प्लटिङ जग्गामा खेति लगाउन शुरु

धरान÷ कार्तिक लामो समयदेखिको कोरोनाका कहरका कारण हरेक्ष क्षेत्र डावाडोल भएको छ । शिक्षा, स्वास्थ्य, व्यापार व्यवसायमात्र हैन घर जग्गा कारोवारमा समेत कोरोनाले प्रभाव पा¥यो ।
कोरोनाका कारण लामो समय भएको लकडाउन तथा कोरोना त्रासका कारण आर्थिक मन्दी भई घरजग्गा विक्री वितरण हुन नसकेको हो । तर कृषकहरुले भने यसको भरपुर सदुपयोग गरेका छन् ।
कोरोना प्रभाव र लमासमय भएको लकडाउनका कारण प्लटिङका जग्गा नविकेपछि सुनसरीका कृषकहरु भने प्लटिङ गरिएको जग्गामा बाली लगाएका छन् ।
सुनसरीको इटहरी,खनार,तरहरा, इनरुवा,झुम्कालगायतका स्थानमा गरिएको व्यवस्थित प्लटिङको जग्गा यो महामारीमा खरिद विक्री ठप्प भएको थियो । जग्गा विक्ने छाटकाट नदेखेपछि जिल्लाको विभिन्न स्थानमा गरिएको प्लटिङमा मौषम अनुसारको वाली लगाउन थालिएको हो । अहिले धान लगाउने समयमा समेत अधिकासं प्लटिङमा धान लगाएको देख्न सकिन्छ । जग्गामा खरिद गर्न ग्राहक नआएपछि धानवाली लागाएर आम्दानी लिने प्रयास गरेको इटहरी १२ खनारका सजनलाल सरदारले जानकारी दिनु भएको छ ।
२०६२÷०६३ सालको दोस्रो जनआन्दोलनपछि सुनसरीमा जग्गाको कारोबार बढेको थियो । सुनसरीको ५५ हजार हेक्टर जमिनमा बालीनाली लगाइन्छ जसमध्ये ५३ हजार ५ सयमा धानवाली लगाइने गरिएको कृषि ज्ञान केन्द्र सुनसरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया