घण्टाघरबाट हेर्दा

नेकपामा गा“ड कोराकोर
दुई तिहाइको सरकारको धक्कु लगाउने पर्धानमन्तरी खप्रओ यतिबेला आफन्तकै टोकोसोले थला प¥या छन् । त्यो एमसिसी भन्ने माने मिलेनियम च्यालेन्ज कर्पोरेशन कहाँबाट छि¥यो पर्धानमन्तरीलाई भालुको कन्पटै भा’छ । यही एमसिसीले पार्टीभित्र गाँड कोराकोर भएको छ । गरिबी निवारणका लागि भनेर अम्रिकाले अरबौ रुपैये सित्तिमा दिन लाग्या छ तर नेकपाका लाल बुझक्कडहरुले त्यसलाई इन्डो प्यासिफिक स्टार्टेजी अन्तर्गत हो भन्दै कुनै हालतमा संसदबाट पास गराउनु हुँदैन भनेर कोकोहोलो मच्चाइरहेका छन् । पारित गरम आफन्त वैरी हुने नगरम त्यतिका रकम सित्तिमा पाएको त्यसै जाने । खप्रओ वा वडो दोधारमा प¥या छन् । के गरम के नगरम भा’छ विचरालाई । उता सभामुखको लफडा पनि त्यतिकै चर्किया चििर्कयै छ । पार्टीमा दुईटा अध्येक्षे हुनु पनि घाँडै
रै’छ । प्रचण्डाउ आफ्ना खेमालाई दिनुपर्छ भनेर डुक्री रा’छन् । खप्रओे ज्यान गए नि छाड्ने पक्षेमा छैनन् । बरु थपक्क तिनै शिवमाया तुम्बाहाम्फेलाई सभामुख बनाउनु नि । फुइøयाँको तानातान गर्नु ? कि कसो हौ ?
ट्रष्टको सम्पत्तिमा स्यालको रजाइ
मामाके घोडी मेरे हिही त्यसै भन्या होइन । अब हेरम न यतिबेला स्व. राजा वीरेन्द्रको सम्पत्तिलाई ट्रष्टमा ल्याएर राष्ट्रका लागि सदुपयोग गर्ने भनेर सरकारले नीति बनायो । बंशको सम्पत्ति त्यसैपनि आफन्तले पाउनु पर्ने हो । तै पनि वीरेन्द्रका वंशले खोजेनन् ।
वीरेन्द्रको सम्पत्ति ट्रष्टमा ल्याएर यतिबेला स्यालहरुले रजाई गरिरहेका छन् । ग्याम ग्याम माल लिएर कुनै सम्पत्ति यति समुहलाई द्या छन्, कुनै सम्पत्ति आफना छोरा छोरीलाई दाइजो सरह बाँडेका छन् । मुलुकै चिथोरेर हसुर्नेहरुले राजा वीरेन्द्रको सम्पत्ति के छोड्थे । स्यालहरुले श्री ६ को पगरी गुथेका छन् । बोल्यो कि पोल्यो । जसले बोल्यो त्यसलाई गोर्खे लौरी कस्न कानुन पनि त्यसैगरी धमाधम ल्याउँदै छन् । देशाँ श्री ६ को शासन राम्रैसँग चल्या छ । सुकेनास लागेर ख्याउटे स्यालहरु यतिबेला डम्म सुन्निएका छन् । जे होस मुलुक स्यालहरुकै रजाइँमा चल्या छ ।
उपरीमाथि थुपरी
सिंह दरबारमा बस्ने त विग्रिए विग्रिए सिंह दरबारबाहिर बस्नेहरुपनि चोखा र इमान्दार देखिएनन् । हुन त सरकारले त्यतिबेला सिंहदरबार गाउँ गाउँमा पुग्या छ भनेर फलाक्थ्यो । किन त्यसरी पलाक्या भनेर घण्टाघर यदा कदा सोच्थ्यो । गाँठी कुरा त अहिले पो पत्तो लाग्यो । सिंह दरबारका ठालुहरुले जस्तै मोज पर्दैश, स्थानीय तहमा नि गर्न पाउने भन्या रै’छ । अब हेरम न पर्देश २ का मन्तरीहरु यतिबेला घरमा गोडातीनेक गाडी राख्छन् । तिन्का ढर्रा सानो छैन । पर्देशको विकासका लागि फिटिक्क सिन्कोसम्म भाँच्दैनन् तर सेवा सुविधा सुख सयलमा कुनै कसर बाँकी राखेका छैनन् । हाम्रा बाबु बाजे भन्थे नपाउनेले केरा पायने बोक्रो नउधारी बजायो । तिनले बजाउनु भन्दा अर्को कुनै काम न गर्ने भए । बरु पर्देश र स्थानीय तहका सिंहदरबार काठमाण्डौतिरै फिर्ता गर्ने हो कि ? कमसेकम स्थानीय तह र पर्देशका जन्ताले चिथोरिनु पर्ने त थिएन ।
फेसबुकका दिनगन्ती
नेपलाँ अब फेसबुकेहरुका दिन गन्ती शुरु भा’छ । फेस बुकेहरुले कम्ता अत्याचार ग¥या थेनन् । सरकारका विरुद्धमा मन लाग्दी लेख्या छ, मन्तरी हरुको उठीबासै लगाएको छ । अति गर्नु अत्याचार नगर्नु भन्ने कुरा तिनले भुसुक्कै बिर्सिए । मन्तरी भन्या सानो मान्छे हैनन हौ गाँठे । तिन्ले तिन्लाई अंगालो मारेको पनि खिचिक्क पारेर हाल्द्या छ, आफैले रक्सी बोकेर गएर अर्काको कोठामा तन्काएर यसो छुवाछुट गर्दैको पनि छाडेको छैन । कमिशन खाएको, अरुले मन खुसी भएर दिएको पैसोको बारेमा समेत उत्तानोचित्त हुने गरेर देखाइद्या छ ।
सरकारले अहिले सम्म धन्न सहेको रै’छ । सहनुको पनि हद हुन्छ पछिले पटक नारदमुनी मन्त्रीलाई साह«ै जंग चलेछ । उन्ले अब बलात्कारीहरुलाई हुने सजाये भन्दा फेस बुकेहरुलाई बढी दिने कानुन ल्याएछन् । अबचाहिँ फेसबुकेहरु अलि हच्केलान् कि ? न हच्के जान्छन नि मामा घरतिर । कि कसो हौ ?
दह«ै थर्काएछन्
नेप्लिज लाँग्रेसका सभापति स्यालबहादुरलाई जिल्ला सभापतिहरुले काठमाण्डुमा दह्रै थर्काएछन् । आम्मामा स्यालबहादुर कस्ता उम्लिएका थिएनन् । पार्टीमा अरुलाई झिना मसिना ठान्ने आफूलाइ मोवेम्बो सम्झने स्यालबहादुर बल्ल हिजो आज लित्रिक्क प¥या छन् रे । नेप्लिज लाँग्रेसले भन्या आफ्नो एकलौटी बपौति हो भनेर कसैलाई गन्दै नगन्ने स्यालबहादुरलाई जिल्ला सभापतिहरुले साइजमा ल्याइकन छोडेछन् । आफ्ना दुई चार जना नन्दीभृंगी, टाटे पांग्रे, भान्सामा समेत पहुँच भएकाहरुले सन्काएर सनक्क भएका स्यालबहादुरले अब आफूले गरेका निर्नयहरु सच्याउने भएका छन् । नसच्याए पार्टीले दिएको निर्नय नमान्ने, आउदो १४ औ महाधिवेशनमा स्यालबहादुरको धोती खुस्काइ दिने जिल्ला सभापतिहरुले निर्नय गरेसी’ तिन्को सातो गएछ । जिल्ला सभापतिहरुलाई फकाउन बुढानिलकण्ठे दरबारमा दिवा भोज दिएछन् । आफूलाई भेलामा किन नबोलाएको भनेर दुखेसो पोखेछन् । धेरै उम्लदा पोखिनुपर्छ भन्ने कुरा स्यालबहादुरले अबचाहिँ बझे कि ?
