गाजा, जंगली जनवार तथा पन्छीका सिङ, छाला र प्वाखसहित तीन जना प्रक्राउ

धरान, १० असार ः धरान २० विष्णुपादुकाबाट लागू औषध गाजा र वन्य जन्तु तथा पन्छीका सिंग, छाला र प्वाख टेम्पोमा राखेर ल्याउदै गरेको अवस्थामा धरान प्रहरीले प्रक्राउ गरेको छ ।
विष्णुपादुकाको एक्लेवर चौतारा छेउमा टेम्पोमा गाँजा र जंगली जनावर तथा पन्छीका सामाग्री बोकेर आउदै गरको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
प्रक्राउ पर्नेमा धरान ११ सिमाना चोकका २९ बर्षीय नन्दीमान राई, सहिदभूमी गाउपालिका १ छिन्ताङका १९ बर्षीय दिनेश भन्ने सविन राई र उदयपुरका कटारी नगरपालका वाड नं. २ का २० बर्षीय सागर राई रहेका छन् ।


यी मध्ये नन्दीमान राई टेम्पो चालक हुन । उनीहरुलाई हिजो साँझ करिब ६ बजेरित विष्णुपादुकाबाट धरान जाने सडकखण्डमा चादी बजारबाट धरानतर्फ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । को २ ह ५४४७ नम्बरको टेम्पोलाई शंका लागी चेकजाच गर्ने क्रममा यात्रु बस्ने सिट मुनि सेतो प्लाष्टिकमा प्याक गरेर राखेको अवस्थामा २ पोका २ सय ४५ ग्रामको गाँजा फेला परेको थियो । यस्तै, जंगली पंक्षी कालिजको कालो रंगको प्वाख १८ वटा, जंगली जनवार घोरलको सिंग ४ वटा, कस्तुरीको सिंग जस्तो देखिने छालासहित २ वटा सिंग पनि वरामद गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएससी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।
उनीहरुलाई लागू औषध र जंगली जनावरको अवैध ओसारपसारमा मुद्दा चलाउने प्रहरीले जनाएको छ । प्रक्राउ परेका उनीहरुलाई लागू औषध ओसारपसारम अदालतबाट म्याद थप गरिएको र बरामद गरिएको जंगली जनवारको सिंग, पंक्षीको प्वाख सहित कारबाहीको लागि सेक्टर वन कार्यालय पाचकन्या धरानमा बुझाइएको डिएसपी बस्नेतले बताउनुभयो ।

तपाईको प्रतिक्रिया