घण्टाघरबाट हेर्दा

भ्रष्ट अ“ठ्याउन नपाई
अब नेपालाँ भ्रष्टाचारीलाई अँठ्याउन नपाइने भा’छ । आखिरी गनतन्त्रको सबैभन्दा ठूलो उपलब्धी भन्या यही होला ? माककुन्याउ र प्रचण्डाउले आच्या मार्चण्डेले वाल्वाटार र क्यान्टोमेन्टमा अक्टोपसले जस्तै सोहोरेर हजम गरेको घामजस्तै छर्लङ्ग भा’छ । अख्तियारले यतिबेला यसो फाइल खोल्ने तयारी गरेसी’ मार्चण्डे समूहकी झाक्रीले ढ्यांग्रो ठटाउन थालेकी छन् । ढ्यांग्रो ठटाउँदै उन्ले दुवैलाई छुएर त हेर खप्रओ मनुवा भन्दै बक्न थालेकी छन । अखिरी झाक्री न परिन् । झाक्रीले बकेसी’ बातै खलास । अब भने नेपालमा गनतन्त्र पूर्ण रुपले सफल भएको मान्नुपर्छ । बेकुव जनताहरु वित्थाँ उफ्रन्छन् वाइडवडीको भ्रष्टलाई कार्वाही गर, न्यारोवडीका खन्चुवालाई कार्वाही गर, ओम्नीलाई ठेगन लगा, यतिलाई पाता कस भनेर उफ्रने दिन अब सिद्धिएको छ । झाँक्रीले ढ्यांग्रा्े ठटाएर बकीसकेकी छन् । रातदिनको मेहनत पछि कमाउन सफल भएकाहरु सफल राजनैतिक व्यवसायी हुन् । तिन्लाई त राज्यले सम्मान पो गर्नुपर्छ त । ताइ न तुइँले एकोहोरो कार्वाही गर भनेर उफ्रदा तिन्को आत्म सम्मानमा चोट पुग्छ भन्ने कुरा बुझ्नु पदैन ? अब तिन्लाई देशैभरि विभिन्न सामाजिक संघसंस्था, नागरिक समाजले सम्मान पो गर्छुपर्छ त । कि कसो हौ झाक्री ज्यू ?
किन चियो चर्चो गर्नु ?
संसद पुनस्र्थापना हुनुपर्छ भन्ने देशव्यापी महाअभियनमा खटिएका प्रचण्डाउको सुरक्षेमा हिडेका सुरक्षेकर्मीहरुलाई घरेलु मन्तरी रामवाउ मगरले फिर्ता बोलाएसी प्रचण्डाउले पूर्व कमाण्डरहरुलाई आफ्नो सुरक्षेमा नियुक्ति गरेछन् । तर पधेर्नीहरुको जस्तै यतिबेला प्रचण्डाउका बारेमा बेकामेहरुले तथानाम बक्न थाल्या छन् । कोही भन्छन् एक कट्ठा जग्गा र तीन तोला सुन भएका प्रचण्डाउले पूर्व लडाकुहरुलाई तलब भत्ता कहाँबाट दिन्छन्, कोही भन्छन् अकूत लुट्या छन् दिइ हाल्छन् नि । आखिरी आफ्नो ज्यान भन्दा ठूलो गाँठ त हैन बाँची बचिरहे जाबो पैसो त कति कमाउँछन्–कमाउँछन् । प्रच्ण्डाउसँग जग्गा र सुन पो थोरै छ त क्यास त टन्नै छ नि † कसैले आरिस गरेर त भएन नि † आफ्नो सुरक्षेको लागि आफैले खर्च गरे आदमी राखे त्यसमा अरुको टाउको दुखाई किन ?
के भन्या होलान् जादवले ?