पृथ्वीनारायणको फोटो
हैन हौ त्यो साझा पार्टीका नेताहरु पनि खुस्केछन् कि क्या हो ? जथाभावि निर्नयहरु गर्दै हिड्न थालेछन् । अब त हुँदाहुँदा नेपाली नोटमा पृथ्वीनाराण शाहको फोटो राख्नुपर्छ भनेर माग गरेछन् ।
नारदमुनि मन्तरीले थाहा पाए भने तिन्को पार्टीलाई नै प्रतिबन्ध लगाइदिन्छ । गनतन्त्र आएसी नेपाली नोटमा फोटोको ठाउँ नै खाली छ । पहिला पहिला राजाको फोटो हुन्थ्यो । अहिले खाली छ, । खाली ठाममा फोटो राख्न सिंहदरबारका सिंहहरुले मौका कुरिरहेका होलान्, शितल निवासतिरकाले योजना बनाउँदै होलान् । साझा पार्टीले यति जाबो कुरा बुझ्नु पर्दैन । त्यसै पृथ्वीनाराण शाहको फोटो राख्नुपर्छ भनेर बुरुक्क उफ्रिएर माग राख्नु त भएन नि । माग राख्न पाए भन्दैमा बेला न कुबेला नबुझी राख्नु छ हुँदैन थ्यो पृथ्वीनारायणण शाहका शालिक फुटाउनलेले उन्का फोटो नोटमा राख्छन् ? साझा पार्टीले आफ्नो माग सच्याउने हो कि ?
कालापानी लिजमा दिउ“ रे
गिर्जाउ पुत्री सुजोले अस्तिका दिन साह«ै राम्रो वात गरिछन् । आखिरी गिर्जाउ पुत्री न परे । राम्रो बात गर्न उनलाई नआउने कुरै भएन । सुजोको कुरा सोह«ैआना सही छ । वित्थामा बेकामे, भातमाराहरु सडकमा उफ्रन्छन् कालापानी, लिम्पियाधुरा, लिपुलेक हामो हो भनेर । कसैले होइन भनेकै छैन । अनि किन उफ्रनु ? जस्लाई जुन कुरा काम लाग्छ त्यसलाई त्यही दिनुपर्छ । हलो जोत्नेलाई कलम दिएर भुत्रो हुन्छ । गोठालालाई किताब दिएर पनि कही हुन्छ । जस्ले कालापानी, लिम्पियाधुरा, लिपुलेकको बुझेर प्रयोग ग¥या छ बरु त्यसलाई लिजमा दिँदा काइदा हुन्छ भनेर सुजोले बोलिछन् । लिजमा दिँदा माल पनि झर्ने, सिंहदरबारमा बसेकाहरु खुशी पनि हुने । दिम दिम लिजमै दिम ।
अन्तेमा
चाहिदो काम गर्न नसक्नेले नचाहिदो काम पनि नगर्नु नि † प्रदेश नं. १ को सरकारलाई पनि कहिलेकाही सनक चढ्छ कि क्या हो । अब प्रदेश न. १ मा फागुन १ देखि चुरोट र जंगफुट बन्द गर्न रे । तिनको सरकार चरोट, खैनी, जंगफुडको करबाट चल्या छ । तिन्ले गाडी, घोडा, आवास, तलब सबै त्यसैबाट पाइने करबाट चढ्या छन् । सडकमा खाल्डा पुर्न, पुल पुलेसा बनाउने, बेरोजगारीलाई रोजगारी दिने निर्नय कहिले गर्लान् ? खाली उट्पट्याङ निर्नय ग¥यो । मञ्चमै खैनी पड्काएर खाने पर्देशका मन्तरी हिक्मत कार्कीलाईचाहिँ खैनी प्रतिबन्धले अप्ठेरै पार्ला जस्तो छ । कहिले पर्देशका चालकहरुले भिन्नै कपडा लगाउनुपर्ने निर्नय गर्छ, कहिले के निर्नय गर्छ । काम पाइनस बुहारी पाडाको पिँध कन्या भनेझै । खाली दिमाग सैतानको घर भन्या यही हो विचाराहरुको काम छैन, खाएको पचाउनै प¥या छ । अनि गर्दैनन् त उट्पट्याङ निर्नय ?

तपाईको प्रतिक्रिया