ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

मोरङ÷मोरङको सुनवर्षी नगरपालिका(९ भेडुवाथानमा आइतवार ट्याक्टरको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ ।
रंगेली डाईनिया सडक खण्डमा राती पौने १० बजे पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ५ प ११७८ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ आउँदै गरेको को २ त २३२० नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकल चालक भोजपुर घर भई हाल सुनवर्षी नगरपालिका(४ अमरदह बस्ने वर्ष ४५ को दिलिप कुमार बि.क. गम्भीर घाइते भई उपचारको लागि रंगेली अस्पताल पठाएकोमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । ठक्कर दिने ट्याक्टरलाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने ट्याक्टरका चालक फरार रहेकोले खोजीकार्य भईरहेको छ । मृतकको शव रंगेली अस्पतालमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया