घण्टाघरबाट हेर्दा

बालकृष्ण र प्रश्नपत्र
पर्देश नं. २ मा यसपटकको एसईईको प्रश्नपत्र र बालकृष्ण ढुंगेल उस्तै उस्तै भएछन् ।  बेलै नभई बालकृष्ण ढुंगेल जेलबाट बाहिर आ’थे ।  पर्देश नं. २ मा एसईईको प्रश्नपत्र नि बेलै नभई बाहिर आएछ । हुन त बेलै नभई धेरै कुरा यस मुलुकाँ बाहिर आ’छन् । ढुंगेल जेलबाट फुत्त बाहिर आएसी फुलमाला लगाका थे । प्रश्न पत्रचाहिँ बाहिर आएसी विद्यार्थीहरुले उद्युमै मचाइदिए । ठामठाममा टायर झोसीदिए, मुखमन्त्रीको कार्जालय अगाडि ढुंगामुढा गर्दिए । एसईइएको परीक्षा केन्द्र माने संघले लिएको हो । केन्द्रले लिएसी प्रश्नपत्र फुत्त फुत्त बाहिर नआउने कुरै भएन । पर्दैश नं. २ का मुखमन्त्री मो. लालबाबु राउतले प्वाक्क भन्देछन् केन्द्रका शिक्षामन्तरी गिरिराजमणि पोख्रेलले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ । मुखमन्त्रीले त्यसो भनेसी’ पोख्रलेको कन्पारो रनक्क भएर नतात्ने कुरै भएन । उन्ले त मुखमन्तरीलाई मुख सम्हालेर बोल्न चेतावनी मात्र दिएनछन् ज्यान गए पनि मन्तरीबाट राजीनामा नदिने घोषणन गरे । लालबाबुलाई भलिभाँति थाहा छ नेक्पाका मन्तरीहरुमा सबै थोक हुन्छ र तर नैतिकता हुँदैन भन्ने कुरा । अब जुन कुरो हुँदैन त्यही कुरा गरेर
राजीनामा देउ भन्नु त अलि हजम भएन पनि । जे होस् यतिबेला पर्देश नं. २ का मुखमन्तरी र केन्द्रका शिक्षामन्तरी बीचमा थुतुने युद्ध चल्या छ । नेप्लिज जन्ताले धेरै दिनदेखि थुतुने युद्ध सुन्न पा’थेनन् । एसईईको प्रश्नपत्रले यो अवसिर जुराइद्या छ ।
लौन देशैभरि घन्काउनु प¥यो
लौन त्यो पशुपति शर्माको लुट्न सके लुट कान्छा–लुट्न सके लुट, अरु देशाँ पाइदैन नेपालमै हो छुट भन्ने गीत देशै भरि घन्काउनु प¥यो । सत्तापक्षे माने नेक्पाका नन्दीभृँगी, डकिनी, पिचासिनीहरु सबै सरकारी खर्चमा सगरमाथा आरोहणमा जाने भा’छन् ।  मामा के घोडी मेरे हिही भनेझै विचरा नन्ी, भृँगी, डांकिनी, पिचासिनीहरुलाई त के भन्नु र ? दिनेले दिएसी लिनेले लिएर हिड्छन् नै । नेक्पाका तिन्ले सगरमाथा चढ्नु र राज्यको ढुकुटी बीचमा केही न केही कनेक्सन चाहिँ छ हैन । त्यसै करोडै रुपैए खर्च गरेर पर्धानमन्तरी खप्रओबाले आफ्ना नन्दीभृंगीहरुलाई सगरमाथा आरोहरण गर्न त्यसै पक्कै पठाउन लागेका होइनन् । आफू पनि एक पैसा सरकारी ढुकुटीबाट नखाने र अरुलाई पनि नखुवाउने हाम्रा र्पानमन्तरीले भन्दै आएका छन् । वित्थाँ विक्षीहरुले तीललाई पहाड बनाउँछन् । आखिरी पर्धानमन्तरीले समेत नेपाल सुखी नेपाली बनाउन संकल्प जो लिएका छन् । त्यसै पशुपतिको गीत घन्काउनु प¥यो भनेर स्यालको हुइँया पिटाउनु त भएन नि †
कहिल्यै घट्दैन
