दन्तकाली माविको ६२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

धरान÷धरान १४ विजयपुरमा रहेको पञ्चायत (दन्तकाली) माविको ६२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार विद्यालय प्रांगरणमा भव्य रुपमा सम्पन्न भएको छ ।
वि.सं. २०१४ सालमा विजयपुरका समाजसेवी, पूर्व प्रशासक, बृद्धिजीवि एवम् सर्वसाधारणको पहलमा स्थापना भएको विद्यालयको बार्षिकोत्सवका अवसरमा विद्यालयका पूर्व प्रद्यानाधयापक, पूर्व शिक्षक, पूर्व विद्यार्थी, जग्गा दाता, स्थानीय समाजसेवी, अध्ययनरत विद्यार्थीहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो । विद्यालयमा विभिन्न शिक्षासेवीहरुले स्थापना गरिदिनु भएको १३ वटा छात्रवृत्ति कोषबाट १ सय विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो भने अन्य ६५ जना विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएवापत पुरस्कृत गरिएको थियो । विद्यालयमा छात्रवृत्ति कोष स्थापना गर्नुहुने १३ जना, विद्यालयमा विगतमा सेवा गर्ने ११ जना शिक्षकलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरिएको थियो भने कार्यरत शिक्षक श्रीप्रसाद कोइराला र सीतादेवी दाहाललाई बर्ष शिक्षक २०७५ घोषणा गरी नगद पुरस्कार सहित सम्मान गरिएको थियो । यसैगरी विजयपुरका समाजसेवी रवि खनाललाई अभिनन्दन गरिएको थियो ।


सो अवसरमा बोल्दै धरान उपमहानगर पालिकका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख उपसचिव रत्नबहादुर कटुवालले भन्नुभयो २०७४ सालमा सुनसरीकै सबै भन्दा बढी सिकाइ उपलब्धी हाँसिल गर्न दन्तकाली मावि सफल हुनुले विद्यालय धरानकै उत्कृष्ट विद्यालयमध्ये एक भएको छ । उहाँले विद्यालयको शैक्षिक, भौतिक पूर्वाधार क्रमश ः सुधार हुँदै गएको कारण विद्यार्थीको संख्यामा उल्लेख्य रुपमा बृद्धि भएको भन्दै विगतमा विद्यालयलाई हरतवरले सहयोग प्रदान गर्नुहुने महानुभावबाट आगामी दिनमा समेत सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रद्यानाध्यापक सीताराम कोइरालाले प्रगति विरण प्रस्तुत गर्नुभएको थियो । धरान उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, पब्लिक हाइस्कुलका प्रद्यानाध्यापक इन्द्रमोहन झा लगायतले समेत दन्तकाली माविले शैक्षिक गुणस्तर कायम राख्न खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक बालकृष्ण चौलागाइले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया