक संघ संस्थाका प्रतिनिधि, ठूलो संख्यामा भारतीय सैनिकहरुको उपस्थिति रहेको थियो । प्रमुख अतिथिको रुपमा रहनु भएका धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्र विक्रम बेघाले भूपू पत्रिकाको विमोचन गर्नुभएको थियो । धरानस्थित रहेको दिल्ली पब्लिक स्कूलका विद्यार्थीहरुले आकर्षक र मनमोहक नृत्य प्रस्तुत गरेका थिए । यसैगरि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विभागका प्रा.डा राजीव महर्जनको सहकार्यमा अशक्त भूपूहरुलाई ह्विलचियर, अणुलाल कनौजियाबाट बीर नारीहरुलाई आर्थिक सहयोगको चेक, ब्लांककेट वितरण गरिएको थियो । यस्तै कार्यक्रममा आयोजना गरिएको टक अफ बार, जिलेवी दौड, सेक रेसका विजेता तथा उपविजेताहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो भने सञ्चालन कार्यालयका एडम्स कृष्णबहादुर थापाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया