धरानमा रहेको एक मात्र सरकारी संस्थान–खानेपानी संस्थानलाई बोर्डमा लगेर तीन अर्ब २९ करोडको घोटाला गर्न पाइदैन, भ्रष्टहरुमाथि छानविन होस्, संस्थान मास्न पाइदैन भन्दै हिजो धरान उपमहानगरपालिका अगाडि ठूलो संख्यामा जम्मा भएका धरानबासीहरु । दीर्घकालीन खानेपानी व्यवस्थापन संघर्ष समितिका संयोजक हर्क साम्पाङ्ग राइको नेतृत्वमा जम्मा भएका धरानेहरुले एडिवीको असफल परियोजनाको विगतदेखि नै विरोध गर्दै आएका छन् । तर धरान उपमहानगरपालिकाले धरानेहरुको आवाज नसुनी आज २६ गते संस्थानलाई बोर्डमा गाभ्ने निर्णय गरेको छ ।

तस्विर ः धरान साप्ताहिक
