खाटी भ्रष्टालाई उन्मुक्ति
राजनीतिबाट विश्राम लिएर बस्या जय प्रकाश गुप्ताले एकपटक भन्या थे काँग्रेसले आफ्नालाई फसाउँछ, कम्निष्टले आफ्नालाई जोगाउँछ । गुप्ताले भन्या कुरा अहिले ठ्याक्कै पुग्या छ । त्यसै पनि एउटै पोखरीमा माछा कुनै पानीमा कुनै पाखामा त हुँदैनन् । कम्निष्टले आफ्नालाई कसरी जोगाउने भनेर भलिभाची जान्दछन् । अब हेरम न जसका नाममा वाल्वाटारको जग्गाको धनीपूर्जा छ त्यसलाई कम्निष्ट
सरकारले सर्लकै जोगाएर नयाँ किर्तिमान बनाएको छ । जग्गा बेच्न निर्देशन दिने माकुन्याउ, बाउराम, विष्णु पौड्यालहरु सर्लक्कै पानी माथिको ओभाना भएका छन् । उनलाई जग्गा फिर्ता गर्ने शर्तमा ओभानो बनाएको रे । निर्देशनको पालाना गर्दै हस्ताक्षर गर्नेचाहिँ दोषी रे । उनेरले नि हस्ताक्षर फिर्ता लिन्छु भने भने हुने कि नहुने ? विष्णु पौड्यालले वाल्वाटारको जग्गै धितो राखेर बैंकबाट ९० लाख निकाल्या छन् । त्यो पैसो कम्युनिस्टले नै तिर्दिने पक्का छ । काठमाण्डौमा गोडाचारेक महल भएका सुकुम्बाी नेता पौड्यालसँग त्यति विधि पैसो हुने कुरा पनि भएन । फेरि पौड्याल खाट्टी खप्रओका आदमी हुन् । आफना आदमीलाई त जोगाउनै प¥यो । कि कसो हौ ?
विकास गर्न निदाको रे
हिजो आज कम्निष्टका सांसदहरु संसदमा घ्वारघ्वार्ती निदाउन थाल्या छन् । ती सांसदहरु काम गर्दा गर्दा थाकेर निदाएका होलान् भनौ भने पनि फुट्टीभाङ्ग आजम्म केही गर्न सक्या छैनन् । फेरि त्यसरी किन निदाएका होलान् ? संसदभित्र छिरेर कुर्सीमा बस्यो कि घुर्न थालि हाल्छन । संसदलाई कुकुरको मासु बेच्ने ठाम भेर त्यसरी निदाएकालाई त पक्कै हैन होला ? बोकाको टाउको झुण्डयाएर कुकुरका मासु बेच्ने ठाम ससद हो भन्दै आएकाहरु अलि चनाखो त हुनै पर्नेै हो । आखिरी ती किन ठँस ठँस गर्दै घुर्दै सुत्छन् त ? घण्टाघरले बल्ल यसको राज पत्तो लगाएको छ । हाम्रा पर्धानमन्तरीले सुखी नेपाली समृद्ध नेपाल बनाउने जो सपना देख्नु भा’छ । त्यसैलाई पूरा गर्न उनीहरु यसरी निदाउने ग¥या हुन् । ननिदाइकन सपना देख्ने कुरा पनि भएन । निदाए पछि मात्र देश समृद्ध बनाउने सपना देख्न सकिन्छ । वित्थाँ सांसद निदाए भनेर मान्छेहरु स्यालले हुइøयाँ पिट्छन् । विचाराहरु अखिरी देश बनाउने र जनता समृद्ध बनाउने सपना देख्नै त निदाएका रै’छन् ।
अंगालो हाल्दैमा भाई बन्दैन
नेप्लिज लाँग्रेसका सभापति स्यालबहादुर यतिबेला थाप्लामा हात राखेर बस्या छन् । पर्तिपक्षी भएर नि केपी ओलीलाई भित्रैभित्रै सघाउदै आएका स्यालबहादुरले अब हात थाप्लामा राखेर फुइøयाँ हुन्छ । गधा धुएर गाई बन्दैन अँगालो हाल्दैमा कम्निष्ट भाई बन्दैनन् भन्ने कुराको ज्ञान स्यालबहादुरमा कहिल्यै आएन । यतिबेला खाँदै नखाएको विष गच्छदारलाई ओली काकाले लगाइद्या छन् । यतिका दिन सम्म खप्रओले जे जे निर्नय गरे त्यसैमा साथ दिँदै गए । वाइडवडीमा नि खप्रओलाई साथ दिए, ३३ केजी सुनमा नि खप्रओलाई साथ दिए, यति काण्डमा पनि ओलीलाई साथ दिए, न्यारो वडी काण्डमा पनि ओलीलाई साथ दिए । अहिले आएर आफ्नै मान्छेलाई ओली काकाले गर्धनमा दिएसी स्यालबहादुरका होस हवास उड्या छ । अब अख्तियारले काँग्रेसका अरु कुन कुन नेतालाई खप्रओकै निर्देशनमा जाँक्ने हो टुंगो छैन । फलानो फस्यो फलानोलाई फँसाइयो भन्दा नि कम्युनिस्ट रुपी काल पल्केकोमा डर मान्नुपनेै भएको छ ।
सरकार र अख्तियारले फ“सायो
काँग्रेका ल्याङ्गल्याङ्गे नेता शेखराउले भन्या सरकार र अख्तियार मिलेर काँग्रेस उपसभापति विजय गच्छदारलाई फँसाएको हो रे । साह«ै उत्तम कुरा गरे छन् । यति जाबो कुरा त काने काने पिच्चा खेल्ने बालबालिकाहरुलाइ पनि थाहा छ । कम्निष्टले साम्यवाद ल्याउन आफ्ना विरोधीहरुलई सिध्याउनु परेन ? सरकार र अख्तियार मिलेपछि के हुँदैन ? अब मुखले मात्र ट्याउँ ट्याउँ बोलेर रामायण पाठ नगरे हुन्छ । महाभारतको तयारी गर्नुपर्नै बेलामा रामायण पाठ गरेर काँग्रेस र काँग्रेसका नेताहरु साह«ै जोगिएलान जस्तो छैन । आफ्ना नन्दी, भृंगी, भूत, पिसाच, गण सबैलाई साथमा लिएर निस्कने बेला आयो । महाभारतको युद्ध गर्ने आँट छैन भने बेला न कुबेला रामायणका श्लोकहरु भट्याएर केही लछारपाटो लाग्नेवाला छैन । राजनीतिमा छक्का हान्न सक्नुपर्छ । छक्का हान्ने ल्याकत छैन भने बुढाकिलकण्ठे स्यालबहादुर जस्तै वाल्वाटारतिर साँझ विहान पाति बोकेर दर्शन गर्न गए अति उत्तम । कि कसो हौ ?
बेइमानहरुको खु“दो
नेपालाँ अब बेइमानहरुले लुकेर, थुुतुनो थुनेर, भागी भागी हिड्नुपर्ने दिन सिद्धिएको छ । बाह्र बर्षमा खोलो पनि फर्कन्छ भन्थे हो रै’छ । त्यसभन्दा अगाडि बेइमानहरु माने चोर, डाका, ठग, बलात्कारीहरुलाई कम्ता गाह«ो थिएन । मुख देखाएर हिडीसक्नु हुन्न थियो । पुलिसले भेट्टाए क¥याप्प अँठ्याएर लैजान्थ्यो । चिने जानेकाहरुले नानाथरिका कुरा काट्थे, थुक्थे । अब यी सबै कुराबाट उनीहरुले मुक्ति पाउने भएका छन् । बैंक लुट्दा लुट्दै अँठ्याए पनि लुटेको फिर्ता गरे कारबाही नहुने भएको छ । घुस्याहा कर्मचारीले घुस खाँदा खाँदै अठ्याए पनि घुस फिर्ता गरेपछि कारबाही नहुने भएको छ । अब अख्तियार काम विहीन होला जस्तो छ । यो उपलब्धी त्यसै प्राप्त भा’हैन । यसमा हाम्रा पर्धानमन्तरी खप्रओले बडो मेहनत गर्नु भा’छ । उहाँले वेइमानहरुको मर्म राम्रैसँग बुझ्नु भा’रैछ । नेकपाका महासचिव विष्णु पौडे्यालले वाल्वाटारको जग्गा फिर्ता गर्ने सर्तमा अख्यिारले मुद्दा नचलाउने निर्णय गर्नुको कारण आगामी दिनमा सबै बेइमानहरुले सजाय नपाउने नजिर स्थापित भएको छ । यसका लागि पर्धानमन्तरी धन्यवादका पात्र हुन् ।
वमजनले छक्याइदिए
बडो फाइफुइ गरेर नेपाल पुलिसका अधिकृत देखि जवासम्म महान तपस्वी रामबहादुर बमजनलाई गिराफ्तार गर्न सिन्ुधलीको वमजन आश्रममा पुगेपनि सबै ट्वा परेर फर्किएछन् । त्यस्ता ठूला तपस्वीलाई पनि कही अँठ्याउनु हुन्छ ? लोकले के भन्ला ? तपस्वी आनीहरुको बलात्कार गरेर हत्या गरेको, विदेशी महिलालाई बलात्कार गरेर हत्या गरेको, आफ्नै चेला चपेटाहरुलाई गायव बनाएको उजुरी परेपछि वमजनलाई गिराफ्तार गर्न पुग्या रै’छन् । एकछिन अगाडि सम्म देखिएका वमजन पुलिस पुग्दा अलप भएछन् । धुई पत्ताल खोज्दा नि वमजनलाई फेला पार्न सकेनछन् । फेला पार्ने कुरापनि भएन । तपस्वी भन्या तपस्वी हुन् । त्यसै फेला पर्छन् ? आधा दर्जन भन्दा बढीलाई बलात्कार गरेर सिध्याउँदा त प्रहरीले सुइँको सम्म पाएन । अहिले अरुले उजुरी दिएको भरमा अँठ्याउन जाने ?
