घण्टाघरबाट हेर्दा

रोइ कराई
पहिला पहिला प्रचण्डाउको नाम सुन्नासाथ नेप्लिज जन्ताको मुटुमा ढ्यांग्रो बज्थ्यो । विस्तारै नेप्लिज जन्ताले जुँगा मुठे, कुम हल्लाएर बोल्ने प्रचण्डाउलाई देखे त्यसपछि उनको नामसँग कसैले वास्तै गर्देनन् ।
विचरालई आफन्तले पनि छोडिदिए, पार्टी पनि धुलो धुलो बनाइदिए अन्तेमा विचरा झालेमालेतिर लुरुलुरु छिरे । अहिले झालेमालेका दोस्रा अध्येक्षे छन् क्यारे । समये बलवान हुन्छ भन्थे हो रै’छ । त्यसबेलाका आगो खाएर अंगार विस्ट्याउने प्रचण्डाउ यतिबेला सेलाएरठण्डा भएका छन् । अब तिनै ठण्डा भएका प्रचण्डाउलाइ अहिलेका जल्लाबल्दा नेक्पाका सुप्रिमोले मलाई मार्ने धम्की दिए भनेर विचरा लुगलुग काँप्न थाल्या छन् । मलाई मार्ने भए लौन भन्दै सबैसँग हार गुहार गर्दै हिड्न थाल्या छन् । पहिलो लिष्टाँ मेरो नाम राख्या छन् रे भनेर विचरा रोइकराई गरिराछन् । राज्येले नि तिनलाई सुरक्षे गर्नु भनेर तीनकोरी प्रहरी दायाँ बायाँ लगाइद्या छ रे । प्रचण्डाउको हार गुहारलाई नेप्लिज जन्ताले मजाक बनाइद्या छन् । विचराले यसो सहानुभूति पाइएला कि भनेर सुनाउँदैे हिड्या थे लाष्टाँ त सबै खुच्चिङ्ग पो भन्छन् त वा † नरोउ प्रचण्डाउ नरोउ † जैसी करनी वैरी भरनी †
तेसो अध्यक्षको संकेत
पर्धानमन्तरी खप्रओ वाले नेक्पामा तेस्रो अध्येक्षे बनाउने संकेत द्या छन् । दुई तिहाई वहुमतको सरकार भएसी’अध्यक्षेले तीनवटा चाहिनु स्वभाविक हो । यसका लागि खप्रओले तयारी थालिसक्या छन् । सिके राउतसँग ११ बुँदे सहमति गरेसी खप्रओलीले गजक्क परेर भन्या थे सिके राउत प्रचण्डाउजस्तै खुशी भएका मान्छे हुन् । उनी वैज्ञानिक हुन् । यस्ता ठूला विद्वानलाइ राजनीतिको मूलधारमा ल्याउनु चानचुने कुरा हैन । उता नेकपाका अर्का नेता माने सेकेन्ड अध्येक्षे प्रचण्डाउलेचाहिँ खिस्रिक्क अनुहार बनाएछन् । विचराको चित्त कटकटी दुखेछ । म जस्तै भनेर नभन्द्या भए हुन्यो भनेर आफ्ना आसेपासेलाई सुनाएछन् । खप्रओको भित्री योजना प्रचण्डाउलाई के मालुम ? कम पढेका भए नि खप्रओ वा राजनीतिका चतुर खेलाडी हुन भन्ने कुरा प्रचण्डाउलाई थाहा हुने कुरो नि भएन । प्रचण्डाउ जस्तै भन्या सिकेलाई तेस्रो अध्यक्ष बनाइदैछ्न भन्ने तिन्ले अहिलेसम्म बुझ्या छैनन् ।
राजपालाई ठेगान
राजपाले अहिले आएर आÏनो हैसियत थाहा पाए जस्तो छ । सरकालाई समर्थन गरे नि सरकारमा सामेल हुन नपाएर भित्रभित्रै लडीबुडी खेल्दै आएको राजपाको बारम्बारको कर करबाट आजित भएर पर्धानमन्तरी खप्रओले गज्जबको आइडिया लगाएछन् । नलगाएर नि के गर्नु कहिले रेशम चौधरीलाई सांसदको सपथ नगराए सरकारलाइ देको समर्थन फिर्ता लिन्छुम भन्छन्, अदालतले जन्मकैद गरेका चौधरीलाई छोड नत्र समर्थन फिर्ता लिन्छुम भन्छन् । कहिले के अत्तो थाप्छन् कहिले के अत्तो थाप्छन्  कहिले काठमाण्डौको दानापानी बन्द गर्दिन्छम भन्छन्, कहिले मधेशमा आन्दोलनको आँधीवेहरी ल्याइदिन्छु भन्छन् । ए बाबा † धेरै जिस्क्यायो भने लाटा गाँडालाई त रिस उठ्छ, कन्सिरी रनक्क रन्केर आउँछ । खप्रओ त पर्धानमन्तरी पो परे त । उन्ले सिकेसँग सहमति गरेर तराईतिर पठाइदिएछन् । तराईमा सिकेको वाह–वाही देखेर
राजपाका अध्यक्षे राजीन्दर महतो विरामी नै प¥या छन् रे । खप्रओ वाले आइडिया छ लाकै हुन । मान्नुपर्छ वा †
काजीको बकबक
नेप्लिज लाँग्रेसलाई आर्यघाटको घाटे वैध कहाँ सुताएर वैमौसमी बाजा बजाउदै हिड्या स्यालबहादुरको बक बकले सबैलाई आश्चर्य बनाइद्या छ । मान्छे बुढो भएसी’ सुर हराउँछ भन्ने हो रै’छ । सिके राउतसँग खप्रअ‍ेबाले सम्झौता गरेसी कडै वक्तव्य निकाल्लान स्यालबहादुरले भन्या त त्यस्तो ज्यान गए पनि गरेनन् । नेत्रविक्रम चन्दको पार्टीलाई प्रतिबन्ध लगाउँदा अबचाहिँ स्यालबहादुरले कडै वक्तव्य निकाल्लान भनेको त्यो नि गरेनन् । नेपाललाई हिन्दु राष्ट्र घोषना गर्नुपर्छ भनेर पार्टीभित्रै आवाज उठेको
छ । त्यसलाई समर्थन गर्लान भन्या त्यो नि गरेनन् । उल्टै सिके राउतसँगको सम्झौतालाई स्वागत गरे, चन्दको सवालमा नि खप्रओकै सरकारलाई समर्थन गर्दिए, हिन्दु धर्मको सवालमा त उन्ले त्यसै गरिदिए । स्यालबहादरको महिमा बुझी नसक्नुको भा’छ । वाइडवडीमा गतिलै माल स्यालबहादुरले पड्काएका छन् भनेर बजार हल्ला चल्या छ हो कि क्याहो ? खप्रओका सबै कामको स्वागत गर्ने हो भने पर्तिपक्षे दल नि चहिया थ्यो ? लौन स्यालबहादुरलाई निन्द्रबाट व्युझाई दिनुप¥यो ।
नेताका विरुद्ध बोल्न हुन्न
गनतन्त्र नेपालमा कमाउनिस्टको सरकार छ भन्ने कुरा त सबैलाई थाहै
छ । अब सबैले आफ्नो थुतुनो जोगाएर बस्नुपर्ने भएको छ ।  दायाँ बायाँ भएर बोली चिप्लियो भने वित्याँसै पर्न सक्छ । अब हेरम न प्रचण्डाउलाई विप्लवले खै के जाति भन्या थे अहिले तिनका भाते संगठनले पत्रकारलाई चेतावनी पो दिन थाल्या छन् रे । रवि लामिछानेले नेक्पाको भातृ संगठन युवा संघले दह«ै चेतावनी दिएछ । उता काँग्रेसको बुई चढेर नानाभाँतिका नाटक गरेर भरतपुर महानगरपालिकाको मेयर जिताएकी रेणु दाहालले त पागलै भनिछन् । घण्टाघर बडो अलमल्लामा प¥या छ । भाते संगठनहरु नेताको संरक्षण गर्ने हो कि पार्टीको संठन गर्ने हो ? हुन त नेताहरु संविधान भन्दा माथि हुन्छन् । संविधान उनेरले नै बनाएका हुन् क्यारे । यो भन्दा अगाडि पशुपति शर्मालाई नि धम्की देकै हुन् । अब नेताहरुका बारेमा बोल्दा सोचम है ? आगे आ–आफ्नै मर्जी ।
हावा बाउराम
हैन हौ कम्निष्टका नेताहरुले हावा नबोल्दा हुँदैन ? कि हावा बोल्नेहरु मात्र कम्निष्टका नेता बन्छन् हँ ? वडो कन्Ïयुज भयो  पर्धानमन्तरीलाई हे¥यो हावै बोल्या छन्, प्रचण्डाउलाई हे¥यो हावै बोल्या
