धरान÷पछिल्लो समय धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान चिकित्सक, कर्मचारीहरुको आन्दोलनको थलो बनेको छ ।
प्रतिष्ठानमा भ्रष्टाचारले जरा गाडेको सर्वसाधारणले आरोप लगाइरहेका छन । यता प्रतिष्ठानभित्रै कार्यरत कर्मचारी तथा चिकित्सकसंग विगतमा गरेका सहमति कार्यान्वयन नगर्दा आन्दोलनको थलो बनेको हो ।
पछिल्लो समयमा वार्तामा भएको सहमति कार्यान्वयन नभएको भन्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न चिकित्सक पुनः आन्दोलित भएका छन् ।
गत आश्विन १८ गते प्रतिष्ठान प्रशासन र इन्टर्न चिकित्सकबीच भएको ११ बुदे सहमति अहिलेसम्म कार्यान्वयन नभएको भन्दै उनीहरुले आकस्मिक कक्षबाहेक सम्पूर्ण काम ठप्प पारेर प्रतिष्ठानको उपकुलपतिको कार्यालय अगाडि धर्ना दिएका छन् ।
पटक पटक सहमति गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिका कारण आफूहरु आन्दोलित हुनुपरेको इन्टर्न इन्टर्न संघर्ष समितिका संयोजक डा. अमृत जैशीले जानकारी दिनुभयो ।
उनीहरुले कोभिड १९ को संक्रमणको जोखिम भयावह बन्दा समेत प्रतिष्ठानले स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध नगराई आफै उपलब्ध गराएर काम गर्नुपरेको आरोप समेत लगाएका छन् ।
उनीहरुल जोखिम मोलेर काम गर्दा समेत प्रतिष्ठान प्रशासनले आफूहरुको मागलाई वेवास्ता गरेको बताएका छन् ।
विगतदेखि नै उनीहरुले अन्य सरकारी अस्पतालमा कार्यरत चिकित्सकसर ८ औ तहको जीवन निर्वाह भत्तामा ५ प्रतिशत कार्यान्वयन हुनुपर्ने, भत्ता ३ प्रतिशत कायम हुनुपर्ने, कोभिड १९ महामारीका समयमा अहोरात्र खटिएका इन्टर्न चिकित्सकमध्ये २५ प्रतिशत कोरोना संक्रमण भइसकेको भए पनि न्यूनत्तम स्वास्थ्य सुरक्षा सामाग्री नदिएकोले यसका लागि १ हजार उपलब्ध गराउनुपर्ने, तलब समयमै पाउनुपर्ने लगायतका माग राखी आन्दोलनमा उत्रिएका थिए ।
यही विषयमा गत असोज १४ र १८ गते प्रतिष्ठान प्रशासनलाई ध्यानाकर्षण बुझाएका थिए । त्यसको १२ दिनपछि आन्दोलनपक्ष र प्रतिष्ठान प्रशासनबीच ११ बुदे सहमति भएको भएको पनि सहमति कार्यान्वयन नभएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले माग पूरा नहुन्जेल आन्दोलनलाई निरन्तता दिने बताएका छन् । यस विषयमा प्रतिष्ठानका प्रशासनले भने अनविज्ञता प्रकट गरेको छ ।
