राजधानी÷विगतका बर्षहरुमा झैँ यस पटक पनि भारतीय राजदुतावास काठमाण्डौले भारतको ७१ औं गणतन्त्र दिवसको अवसरमा बीर नारी, एकल महिला, मृतक सैनिकका नातेदारहरुलाई आर्थिक सहयोग उपलब्ध गराउनुका साथै एम्बुलेन्स र बस हस्तान्तरण गरेको छ ।
भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा. अजय कुमारले एकजना वीर नारी, आठ जना एकल महिला, मृतक सैनिकका पाँचजना आफन्तलाई ५ करोड ९७ लाख नगद, कम्बल वितरण गर्नुभएको थियो । उहाँले नेपालका विभिन्न अस्पताल, गैह« नाफा मूलक परोपकारी सघ संस्थाहरु र शिक्षण संस्थालाई ३० वटा एम्बुलेन्स र ६ वटा बस समेत हस्तान्तरण गर्नुभएको थियो । यसका अलावा नेपालका सातै प्रदेशमा रहेका ५१ वटा पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक समेत प्रदान गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै कार्यवाहक राजदूत डा. अजय कुमारले भन्नुभयो नेपाल भारतको सम्बन्ध अत्यन्तै सुमधुर रहेको छ । दुई देशको सम्बन्धलाई थप उचाईमा पु¥याउने प्रतिबद्धता समेत उहाँले दोहो¥याउनु भयो । सन् २०१९ नेपाल र भारतका लागि उल्लेखनीय रहेको दोहो¥याउदै भारत र नेपालका प्रधानमन्त्रीले संयुक्त रुपमा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम लाइन,
विराटनगरको एकीकृत जाँच चौकी र भूकम्पपछि भारतको आर्थिक तथा प्राविधिक सहयोगमा बन्दै गरेको ५० हजार भुकम्प प्रतिरोधी घरहरुको भिडियो कन्फ्रेन्स मार्फत उद्घाटन र अवलोकन गरिएको बताउनुभयो ।
समारोहमा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन, मन्त्री परिषदका सदस्य, पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख, उद्योगी, समाजसेवी लगायको ठूलो उपस्थिति
रहेको थियो ।
