हार निश्चित देखिएपछि मेयर तिलक राई क्षेत्रीय सभापतिको प्रतिष्पर्धाबाट अलग्गिए दलबदलु र समूह बदलुमा खप्पिस विक र कार्कीका कारण सुनसरीमा संस्थापन बढारियो

धरान । नेपाली काँग्रेसको
राजनीति गरेर लाभको पदमा पुग्न ग्रासरुटमा बसेर काम गर्नुपर्दैन, नेतृत्वको निकट भए पुग्छ भन्ने मिनबहादुर विश्वकर्मा र आफ्नो गृह जिल्ला भोजपुरबाट निर्वाचन जित्न सक्ने हैसियत नभएर अघिल्लो आम निर्वाचनदेखि सुनसरी झरेका ज्ञानेन्द्रबहादुर कार्कीका कारण १४ औं महाधिवेशन अन्तर्गत सुनसरीमा भएका निर्वाचनमा यस पटक संस्थापन पक्ष नराम्रोसँग बढारिएको छ ।
पहिला कोइराला समूह र पछि देउवासमूहको चाकडी गरेकै भरमा नेपाली काँग्रेसको केन्द्रीय सदस्य र मन्त्री समेत बन्न पुगेका विकले सुनसरीमा काँग्रेसको संगठन बनाउने भन्दा पनि भत्काउने काम मात्र
गरकोले उनका पछिल्तिर दुई जना कार्यकर्ता समेत रहेका छैनन्, विकका गृहवडा धरान १५ का एक कार्यकर्ताले भने । धरान वडा नं. १६ का एक क्षेत्रीय प्रतिनिधिले भने अवसरवादी चरित्र भएका विकले धरानको सिंगो कँग्रेसको संगठनलाई तहस नहस गर्नु बाहेक केही गरेनन् त्यस्ता व्यक्तिलाई कन्द्रीय नेतत्वले के आधारमा लाभको स्पेश दिएको होला उनले प्रश्न गरे । धरान १ का अर्का क्षेत्रीय प्रतिनिधिले भने एमाले स्कुलिङबाट आएका विकको वाक पटुता राम्रो छ । केन्द्रीय नेतृत्वले उनको त्यही खुबीलाइ हेरेर पत्याएको होला उनको अनुमान छ ।


