धरान÷ श्रीमति हत्या गरी फरार रहेका एक युवकलाई धरान प्रहरीले प्रक्राउ गरी कारबाही अगाडि बढाएको छ ।
घरायसी झगडाका कारण धान १५ खोरिया बस्तीका अर्जुन राईले बुधबार राति ८ः ३० बजे श्रीमतिर्का हत्या गरी फरार रहेका रहेका थिए । श्रीमति २३ बर्षीया जिना राईलाई खोरिया बस्तीमा निर्माणाधीन पुल मुनी ढुंगाले टाउको प्रहार गरी हत्या गरी फरार रहेका थिए ।
खबर पाउनासाथ प्रहरीले उनका खोजतलास गर्दा सोही राति ११ः २५ को समयमा बाझगरा सामुदायिव वन नजिक रहेको सेउती खोलामा लुकेर बसेका अवस्थामा प्रक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो ।
जिना र अर्जुृनले २०७० सालमा भागी विवाह गरेका थिए । उनीहरुका ५ बर्षीया एक छोरी समेत रहेका छन् । प्रक्राउ गरेका राईलाई ज्यान मारको उद्योगमा मुद्दा चलाइएको डिएसपी न्यौपानेले बताउनुभयो ।
