धरान/विगतका बर्षहरुमा झै यस बर्ष पनि धरान ५ स्थित रहेको मिक कम्प्युटर प्रा.लि.ले निशुल्क शिक्षा प्रदान गर्ने भएको छ ।
२०५१ सालमा स्थापित यस प्रा.लिले हालसम्म ३५ औ हजार युवायुवतीहरुलाई कम्प्युटर क्षेत्रमा दक्ष बनाइसकेका छ । विगतदेखि नै आर्थिक अभावबाट बन्चित भएका युवायुवतीहरुलाई नि:शुल्क कम्प्युटर शिक्षा प्रदान गर्दै आइरहेको प्रा.लिले यस बर्ष समेत नि:शुल्क शिक्षा प्रदान गर्न लागेको हो । आगामी माघ ११ गतेदेखि ५ सय २५ जना गरिब विद्यार्थीहरुलाई पूर्ण नि:शुल्क रुपमा कम्प्युटर शिक्षा प्रदान गर्न लागिएको प्रा.लि.का प्रवन्ध निर्देशक राजकुमार थोप्राले जानकारी दिनुभयो ।
मिक कम्प्युटर प्रालिको प्राविधिक सहयोग र स्विट नेपालको आर्थिक सहयोगमा तीनमहिने वेसिक कोर्ष, हार्डवेयर, डिपिटी, डाटावेस, मल्टिमिडिया, ग्राफिक्स डिजाइन, वेव डिजाइन, सर्भर नेटवर्किङ्गमा नि:शुल्क कम्प्युटर सिकाउने प्रवन्ध निर्देशकको भनाई छ ।
उहाले नि:शुल्क शिक्षाका लागि फारम वितरण भइरहेको जानकारी दिदै छनौटबाट ५ सय २५ मा पर्न नसकेका विद्यार्थीहरुलाई ७५ प्रतिशत छुट
गरिने समेत जानकारी दिनुभयो ।