विवेकशील साझा  पार्टीका अध्येक्षे रविन्द्रनाथ शर्माले अस्तिका दिन के ताइ न तुइको गफ ग¥या होलान् ? प्रचण्डाउ जस्ता मान्छेका बारेमा नि जे पायो त्यही बोल्न त भएन नि ? अस्तिका दिन शर्माले प्रचण्डको आम्दानी अनुसार उनलाई नेपालमै उपचार गर्न धौ धौ पर्छ तर अमेरिका सिंगापुर कसरी जान्छन् उपचार गराउन भनेछन् । विचरो शर्मालाई के थाहा प्रचण्डाउसँग तीन तोला सुन र एक कट्टा जग्गा जुन छ त्यो तिलस्मी हो । जति चलाए पनि, जति बेचे नि त्यो कहिल्यै सिद्धिदैन । तीन तोला सुन र एक कट्ठा जग्गा जति बेच्दा नि कहिल्यै नसकिने, झन झन बढिरहने भनेर सोध्दा केटा केटीले नि प्रचण्डाउको भन्छन् । यस्तो तिलस्पी सम्पत्ति भएका मान्छेका बारेमा अन्टेसन्टे त भन्नु भएन नि । यसो बोल्दा नि ख्याल पु¥याएर बोल्नुपर्छ । थुतुनो छ भन्दैमा जथाभावि प्वाक्क बोल्न त भएन पनि ।
दह«ै माल पड्काएछन्
नेप्लिज लाँग्रेसका भडुवा नेता भनेर चिनिएका जनकपुरे कायस्थ विमलेन्द्र निधिले अस्तिका दिन नेपालमा राजसंस्था र हिन्दु राष्ट्र कहिल्यै हुँदैन भनेर फलाकेछन् । तिन्ले नि मुनको गहुँत पिउन भ्याएछन् कि क्या हो । त्यही गुहँतको असरले नेकपाका  नेताहरु बर्बराउदै हिड्छन् । बाछिटाचाहिँ निधिको मुखमा पनि परे जस्तो छ । महिन्द्र नारायण निधिको नाममा विरासतको राजनीति गर्ने निधिले पश्चिममाहरुबाट राम्रै माल पड्काएको पहिला पहिला गाइगुई नचल्या होइन । अबचाहिँ घण्टाघरलाई नि विश्वास भयो । नमकको सोझो त गर्नैप¥यो । नमक हलाल भयो भने फेरि फेरि बजाउन पाइदैन । मुनको गुहँतको बाछिटाले नेपालमा गर्नुसम्म ग¥यो । क्या शक्तिशाली रै’छ त्यो गहुँत । मै हुँ भन्ने शेरखानहरु पनि नतमस्तक ।
हा“स्य व्यङ्यमा लगानी
बडो तामझामका साथ नेपालमा अस्तिका दिन यस बर्षको लगानी सम्मेलन सिद्धिएको छ । सरर्काले धेरै क्षेत्रमा लगानी गर्न सम्मेलनमा आएकाहरुलाई प्रस्ताव ग¥यो । सम्मेलन घनिभूत रुपमै  चल्यो ।  दातारुलाई फकाउन हाम्रा पर्धानमन्तरीले नेपाललाई भर्जिन ब्राण्ड समेत भन्दिए । भित्रभित्रै के भा’छ भन्ने कुरा विचरा दाताहरुलाई के थाहा ? नेपालमा लगानी गर्न दाताहरु इच्छुक भएछन् । सबै भन्दा बढी सम्भावनाको क्षेत्र भन्या हास्यव्यंग्य क्षेत्र भनेर उनेरले पहिचान गरेछन् ।
सरकारको पवक्ताले बडो गजक्क परेर , फलेल भएर पत्रकार सम्मेलन नै गरेर गौरवका साथ जानकारी दिएछन् । लगानी सम्मेलन अत्यन्तै सफल भयो । दाताहरु हास्यव्यंग्य क्षेत्र लगानी गर्न राजी हुनुभयो रे । हा..हा…हा… । हास्य व्यंग्य क्षेत्रमा लगानी गर्दा त्यस्तो उद्योग फस्टाउने लगानी कर्ताहरुले नि भेउ पाएछन् । आश्वासन क्ष्ोत्रमा लगानी गर्न पनि उनेरु राजी भा’छन् रे । जे होस् लगानी सम्मेलन सोचेभन्दा बढी सफल भएको छ ।
