मोरङ । प्रलोभनमा पारेर महिलालाई भारत लगेर बेचबिखन गर्न खोज्ने दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी गरेर भारत लैजान खोज्न खोज्ने भारतीय नागरिक ४० वर्षीय बाबु साहब र मोहम्मद जाहगीरलाई पक्राउ गरेको हो । उनीहरुलाई प्रहरी र साना हातहरू नामक संस्थाले पक्राउ गरेको हो ।

झापाको २७ वर्षीय महिलालाई विराटनगरको एक होटेलमा माघ १२ गते जबरजस्ती करणी गरेको आरोप उनीहरुमाथि छ । करणीपछि विभिन्न प्रलोभन देखाएर २७ वर्षीय महिला र उनको दिदीको १४ वर्षीय छोरीलाई भारतमा रोजगारी लगाइदिने भन्दै लैजाने क्रममा प्रहरी र साना हातहरू नामक संस्थाले सीमावर्ती क्षेत्रबाट भारतीय नागरिकलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय
रानी विराटनगरले मोरङ अदालतमा आइतबार मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा म्याद थप गरी दुवै जनाको विषयमा अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयोे ‘उनीहरुलाई शंकास्पद अवस्थामा हामीले पक्राउ गरेका छौं, यस विषयमा हाम्र्रो अनुसन्धान भइरहेको छ, अनुसन्धानपछि थप विषय बाहिर हामी सार्वजनिक गर्छौ ।’ पक्राउ परेका भारतीय नागरिक केही दिनयतादेखि विराटनगरको होटमा बस्दै आएको प्रहरीले बताएको छ । १२ माघ कामको खोजीमा ती महिला र बालिका विराटनगरको रोडशेषचौकदेखि दक्षिणको एक होटेलमा पुगेका थिइन् । ‘उनीहरूले त्यहाँ होटेलमा काम मागेको रहेछन् । त्यही होटेलमा रहेका भारतीय नागरिक बाबु साहेब र जाहेरीले नियाली रहेका रहेछन् । त्यही बिचमा बाबु साहेब र जाहेरीले तिमीलाई हामी राम्रो काममा लगाइदिन्छौ भन्दै विभिन्न प्रलोभनमा पारे । त्यही नजिकको होटेलमा लगेर जबरजस्ती करणी गरेपछि भोलिपल्ट भारत लैजाने क्रममा पक्राउ गरिएको हो,’ साना हातहरू नेपालका स्टेसन म्यानेजर दिवस श्रेष्ठले भन्नुभयोे ।