अर्कातर्पm संस्थापन पक्षका अर्थात प्रधानमन्त्री शेरबहादुर देउवाका प्रिय पात्र ज्ञानेन्द्रबहादुर कार्की पैसा र शक्तिको आडमा सुनसरी क्षेत्र नं. ४ मा गत निर्वाचनदेखि ढलीमली गर्दे आएका छन् । रातदिन २० औं बर्षदेखि संगठन गर्दै आएका त्यस क्षेत्रका इमान्दार कार्यकर्ताहरु विगत चार बर्षदेखि निराश छन् । नाम उल्लेख नगरदिने शर्तमा प्रकाशपुरका एक पुराना कार्यकर्ताले भने काम गर्ने हनुमान पगरी गुथ्ने ढेंडुको उखान हाल यो क्षेत्रमा लागु भएको छ । धरानमा विकले वडा सदस्य नजित्ने हैसियत जस्तै हैसियत कार्कीको भोजपुरमा रहेको छ । संगठन गर्न ग्रासरुटमा मेहनत गर्नुपर्छ तर कार्की नेतृत्वको चाकडी गरेरै भोजपुरबाट सुनसरी आएर निर्वाचन लड्छन् मन्त्री हुन्छन् । पछिल्लो पटक कार्की गठबन्धन सरकारको देउवाको कोटाबाट सूचना तथा सञ्चारमन्त्री बनेका छन् ।
संस्थापन पक्षका राईलाई हराउन मुख्य भूमिका
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धरान उपमहानगर समितिको निर्वाचनमा प्रत्याशी बनेका किशोर राईलाई हराउन मुख्य भूमिका मिन विकले नै खेलेको कार्यकर्ताहरु बताउँछन् ।
संस्थापनपक्षका किशोर राईलाई धरान काँग्रेसको एउटा बलियो खम्बाको रुपमा हेरिन्छ । संगठन निर्माणमा कुशल, हरेक समय कार्यकर्ताहरुबीचमै रमाउने, अप्ठेरो परेको बेला सहयोग उपलब्ध गराउने, अन्य राजनैतिक दलहरसँग पनि संयोजनकारी भूमिका निर्वाह गदै आएका राईले विककै असहयोग र हराउ अभियानका कारण २० भोटको झिनो मतान्तरले पराजय भोग्नुपरेको धरानका कार्यकर्ताहरु बताउँछन् । धरान उपमहानगरपालिकाका वडा नं. ७ का एक कार्यकर्ताले भने संस्थापन पक्षकै प्रत्यासीलाई हराउन संस्थापनपक्षकै भन्ने मिन विकको राजनैतिक चरित्र देखेर आश्चर्य लागेको छ । संस्थापन पक्षका राईले नगर सभापतिमा पराजय भोगेपछि धरान वडा नं. १ का एक कार्यकर्तालाई विकले फोन गरी राइसँग मेरो मिस अन्डरस्टेन्डिङ्ग भएको हो भनेर स्वीकारेको ती कार्यकर्ताले धरान साप्ताहिकलाई बताए । उनले भने आज किशोर राईको संयोजनमा संस्थापन पक्षका उमेद्वारहरु निर्वाचनमा गएको भए सुनसरी क्षेत्र नं. १ को प्रदेशसभा क र ख सँगै क्षेत्रीय सभापति समेत जितिने थियो ।
सुवेदीलाई बसाउन कार्की र विकको गठजोड
संस्थापन पक्षबाट आफूले नगर सभापतिमा झिनो मतले पराजय भोगे पनि कुशल संगठनकर्ता किशोर राईले क्षेत्रीय सभापतिमा स्थानीय पुराना काँग्रेसी नेता पूर्ण सुवेदीलाई क्षेत्र नं १ को सभापतिमा उभ्याए । निर्वाचन भन्दा दुई महिना अगाडिदेखि सुवेदीलाई क्षेत्रीय सभापतिका लागि वातावरण बनाउदै गए ।
तर एक्कासी धरान नगरपालिकाका प्रमुख तिलक राईलाई कोइराला पौडेल खेमाबाट उमेद्वार नबनाउने निर्णय भएपछि किशोर राईको राजनैतिक मानमर्दन गर्न तिलक राईलाई रातारात संसथापन पक्षमा भिœयाउने रणनीतिमा मिन विक र ज्ञानेन्द्र कार्कीको गठजोड भयो । निर्वाचनको दौरानमा सुवेदी निक्कै अगाडि बढिसकेका थिए । निर्वाचन जित्ने वातावरण बनेको थियो । सुवेदीको उमेद्वारीले संस्थापन इतर पक्ष निराश बनिसकेको थियो । तर विक र कार्कीले गलत व्रिफिङ गरेर शेरबहादुर देउवाबाटै सुवेदीलाई फोन गर्न लगाई नगर पालिकको मेयर जितेका तिलक राईलाई छोड्न दबाब दिइयो । बदलामा आगामी दिनमा प्रदेश सांसद बनाउने आश्वासन दिएपछि सुवेदीले उमेद्वारी नदिने घोषणा गरेसँगै सुनसरी क्षेत्र नं. १ मा संस्थापनपक्ष ओरालो लाग्यो ।
अन्तिममा आएर राईले मैदान छाडे
मिन विक र ज्ञानेन्द्रबहादुर कार्कीलाई अँठ्याएर रातारात क्षेत्रीय सभापति पदकै लागि इतर समूह छोडेर संस्थापन पक्षमा आई क्षेत्रीय सभातिको उमेद्वारी घोषणा गरेका धरान उपमहानगरपालिकाका मेयर तिलक राईले उमेद्वारी मनोनयन गर्नै दिन लज्जास्पद पराजित हुने देखेपछि मैदान छाडेका थिए ।
सुनसरी क्षेत्र नं. १ को प्रदेशसभा क र ख को शनिवार घोषित परिणामले दुई तिहाई भन्दा बढी मतले आफू पराजित हुने देखेपछि उनले मैदान छाडेका थिए । त्यसभन्दा अगाडि राईले प्रदेशसभा क र ख सँगै निर्वाचित नगर सभापतिसँग आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । तर संस्थापन इतर समूहबाट निर्वाचित तिनै जनताले आफूलाई सहयोग गर्न नसक्ने जवाफ दिएपछि उनी निराश भएका थिए । अन्तिम समयमा अआएर धोका दिएपछि संस्थापन पक्षकै क्षेत्रीय प्रतिनिधि, बुथ सभापतिहरु समेत राईप्रति यतिबेला आक्रोसित भएका छन् । राईले मैदान छाडेपछि संस्थापन पक्षका केही व्यक्तिले लक्ष्मी खतिवडालाई औपचारिक रुपमा क्षेत्रीय सभापतिको प्रत्यासी बनायो । तर कमजोर धरातलका कारण संस्थापन इतर समूहसँग अन्तत ः खतिवडाले
पराजय भोग्नुप¥यो ।

तपाईको प्रतिक्रिया