बाउराम कामी थर्कमान
बाउराम कामीका यतिबेला सम्पूर्ण शरीर थर्थराउन थाल्या छ । सत्र हजार सर्वसाधारणको हत्या गरेको पछुतोले थर्थराएको होइन, विदेशी दलालहरुसँग डरलर लिएर धर्म
परिवर्तन गराएर पनि थर्थराएको होइन, ललिता निवासको जग्गा किर्ते गरेर बेचेर पनि थर्थराएको होइन, सत्तामा छँदा लखनउ लुट मच्चाएको पश्चातापले पनि थर्थराएको होइन । तिनी थर्थराएका मात्र छैनन् थर्कमान भएका छन् । उनी थर्कमान हुनुको कारण दशैका बेला राजाले दिएको सन्देशले रे । राजाको सन्देश आउनासाथ तिनको ज्वरोको पारो चढेर मास्तिर पुुगेछ । विचाराकी जोइलाई पोइ सम्हाल्दाको हैरान । दिउँसो मात्र बर्बराए त हुन्थ्यो ति । रातभरि रातभरि बबराउन थालेपछि हिस्स परेकी हिसिलालाई सम्हाल्दाको दास्ती । कहिले यो देश हामीे बनाएका हौ भन्छन्, कहिले राजाले बोल्नु हुँदैन भन्छन् । हग्नेलाई भन्दा देख्नेलाई लाज भन्या झै । बाउराम तिन्का बाबुले कहिले देश बनाए । गनतन्त्रमा बोल्नै हुँदैन भन्ने कामीको बुद्धि † कठै बरा
खुट्टी हेर्दै चाल पाइयो

सित्तीमा ठूलो भाग खान नपाएसी आफ्नै घर जलाएर खरानी घसेर हिडेका माकुनेले अस्तिका दिन भन्या नेकपा एसका ६७ लाख सदस्यता वितरण गर्ने रे । मुलुकमा साढे तीन करोड जनसंख्या छ सबैलाई बाँड्दा भैगयो । जाबो ६७ लाखमात्र किन बाँड्ने ? नेपाली जन्ता वहुत इमान्दार छन् । माकुनेले सदस्यता दिएपनि लिन्छन्, प्रचण्डले थमाउँदा नि नाइ भन्दैनन् । चुनावको बेलाचाहिँ लगौटी खोलेर देखाइदिन्छन् । अहिले केही सांसद चोरचार पारेर शेरबहादुर काजीको मन्तरी मण्डलमा घुसपैठ गरे जस्तो हुँदैन क्यारे चुनाउमा । चुनाउ पछि असली पाइन देखिने छ । अहिले जत्तिसुकै खोकेपछि केही लछारपाटो लाग्दैन । चुनाउमा त प्रचण्डाउ र माकुनेको हरिविजोगै होला जस्तो छ । माकुनेको खुट्टी हेर्दैै जनताले चाल पाइसकेका छन् ।
पिधमा पुल्ठो बालेछन्
उपिन्दर जादव अब आफ्नै निर्वाचत क्षेत्रतिर पनि डुल्न नसक्ने भा’छन् । जात भाइहरुलाई काखी च्यापेर हिडेको फल उनले विस्तारै पाउने भएका छन् । अस्तिका दिन जादवको पिँधमा सप्तरी राजविराजाका कार्यकर्ताहरुले पुल्ठो बालेछन् । विचरा हार गुहार गर्दै टाप ठोकेछन् । धन्न पुलिसले तिन्को सुरक्षे गरेछन् । सत्ताको लोभमा आफ्नै पार्टी फुटाएको, विकासको नाममा सिन्को नभाचेको जादवमाथि आरोप छ । कार्जेकर्तापनि अलिकति अबझै हुन् । मौका पर्दा आफ्ना छाडेर पराईलाई काखी च्याप्ने त होइन नि । जादवले आफनै जात भाई बहिनीहरुलाई च्यापे भनेर किन रोइलो गर्दे पिँधमा पुल्ठो बाध्नु ? चुनाउ आउँदै छ त्यतिबे्लै धोती खोलिदिए लण्ठै साफ ।
प्रचण्डको राडे रुवाई
देउतीकट लागेर सत्ता पक्षे भएका प्रचण्डाउले विस्तारै आफ्नो हैसियत बुझ्न थालेजस्तो छ । लठेब्रा देउवालाई लालीपप देखाएर, फकाएर, धुक्र्याएर चुनाउमा काँग्रेसँग टाँसिन पाए यसो केही सिट जित्न सकिने प्रचण्डाउले राम्रोसँग बुझ्या छन् । त्यसैले गठबन्धन चुनाउसम्मै जानुपर्छ भन्दै हिड्या छन् । कहिले माओवादीले वहुमत नल्याए मुलुक विघटन हुन्छ भन्दै फलाक्दै हिँड्छन्, महिले माओवादी एक्लैले १०–१५ करोड खर्र्च गर्दापनि चुनाव जित्न सकिने अवस्था छैन भन्दै हिँड्छन् । एमाले सिध्याएर आएका प्रचण्डाउ अब काँग्रेस पनि सिध्याउने खेलमा लागेको लठेब्रा देउवाले बुझ्या छन् कि छैनन् । नेपाली लाँग्रेसका कार्जैकर्ताहरुले त माकुने, प्रचण्डाउ कसैसँग निर्वाचनमा एलाइन्स नगर्न लठेब्रा काजीलाई चेतावनी दिइसक्या छन् । अझै मानेनन र ती दुवैसँग सत्ति जान खोजे भने त्यसको अपजस लठेब्रा काजीले नै लिनुपर्छ ।