लोकतन्त्र बलियो हु“ दैन
तापकरे तिवारी नत्र गोतामे चरित्र भएका राप्रपाका अध्येक्षे कमलाउ हिजो आज फेरि बर्बराउन थाल्या छ् । के निहुँ पाउँ कनिका बुक्याउँ भन्ने ताकमा बसेका कमलाउले अस्तिका दिन पूर्व अधिराजकुमारी प्रेक्षालाई बाबु आमाले दाइँजोमा दिएको घर अदालतले
सरकारलाई फिर्ता गर्नुपर्छ भनेर निर्नय गरे छ । कमलाउलाई यति भएसी’ मसला भै गयो । बाबु आमाले दाइँजोमा दिएको सम्पत्ति खोसेर लोकतन्त्र बलियो हुँदेन भनेर फलाकी हालेछन् । कमलाउलाई थाहै रै’नछ यहाँ लोकतन्त्र हैन
सरकार बलियो छ भनेर त्यसमाथि कमाउनिस्टको सरकार छ । वाल्वाटार सिध्याएसी प्रेरणाले दाइजोमा पाएको सम्पत्तितिर आँखा गाड्या थिए । अब अदालतले समेत बाटो खुला गरिदियो अब विस्तारै त्यो जग्गामा प्लटिङ्ग हुन्छ, बेचबिखन शुरु हुन्छ, चप्पले, सुकुम्बासी नेताका घर ठडिन्छन् । एकातिर सिद्धिएपछि अर्कोतिर व्यस्था गर्नै प¥यो । विचरा न्यायाधीशहरुले पनि सरकारको भावना विपरीत जान भएन । फेरि संसदा महाअभियोग प्रस्ताव ल्याएर सिध्यालान् भने त्रास कम्ता अप्ठेरो छ ? कमलाउले यो कुरा खै बुझ्या ?
अन्तेमा
पर्देश न. १ को नामलार्य लिएर यतिबेला मल्ल युद्ध शुरु भएको छ । हिउँदे अधिवेशन शुरु हुनासाथ नामांकन गर्ने भनेर ु मन्तरी शेरधन राईले बडो फुई हाक्या थिए । तर यतिबेला नामकै विषयमा उन्को अपानवायु छुट्या छ । २३ संगठन किराँत, लिम्बुवान खम्बुवान नराखे प्रर्देश न. १ मा आगो बाल्ने चेताउनी दिएर ज्ञापन पत्र बुझाइ सकेका छन् । आफ्नै पार्टी नेक्पाले मेची, कोशी, सगरमाथामध्ये एउटा
राख्नु भनेर उर्दी जारी गरेको छ । अब कस्का कुरा मानम भन्ने टेन्सिनमा प¥या छन् मुख मन्तरी । २३ संगठनको कुरा मानव भने आफ्नै पार्टीले जोर किक बजाउला भन्ने ज्ञास । केन्दकको कुरा मााम भने २३ संगठनले आगो बाल्ने त्रास । बडो घाँडो भयो विचरा मुख मन्तरीलाई । अहिलेसम्म बडो फूर्तिफार्ति गर्दै उद्घाटन र भाषन मात्र ठोक्दै हिड्या थिए । अब भने पेलानमा पर्लान जस्तो छ । यस्तै लैवरी ताल हो भने मुखमन्तरी शेरधन राईले हिउँदे अधिवेशनमा समेत पर्देश नं. १ को न्वारान गर्न सक्लान जस्तो छैन ।