पूर्व राष्ट्रपति रामवरन जादव अस्तिका दिन झुलुक्क झुल्किए । मुलुकमा यत्रो राजनैतिक सरगर्मी चलिराँ छ तर तिनलाई बाल मतलब थिएन मतलब हुने कुरो पनि भएन । राज्यले ज्वाई पालेझैँ जिन्दगीभरि पाल्ने ठेक्का जो लिएको छ । जन्ताको आन्द्रा बटारेर भएपनि कर असुली गरेर जादवलाई बस्नलाई घर दिएको छ, भत्ता टक्र्याएको छ गाडी दिएको छ, इन्धन र ड्राइभर दिएको छ, सुरक्षे कर्मी दिएको छ । सबै कुरा पाएसी’ कुम्भकर्ण भएर सुते पनि भयो, गणेशको जस्तै पनि हसुरे पनि पुग्यो । तैपनि अस्तिका दिन झुल्किए । झुल्किनासाथ उन्ले भने संविधान समाप्त पर्ने खेलमा प्रधानमन्त्री र राष्ट्रपति नै लाग्या छन् । तिन्लाई त्यसरी किन बोल्नु प¥याथ्यो ? सम्धिनी बज्यैको कन्पारो तातियो भने चाल पाउँछन् ? खाइपाइ आएको सिधा पनि कटौती होला । अहिले धमाधम कटौती हुन थाल्या छ । अलिकति बोल्दा हेक्का राख्नु पर्दैैन ? सिधा सामल कटौती भएमा एकै झट्कामा औरही पुग्छन् त्यसबेला चाल पाउँछन् ।
अरुलाई ढिम्कन नदिने भए
यो सत्ता भन्ने कुरा बडो मापाको हुँदो रै’छ एक पटक सत्तामा पिँध टेकाएसी ज्यान गए छोड्नै मान्दैनन् । अब हेरम न केन्द्रमा खप्रओलाई हँटाउन मार्चन्डले अविश्वासको प्रस्ताव दर्ता गर्न खोजेसी’ खप्रओले संसदै विघटन गरेर सडकमा भ्याराथुन खेल्न पठाइदिए । यतिबेला मार्चण्डेहरु सडकमा घरी थचक्क बस्छन्, घरी घाइफल तोडेर दौडन्छन्, कहिले जोड जोडले चिच्याउँछन् । खप्रओकै शैलीमा प्रर्देश न. १ का मुखमन्त्री पनि जालान जस्तो छ । अखिरी खप्रओ पथकै चेला त परे । तिन्लाई पनि मार्चण्डेका छिछिमिराले हायल कायल बनाएका छन् । तर सत्ता छोड्न तिन्को आत्माले मान्दै मान्दैन । आफू नभए अरुलाई नि ढिम्किन नदिने मनस्थितिमा मुखमन्तरी पुग्या छन् । तिन्ले नि संसद विघटन गने संकेत दिई सक्या छन् । न रहे बाँस न बजे बाँसुरी । ंससद विघटन गर्दियो लन्ठै साफ । मार्चण्डेका छिचिमिराको ल्याङ ल्याङ कति सहने ? बरु चाँडै संसद विघटन गदिए जन्ताले तिरेको कर त जोगिने थियो । कि कसो हौ मुख मन्तरी ज्यू ?
देखाइ देछन् ओली बाले
यतिबेला मार्चण्डे र खप्रओ बीचमा एउटा पं्रतिष्पर्धा चल्या छ कस्ले मान्छेका धेरै अनुहार जम्मा गर्न सक्छ भनेर । पहिला पहिला त मार्चण्डेहरुले राजधानीतिर यसो मान्छेहरु जम्मा पा¥या थे । हिजो आज विचराहरु सुक्दै गएछन् । पहिला पहिला फुक्लान–फुक्लान जस्ता भा’थे । हिजो आज नाम्ले लागेछ क्यारे हुन त सुख्खा पाडाको पछि कोचाहिँ लाग्छ र ? जो नि बलेकै आगो ताप्ने त हुन् । सडकमा पुगेको त्यो नि निभ्न लाग्या आगो कस्ले ताप्छ ? सत्ताधारी भन्या सत्ताधारी नै हुन् । अब हेरम न अस्तिका दिन विराटनगरमा खप्रओ बाको कुरो सुन्न कम्ता मान्छे आ’ होइनन् । जता हे¥यो मान्छेकै अनुहार, ठेलमठेल गर्दै त्यतिका मान्छे आउलान् भनेर खप्रओ बाले नि पत्याएका थिएनन्् । यतायात