छन् । नेतामत्र होइन कार्जेकर्ताहरु नि हावा हावै बोल्छन् । हावा र कम्निष्टका नेताहरुमा गतिलै कनेक्सन होला जस्तो छ । नत्र किन हावा बेल्थे । अब त हुँदा हुँदा कम्निष्ट माने माउवादी छोड्र हिड्या बाउराम बाजे पनि हावै बोल्न थाल्या छन् । अब त हावा नबोल्लान्, सुध्रे होलान भन्या त के हुन्थ्यो ? बाह्र बर्षसम्म कुकुुको पुच्छर ढुंग्रामा जाके पनि टेडाको टेडो भनेझै । अस्तिका दिन सबैतिरबाट डोट्याङ्ग खाका बाउरामले भन्या एनसेलबाट प्रचण्डाउले अरबौ रुपैये खाएको हुनाले आफूले पार्टी छोडेको रे । कस्ता हुस्सु रै’छन् । प्रचण्डाउले त्यत्रो खाएको थाहा पाएसी के भद्रो हेरेर बस्या त ? यसो आधाउधी माग्नु पर्दैन ? नेपालाँ राजनीति गर्नु भनेकै कमाउनलाई
हो । जोगी बन्न राजनीति ग¥या हो
र ? पार्टी नै छाडेर हिडेसी’ प्रचण्डाउको झन खुँदो पल्टियो । विरोध गर्ने कोही भएनन् । हुन त तराजुमा हालेर जोख्ने हो भने दुवै घटीबढी छैनन् । अनि वित्थामा किन चिच्याउनु प्रचण्डाउले खाए खाए भनेर ? जस्तो आँगन त्यस्तै नाच्नु पर्दन ? हुस्सु बाउराउ ।
माछामाछो भ्यागुतो
ताप्लेजुङ्गे एक लन्ठतिराम सांसद यसपटक पनि हिस्स पर्ने भएका छन् ।
रविन्द्र अधिकारीको अपुताली खाम्ला भनेर शक्ति केन्द्र धाउँदै गरेका ती लन्ठुतिराज सांसदलाई पर्धानमन्तरी बाले यसपालि पनि माछो माछो गर्दै भ्यागुतो देखाइदिने भा’छन् । चुनाउका बेला तपाईहरु चुनाउ जिताइदिनुस मन्त्री बनाउने काम मेरो भनेर खप्रओबाले के भनेका थिए तिन्ले त साँच्चिकै पो सम्झेछन् । साँचो र ख्याल ठट्टा समेत राम्रोसंग केलाउन नसक्ने लन्ठुतिटराजलाई पर्यटन मन्त्री बनाएर खप्रओ बा आफ्नो विरोध गर्नेलाई किन अगाडि सार्थे ? अस्तिका दिन मात्र केपी ओली सरकार बद्नाम भइसक्यो सरकारको आयु धेरै छैन भनेर जोशमा होस गुमाएर बोल्ने तिनै लन्ठुतिराज सांसद हैनन् । अरुले पर्यटन मन्त्रालयको जिम्मेवारी दिम न त साह«ै हत्ते ग¥या छ भनेर खप्रओ बालाई कान फुक्दा नि तिन्ले मान्दै मानेनन् ।
अन्तेमा
प्रचण्डाउ श्रीमति लिएर अम्रिकातिर हान्निएछन् । उनीसँगै छोरी ज्वाइँ पनि गा’छन् रे । विचाराकी श्रमति विरामी छिन् । नेपालका लैवरी डाक्टरहरुले निको पार्नेै सकेनन् । श्रीमतिलाई अम्रिकासम्म लगेर उपचार गराउने खर्चचाहिँ कहाँबाट जुटाए कुन्नि ? सम्पत्ति
विवरणमा त एक कट्ठा जग्गा र तीन तोला सुन मात्र थियो । अम्रिका जाते, आते, औषधि किन्तेमा लाखौ रुपैया खर्च हुन्छ । कहाँबाट जुगाड गरे होलान त्यतिका पैसा ? अम्रिकाले निःशुल्क गर्दिया त होइन होला ? श्री सम्पति पनि उस्तो विधी छैन । नेपालका छुल्याहाहरु तिनै हुन् । अम्रिका पुगेर उपचार गरेर आउने खर्च कहाँबाट आयो भनेर सोध्लान् । एकातिर श्रीमति विरामी अर्कातिर पत्रकाहरुले स्रोत खोज्ने सम्भावना विचरालाई टेन्सिन पनि कति हो ? अरु भए उहिल्यै बर्बराएर हिडिसक्थे होलान । धन्नका प्रचण्डाउ रै’छन् ।

तपाईको प्रतिक्रिया