धरान । नेकपा माओवादी केन्द्र सम्बद्ध प्रेस सेन्टर नेपालकोे १९ औँ स्थापना दिवसका अवसरमा धरान – १६ मा रहेको पञ्चायत आधारभूत विद्यालय (भकारी स्कुल) मा अध्ययनरत ५० बिद्यार्थीहरुलाई स्टेशनरी वितरण गरिएको छ । आइतबार प्रेस सेन्टर नेपाल सुनसरीले स्थापना दिवसको अवसर पारेर विद्यालयमा अध्ययनरत ५० विद्यार्थीहरुलाई कपी,कलम र खाजा समेत वितरण गरिएको थियो । गत बर्ष स्थापना दिवसकै अवस पारेर प्रेस सेन्टर सुनसरीले पकलीमा रहेको वृद्धाश्रममा पुगेर त्यहाँका ज्येष्ठ नागरिकहरुलाई खिर खुवाएको थियो । धरान उपमहानगरपालिका जस्तो सुविधासम्पन्न उपमहानगरपालिकाभित्र रहेको यो आधारभूत विद्यालय भौतिक पूर्वाधार भएपनि यो विद्यालयको शैक्षिक गुणस्तर उकास्नका लागि कसैको ध्यानाकर्षण नभएको प्रेस सेन्टर सुन्सरीका अध्यक्ष तीर्थ कार्कीले बताउनुभयो । यो विद्यालयलाई सहयोग पु¥याउँदै स्थानीय सरकारको ध्यानाकर्षण गराउन पनि स्थापना दिवसका अवसरमा स्टेशनरी सामान विद्यार्थीहरुलाई प्रदान गरिएको उहाँको भनाई छ ।

सो अवसरमा बोल्दै विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद भट्टराईले यहाँ अध्ययनरत विद्यार्थी अधिकांश भूमिहीन सुकुम्बासीका सन्तान अध्ययन गर्ने बताउँदै सरकारी सहयोग न्यून रहे पनि दाताकै सहयोगबाट विद्यालय सञ्चालन भइरहेको बताउनु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम् अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष एवम सेन्टरका केन्द्रीय सदस्य केशव घिमिरे, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष एवम १७ का वडाध्यक्ष मनोज भट्टराई, सेन्टरका उपमहासचिव राजन केडी, सेन्टरका धरान नगर अध्यक्ष विनोद विश्वकर्माले लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा, माओवादी केन्द्रका नगर इन्चार्ज चोत्लुङ, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक राई, लेखक एवम पत्रकार राजेन्द्र किराती, प्रेस यूनियनका धरान नगर सभापति मातृकाप्रसाद नेपाल संगम बिष्ट, सेन्टरका इटहरी नगर अध्यक्ष सुवास खत्री, सचिव गुरुङ मनिषा, १ नम्बर प्रदेश समितिका सदस्य सञ्ंजय याखा, नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिव भोला श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