खान्ते पित्ने सबै निःशुल्क । सित्तैमा पाउँदा अलकत्रा त चपाउनेहरु खान्तेपिन्ते र निःशुल्क बसमा हुइँकिन पाउँदा मरिहत्ते गरेर नआउने कुरै भएन । खप्रओ बाको विराटनगरमा भएको मानव संकलन शक्ति प्रदर्शन देखेर मार्चण्डेहरुको निन्द्रा हराम भा’होला । हन्हनी ज्वरो आ–होला । एकातिर सडकमा पछारिनु परेको छ अनि अर्कोतिर शक्ति प्रदर्शनमा नि खप्रओकै रजगज । पीडा छ हजुर पीडा छ मार्चन्डेहरुलाई ।
बैध र डाक्टरपछि झाक्री
यसे अत्याधुनिक जमानामा पनि उपचार गर्न कोही थामी झाँक्रीको भर पर्छ ? धामी झाक्रीको भर परेर उपचार गर्न थालेसी त्यो चिलिम नहुने कुरै भएन । प्रचण्डाउले पहिला पहिला वैध र डाक्टरबाट राजनीति उपचार अगाडि बढाएका थे । त्यसबेला तिनको चुरीपुरी काइदाको थियो । तर उपचार वापतको खर्च समेत दिन कैटे गर्न थालेसी’ तिनलाई वैध र डाक्टरले चटक्कै छाडिदिए । अहिले विचरा माकुन्याउको पछि लागेर झाक्री अँठ्याउन पुग्या छन् । झाक्रीको भर पर्दा उनको राजनीति उपचार झन झन जटिल बन्दै गएको छ । शुरु शुरुमा झाक्रीले राम्रै उपचार गर्लिन् भन्ने सोचेर नन्दीभृंगीहरु पछि पछि दौड्या थिए । तर रोग झन झन बढ्दै गयो । नन्दीभृंगीहरुले पत्याउन छाडे झाक्रीबाट कुनै लछारपाटो नलाग्ने देखेपछि मार्चण्डे रनभुल्लमा प¥या छन् । हामी य ा छम भनेर चिच्याउँद नि कसैले सुन्नै छाड्या छन् । क्या फसाद †
दह«ै दिएछन्
पर्देश न. १ का छाया मुखमन्तरी भीम आचार्यले अस्तिका दिन उज्याला मुखमन्तरी शेरु भाइलाई दह«ै दिएछन् । शेरु भाइले आफूलाई मुख मन्तरीबाट हँटाएमा पर्देश सभा नै भंग गर्दिने धम्की द्या थे । विना काम करोडौको गाडी, आवास, सुरक्षा, भत्ता, मान, सान, कसैले खोन खोजेसी शेरु भाइको कन्पारो नतातिने कुरै भएन । त्यही पद भँजाएर विचाराले यसै बर्ष सुन्दर कन्यासँग झ्याइकुटी समेत पा¥या छन् । आफ्नै छौडाहरु दुस्मन भएर शेरु भाइको पछि हात धुएर लाग्या छन् । शेरु भाइको पद फुत्त खोसेर लिम्ला भनेर मुचुक मुचुक गरेकाहरुलाई गाँठो पर्ने गरी शेरु भाईले दनक दिएसी आचार्यले जवाफ फर्काएछन् । हुती भए पर्देसभा भंग गरेर देखाउसम्म भनेछन् । ३७ भाइले उचालेको भरमा शेरु भाइको आशन कम्जा गर्न हतारिएका आचार्यको धम्कीलाई अब शेरु भाइसले कसरी लेलान् ?
अन्तेमा
यतिबेला सर्वोच्च अदालत बढो विलखबन्दमा प¥या छ । ससद पुनस्र्थापना गर्दिम कि नगर्दिम भनेर । संसद पुनस्र्थापना गर्देनी आन्दोलन, नगर्दै नि आन्दोलन । ससद पुनस्र्थापना भए खप्रओ समूहले आन्दोलनको आँधीबेहरी ल्याउनृे, नगर्दा मार्चण्डेले उत्पात मच्चाउने । नेप्लिज लाँगेसका स्यालबहादुर, जसपाका जादव–महतो, लाउरापका कमलाउलाई भने कागलाई बेल पाक्यो हर्ष न विस्मात । भए गोडाविसेक महिनाको तल भा पड्काउन पाइने, नभए चुनावमा जाने । सबैभन्दा जोखिम खप्रओ र मार्चण्डेलाई नै छ, कि कसो हौ ?

तपाईको प्रतिक्रिया