मुस्लिम युवाहरुद्वारा तोडफोड

इनरुवा÷विहीबार लक्ष्मी पूजाको दिन हिन्दु समुदायले आफ्नो घर कम्पाउन्डमा सजाएको कलश, केराको थाम, दियो लगायतका सामाग्री मुस्लिम युवाहरुले राति तोडफोड गरेपछि हिन्दु समुदायले इनरुवामा विरोध प्रदर्शन गरेका छन् ।
सुनसरी सदरमुकाम इनरुवामा सखुवागाछीदेखि मगर टोलसम्म, महेन्द्र चौध शान्ति चौकमा समेत गरी झण्डै तीन सय घरका सामाग्री रातको १२ बजे तोडफोड भएका थिए । मुस्लिम समुदायका तीन जनालाई तोडफोडमा संलग्न भएको पाएपछि जिल्ला प्रहरी कार्यालय इनरुवाले प्रक्राउ गरी शुक्रबार जिल्ला अदालतमा मुद्दा समेत दर्ता गरिसकेको छ ।


धार्मिक आस्थामाथि हुने अतिक्रम, तोडफोमा संलग्न रहेकाहरु विरुद्ध विहीबार इनरुवामा धर्मवीर आर्य, दिलिप साह लगायतको नेतृत्वमा व्यापक प्रदर्शन भएपछि प्रहरीले तीन जना मुस्लिम युवाहरुलाई पक्राउ गरेको र अन्यको खोजी जारी रहेको जनाएको छ । सुनसरी प्रहरी प्रमुख एसपी सञ्यसिंह थापाले भन्नुभयो, तोडफोडमा संलग्न तीन जनालाई प्रक्राउ गरी मुद्दा चलााइ सकिएको छ भने उनीहरुकै बयानमा आधारमा अन्यको खोजी कार्य भइरहेको छ । उहाँले भन्नुभयो तोडफोड नियतबस भन्दा पनि उमेर समूहका कारण भएको देखिएको छ ।

तपाईको प्रतिक्रिया