धरान÷ दिनप्रतिदिन कुम्भ मेलाको महत्व बढ्दै गएको छ । विगतमा
भारतमा मात्र लाग्ने या मेला नेपालका भक्तजनहरु भारत नै जानुपर्ने बाध्यता थियो । तर नेपालका प्रथम जगदगुरु अनन्त श्री बाल सन्त मोहनशरण देवाचार्यले नेपालमै अर्ध कुम्भ र पूर्ण महाकुम्भको आयोजना थालेसंगै सर्वसाधारण हर्षित देखिएका छन् । कुम्भ मेला आयोजनाले चतराको गरिमा विश्वमै बढेर जाने उनीहरुका भनाई छ ।
अहिले बराहक्षेत्र नगरपालिकाका चतरामा चलिरहेको दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेलाको रौनकता बढ्दै गएको छ । देश तथा विदेशबाट भक्तजनहरु आउने क्रम जारी छ । कुम्भ मेलामा स्नान गरी पूजा पाठ गर्ने भक्तजनहरुको भीडले चतराको गरिमा अझ बढाएको छ । कुम्भ मेला शुरुवात गरेर ठूलो महत्वपूर्ण काम गरेकोप्रति बालसन्त मोहनशरण देवाचार्यलाई सर्वसाधारणले धन्यवाद समेत दिएका छन् ।
चैत्र २३ देखि ०७६ वैसाख २४ गते अर्थात एक महिना सुनसरीको प्राचीन हरिद्वार चतरामा चल्ने दोस्रो अर्ध महाकुम्भ मेलाले नेपालकामात्र हैन
भारत लगायत अन्य देशका हिन्दु धर्मप्रति आस्था राख्नेहरुका लागि खुशी कुरा भएको सर्वसाधारण बताउछन् । शुरुवातसंगै अझ यसलाई व्यवस्थित गर्दै लानुपर्ने भक्तजन विमल कोइराला बताउनुुहुन्छ ।
अर्धमहाकुम्भ मेला आयोजना
गरेकाप्रति गृहणीहरु समेत खुशी छन् । धरानबाट कुम्भ मेलाकको लागि आउनु भएकी निरुजा आचार्यले बालसन्तले शुरुवात गरेको यो कुम्भ मेलाले यस स्थानको महत्व अझ बढेर जाने बताउनुभयो ।
२०६८ सालदेखि शुरु गरिएको कुम्भ मेलाको शुरुवाती दिनमा केही कुरा सुधार गर्न बाकी रहेको भएपनि यसपटकका अर्धमहाकम्भमा स्थानीय, प्रदेश र संघीय सरकार लागि परेका कारण पूर्ण रुपमा व्यवस्थित छ । शौचालय, आवास, सुरक्षा, औषधोउपचार लगायतमा आयोजकले गम्भीरता देखाएको छ । अझ स्वास्थ्यमा पूर्वी पृतना मुख्यालय इटहरीबाट खटिएका नेपाली सेनाले महाकुम्भमा आउने भक्तजनहरुलाई सहज बनाएको छ । कुम्भ मेला प्रारम्भदखि नै भक्तजनहरुको स्वास्थ्य उपचार गर्दै आएको नेपाली सेनाले प्रत्येक दिन विभिन्न समस्या लिएर आएका ६० देखि ७० जनाको उपचार गर्ने गरेको उपचारमा खटिनु भएका सुवेदार मोहन आचार्यले बताउनुभयो ।
जे होस् एक महिनासम्म चल्ने यो कुम्भ मेला हरेक हिसाबले व्यवस्थित हुदै जादा यसको सन्देश समेत
सकारात्मक प्रवाह हुदै गएको छ । उद्घाटनका अवसरमा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले चतरालाई केन्द्रविन्दु बनाएर एक नं. प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने प्रदेश सरकारको लक्ष्य भएको कुरालाई सार्थकता बनाउन अब सरकारमात्र हैन, यहाका सर्वसाधारण, भक्तजन, सन्त महासन्त पनि त्यतिकै जागरुक भएर लाग्नु पर्ने बेला भएको छ । अनि मात्र एक नं. पं्रदेश धार्मिक पर्यटकीय क्षेत्र बन्ने कुरामा दुईमत छैन ।