मेधशीले बर्बाद गरे रे
स्वास्थ्येमन्त्री उपिन्द्र जादवले भन्या मधेशलाई बर्बाद गर्ने मधेशी नेताहरु नै हुन् रे । हुन त सर्पको खुट्टा सर्पले नै देख्छ अरुले ज्यान गए पनि देख्दैनन् । अस्तिका दिन उपिन्द्र जादवले प्वाक्क बोलेसी मधेशी नेताहरु आगो भा’छन् । मधेशमा सबैभन्दा बढी आन्दोलन गर्ने मधेशी नेतामा उपिन्द्र जादव नै एक नम्बरमा पर्छन । त्यसपछि ताइन तुइका, दम हराउदैै गएका राजीन्दर महतो, महन्त ठाकुर लगायत नै हुन् । छिसिक्क केही भयो कि राजमार्गमा मुढा तेस्र्यायो आन्दोलन थालिहाल्यो । सधै आन्दोलन गरेसी मधेश बर्बाद हुने नै भयो । कहिले
राजधानीबासीको दानापानी बन्द गर्दिन्छु भनेर स्वाट्ट धोति उचाल्यो, कहिले सीमामा गएर धोति सुर्केर बस्यो । यसो गरेसी’ मधेश बर्बाद नभएर के आवाद हुन्छ त ? बल्ल उपिन्द्र जादवको चाहिँ घैटोमा घाम लागेजस्तो छ । सत्तामा बसेर चाट्न पाउन्ज्याल होला ? सत्ताबाट हँटेसी तिन्का मथिंगलमा आन्दोलनको भामरी खनिहाल्छ । कि कसो हौ ?
जति गाली ग¥यो त्यति समृद्
नेपालका कम्युनिष्टहरुलाई एउटा कुरामाचाहिँ मान्नैपर्छ । जस्तोसुकै असत्य कुरालाई नि उनेरु सत्य बनाइदिन्छन् । विश्वास नै नभएको कुरामा पनि विश्वास गरुँ गरुँ बनाइदिन्छन् । पछिल्लो पटक हाम्रा पर्धानमन्तरीले सबै भन्दा बुझेको कुराचाहिँ नेप्लिज लाँग्रेसलाई जति गाली गर्न सक्यो  त्यति नै छिटो नेपालको समृद्धि आउँछ । अस्तिका दिन पर्धानमन्तरीले एक ठाउँमा भाषन ठोके । उन्ले भने कठै नेप्लिज लाँग्रेस । लुँडोको खेलमा ९९ सम्म सिडी चढेको थियो सर्पको मुखमा परेर स्वाट्टै २ मा झ¥यो रे । विचरालाई लुँडोको ९९ बाट झर्दा १३ मा पुग्छ भन्ने थाहा रै’नछ । तर पर्धानमन्तरीका कार्जेकर्ताहरुले पिरीरी थपडी बजाए । डल्लो परुन्ज्याल पेट मिची मिची हाँसे  तर कसैले नि लुँडो ल्याएर ९९ बाट झर्दा कति अंकमा पुग्छ भनेर हेरनन् । जे होस् कार्जेकर्ता भन्या खप्रओका जस्तै हुनुपर्छ । नेताले जे बोले नि ताली पड्काइ हाल्ने । कि कसो हौ ?
अन्तेमा
नेपालमा फेरि परिवर्तन हुन्छ भनेर एकथरी बढो फूर्तिका साथ गफ गर्दै हिड्ने झिना मसिना नेताहरु देख्दा घण्टाघरलाई आश्चर्य लाग्या छ । अब नेपालमा कसरी परिवर्तन आउँछ ? गरिवहरु सडका निस्कने हिम्मत गर्दैनन् । मध्यम वर्गहरुलाई फुर्सदै छैन । धनीहरुलाई परिवर्तनको जरुरत नै पर्दैन । त्यसै हावामा परिवर्तन हुन्छ भनेर गफ चुटेर हुन्छ ? डिग्री हातमा लिएका युवाहरु रातभरि लाइन लागेर खाडी मुलुक जान्छन्, नेपालका सांसद भर्खर एसईई दिन्छन् । अनि कताबाट परिवर्तन आउनु ?

तपाईको प्रतिक्रिया