ओली भन्दा दश गुणा बढी काम गर्ने रे
फुइँ लगाउँदा पनि मान्छेले पत्याउने गरी लगाउनु नि † थुतुनोमा जे आयो त्यही बकेर फुई लगाउनु त अलि हजम हुँदैन है । अब हेरम न ती रामकुमार जंगलीलाई । माकुनेको नाडी अँठ्याएर बल्लतल्ल मन्तरी भा’की दुई दिन वित्या छैन खप्रओको भन्दा दश गुण बढी काम गरेर देखाउँछु भनेर फुइ हाकिछन् । भुक्ने कुकुरले टोक्दैन । नभुक्ने कुकुरले आएर क्याँक्क पार्छ । काम गर्नेले म फलनाको भन्दा धेरै काम गर्छु भनिरहँदैन । हुन त जंगली मन्तरी बन्ने योग्यताकी पनि होइन । नेपालमा मन्त्री हुने योग्यता भन्या ढुंगा मुढा गरेर, टायर सडकमा बालेको, रेलिङ्ग भत्काएको, अरुलाई तथानाम गाली गर्न सक्ने भएकोलाइ मानिन्छ । जंगलीसँग यी सबै योग्यता छ । माकुने पनि यी सबै योग्यता हेररै मन्तरीमा सिफारिस गर्दैका होलान् ।
पशुपतिका बादार जाति
संसदका बाँदर भन्दा पशुपतिका बाँदर कैयौ गुणा जाति । संसदका बाँदरहरुले कहिले ललिता निवास चिथोरेर खान्छन्, कहिले चाइना एयरकाण्ड मच्चाउँछन्, कहिले लाउडा काण्ड मच्चाउँछन्, कहिले धमिजा काण्ड मच्चाउँछन्, कहिले के काण्ड त कहिले के काण्ड मच्चाइरहन्छन् । अहिले एमसीसी काण्ड मच्चाउन खोज्दैछन् । कहिले संसदमा कुर्सी हानाहान गर्छन, कहिले माइक फोडफाड गर्छन्, सरकारी गाडीमा नीजि नम्बर प्लेट टाँस्छन् । गाडी नै नुहनेले महिनावारी तेल पिउँछन्, पत्रिका नै नपढ्नेले पत्रिका खरिदका नाममा हसुर्छन्् । घर हुनेले बहाल भाडा असुल्छन् । ससदका बाँदरले उपद्रो मच्चाउन के चाहिँ बाँकी राख्या छन् र ? तर पशुपतिका बाँदर चुपचाप बस्छन् । भक्तजनहरुले ल्याएको प्रसादहरुमा चाहिँ यसो कर्के नजर लगाउँछन् । संसदका बाँदरजस्तो उपद्रोचाहिँ गर्दैनन् ।
आमा भन्दा ठूली
लगौटीको लिखे जुम्रा टाउकोमा पुगेपछि बढी रगरगाउँछ । बूढापाकाहरुले त्यसै भन्या हैनन्, शक्तिमा पुगेपछि आफ्नै आमाको पनि हुमर्त लिन पछि नपर्नेहरुबाट आउने पुस्ताले फुइøया सिक्नु ? अब हेरम न राष्ट्रपति विद्या भण्डारीले यस पटक पनि आफनी आमाको हातबाट टीका लगाइछन् । टीका लगाउने नै आफू भन्दा ठूला र मान्यजनहरुबाट हो । तर भण्डारीले लगाएको टीका देख्दा सबैको एकपटक कन्सिरी तातिएर आउँछ । बूढी आमा उभिएर सोफामा गजधम्म परेर बसेकी भण्डारीलाई टीका लगाउनु सरासर गलत हो । पहिले पनि तिन्ले त्यसै गरिन । सबैले तथानाम फलाके । अब त सुध्रेकी होलिन् भन्या त फुइøया हुनु ? १३ बर्षसम्म कुत्तिको पुच्छर ढुंग्रामा हालेर सोझ्याउन खोजेपनि निकाल्दा उस्ताको उस्तै ।
अन्तेमा
हिन्दु धर्मको खोइरो खन्दै आएका बाउराम कामीले यसपटक पनि बाबुको हातबाट ट्याँस टीका, जमरा लगाएछन् । बाबुले पनि गतिलै आर्शीवाद दिएछन् त्यत्रो दुःख गरेर पढाएँ, जंगल पसेर जन्ता सिध्याइस् । मैले मान्ने धर्मको अहिले विरोध गर्न थाल्या छस् । वहुलाएको हेर्न नपरोस् । बाबुको आर्शीवादले तिनलाई के छोला र ? घरमा पुगेपछि हिस्स परेकी हिसिलाले पुच्छर निमोठेपछि र डलरेहरुले डलर बन्द गर्ने चेतावनी दिएसी कामी बाजे बौलाइ हाल्छन् । नानीदेखि लागेको बानी जो प¥यो । कि कसो हौ ?
