कोरोनाका कारण मौलिक पर्व छठ पर्व समेत प्रभावित

धरान÷ विगतका बर्षहरुमा छठ पर्व आउनुपूर्व अर्थात एक हप्ता अगाडि देखि नै तयारीमा सर्वसाधारण पूजाका लागि जुट्थे, खोला किनारामा सरसफाइसगै सजिसजाउ गर्थे तर यस बर्ष कोरोना महामारीका कारण सुनसरीको धरानमा भने बर्षेनी मनाउदै आएको सेउती र सर्दु खोला सुनसान थियो, कुनै सजिसजाउ थिएन ।
विगतका बर्षहरुमा धरानमा सबै समुदाय मिलेर साझा पर्वको रुपमा छठपर्व मनान्यो । खोला किनार झकीझकाउ बनाई हर्षोल्लासका साथ सूर्यलाई अर्घ दिई एक आपसमा शुभकामना आदानप्रदान गरेर छठ पर्व मनाइन्थ्यो । तर यस बर्ष भने कोरोनाका कारण सरकारले समेत सामुहिक रुपमा खोला, नदी तथा तलाउमा छठ पर्व मनाउन बन्देज लगाएसगै धरानमा यसको प्रभाव परेको थियो ।
विगतका बर्षहरुमा छठ पर्व समिति नै गठन गरेर व्यवस्थित रुपमा मनाउदै आएको छठपर्व यस बर्ष भने घरमै मनाएका थिए । जसका कारण खोला, , नदी तलाउमा झकाझकाउ थिएन । विगतका बर्षहरुमा एक हप्ता अगाडि नै तयारी शुरु हुने गरे पनि यस पटक भने कोरोनाको कारण बर्षेनी छठपर्व मनाउदै आएको सेउती खोला सुनसान रहेको धरान १५ सेउती खेला छेउका स्थानीय सुरज वास्फोरले बताउनुभयो ।
सेउती खोलामात्र हैन हैन धरानको सर्दु जलाधार् क्षेत्रमा समेत यस बर्ष कुनै तयारी थिएन, खोलामा कुनै सजिसजाउ थिएन । विगतमा खोलाको एक मिटर परैबाट सजिसजाउ गरेर खोलामा पूजा गर्नृ सर्वसाधारणको उल्लेख्य उपस्थित रहन्थ्यो । तर यस बर्ष भने सामुहिक रुपमा सर्दुमा छठ पर्व मनाउन माइकिङ्ग गरेर प्रचार प्रसार गरेकै कारण यस बर्षको छठपर्व सर्वसाधारणले घरघरमै मनाएको धरान १३ सर्दुखोला छेउका स्थानीय सूर्य न्यौपानेले बताउनुभयो
धरानमा पछिल्लो समय मधेशी समुदायमात्र हैन पहाडी समुदायले समेत साझा पर्वका रुपमा छठ पर्व मनाउन मनाउन थालेसंगै स्थानीय सरकार धरान उपमहानगरपालिकाले छठ पूजा व्यवस्थापन समिति नै गठन गरेर धुमधाम मनाउने गर्दथ्यो । तर् यस बर्ष कोरोना महामारीका कारण धरान उपमहानगरपालिकाले दशै तथा तिहारमा भीडभाड हुने स्थान मन्दिरमा सर्वसाधारणलाई पूजाआजा गर्न रोक लगाएको थियो भने छठमा समेत भीडभाड हुन नदिन घर घरमै मनाउन आग्रह गरेकै कारण खोला किनारमा सर्वसाधारणको उपस्थिति शून्य रहेको धरान उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष नरेश इवारमले बताउनुभयो ।

तपाईको प्रतिक्रिया