आगमी मंसिर १४ को उपनिर्वाचनका लागि उमेद्वारी दर्ता

धरान÷ दलहरुले रिक्त रहेको धरान उपमहानगरपालिकाको प्रमुख र ७ नं. वडा अध्यक्षको उपनिर्वाचनका लागि आज उमेद्वारी दर्ता गरेका छन् ।
मुख्य ठूला दल नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस लगायत समाजवादी पार्टी, संघीय लिम्बुवान मञ्च लगायतका साना दल र स्वतन्त्र उमे्द्वार गरी २३ जनाले प्रमुख र ४ जनाले वडाध्यक्षको उमेदवारी दिएको धरान १५ स्थित निर्वाचन अधिकृतको कार्यालय जानकारी दिएको ।
निर्वाचन आयोगले साना दलका लागि विहान १०बजेदेखि १२ र ठूला दल नेका र नेकपाका लागि मध्यान्ह १२ बजे पछाडि उमेद्वारी दर्ताको समय तोकेको थियो । उमेद्वारी दर्ता समय अवधिमा २३ जना प्रमुख र ४ जना वडा अध्यक्षको उमद्वारी परेको निर्वाचन अधिकृतको कार्यालय धरानमा प्रमुख राधाकृष्ण मैनालीले जानकारी दिनुभयो । उहाले स्वच्छ, धाधलीरहित शान्तिपूर्ण निर्वाचन गराउन निर्वाचन कार्यालय प्रतिबद्ध रहेको बताउनुभयो ।


उमेद्वारी दर्ताका दलहरुले आ आफ्ना समर्थकलाई साथमा लिएर बाजागाजा र नाराजुलुससहित बजार परिक्रममा गर्दै निर्वाचन कार्यालय पुगेका थिए । नेपाली कांग्रेसले धरान १२ मा रहेका पब्लिक मावि र नेकपाले धरान २ सिंहदेवी चौकदेखि बाजागाजा र नाराबाजीसहितको ¥याली निकालेका थिए । अन्य साना दलहरुले समेत यसपटक विगतको भन्दा फरक परिस्थिति भएको भन्दै आफ्नो जित सुनिश्चित भएको बताएका थिए ।
उमेद्वारी दर्ता गर्न पुगेका नेकपाका उमेद्वार प्रकाश राईले स्व. तारा सुब्बाले ल्याएका योजनाहरु उहाको निधनपश्चात अधुरो रहेको र यसलाई पूरा गर्दै नयाँ योजनालाई समेत अगाडि बढाउन नेकपाका तर्फबाट उमेद्वारी दिएको बताउनुभयो ।
यता नेकपा भन्दा बलियो प्रतिष्पर्धीको रुपमा रहेका नेपाली कांग्रेसकातर्फबाट उमेद्वारी दिनुभएका तिलक राईले लामो समयदेखि वामहरुले धरान उपमहानगरपालिकाको बागडोर सम्हाले पनि धरानको समग्र विकास नभएका भन्दै काँग्रेसले यसपटक लालकिल्ला तोड्दै नया योजनाका साथ धरानको समग्र विकास गर्नकै लागि आफूले उमेद्वार दिएको बताउनुभयो ।
यता साना दलहरु समेत यसपटक उत्साहित देखिएका थिए । विगतमा नेकपाका सरकारले धरानको विकासमा केही नगरेको भन्दै यसपटक पार्टीलाई भन्दा पनि व्यक्तिलाई धरानेहरुले जिताउने बताएका थिए । संघीय लिम्बुवान मञ्चका तर्फबाट उमद्वारी दिनुभएका अमर इजमले पटक पटक जितेको नेकपाल धरानको विकासमा सिन्को नभाचेकोले यसपटक धराने जनताले परिवर्तन चाहका बताउनुभयो । यस्तै समाजवादीका तर्फबाट उमेद्वारी दिनुभएका गजेन्द्र इस्वोले धरानमा अहिलसम्म धार्मिक, सांस्कतिक, जातजातिलाई समेटेर लाने नेतृत्वको खाँचो भएकोे बताउदै आफूले जितेमा धरानको समग्र विकाससंगै सबैको धरानको सांस्कृतिक, धार्मिक पहिचानलाई जीवन्तता दिन अघि बढ्ने बताउनुभयो ।
स्व. तारा सुब्बाको मृगौलाको समस्याका कारण ०७५ साल साउन १ गते निधन भएको थियो भने सोही बर्ष ७ नंं वडाका वडा अध्यक्ष भुवन मोक्तानको निधन भएको थियो । यी दुई पदका लागि राष्टिय जनमुक्त्ती पार्टीका गोकर्ण राइ, संघीय लिम्बूवान मञ्च नेपालका अमर इजम, राप्रपाबाट रोशन विक, राप्रपा संयूक्तबाट कुमार बराइली, राप्रपा लोकतान्त्रिकबाट भीमबहादुर लिम्बू, साझा पार्टीबाट राजनकुमार श्रेष्ठ, नेपाली कांग्रेसबाट तिलक राइ, नेकपाबाट प्रकास राइ, नेकपा मालेबाट एकराज सुब्बा, समाजवादी पार्टीबाट गजेन्द्र इस्वो रहेका छन् भने स्वतन्त्र उमेदवारमा अमृतकुमार राइ, जनार्दन कोइराला, विशाल थापा, मनराज राइm हर्क साम्पाङ लगायत रहेका छन् । सर्वसाधारणहरु भने पार्टी भन्दा माथि उठेर स्थानीय, विकासप्रेमी व्यक्तिलाई जिताउने बताउदै आएका छन् ।

तपाईको प्रतिक्रिया