मृगौला पीडितलाई सहयोग

धरान÷धरान ७ का मृगौला पीडित ४९ बर्षीय कर्ण मगरलाई धरान १५का स्थानीयहरुले रकम संकलन गरेर सहयोग गरेका छन् ।
पीडित मगरलाई धरान १५ सुनमार्ग मार्ग र दशरथ पथका स्थानीयहरुले संकलन गरेको ५४ हजार ५ सय ४५ रुपैर्या घरमै गएर सोमबार सहयोग गरेका
हुन् ।
मगरको अवस्था दिनप्रतिदिन विग्रदै गएपछि सुनगाभा मार्ग र दशरथ पथका युवाहरु रकम संकलनमा जुटेका थिए । स्थानीय अरुण राईको नेतृत्वमा टोलका मनबहादुर आले, भीम लिम्बु, बद्री निरौला र राजन खड्काले गाउमा रकम संकलन गरेका हुन् ।
थोरै भएपनि उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले संकलित रकम पीडित मगरलाई सहयोग गरेको टोलका स्थानीय राजन खड्काले बताए ।
कर्ण कुक सञ्चालन गर्दै आएका उनी विगत १० बर्ष भन्दा अगाडिदेखि सामाजिक संस्कार विवाह, ब्रतबन्ध, गुन्युचोली तथा मरिमराउका समयमा बोलाएको स्थानमा गएर कुकको काम गर्र्थे े भने फुर्सदको समयमा धरान ७ र १५ वरिपरि चटपटे बेच्ने बेचेर गुजारा चलाउने गर्दथे । दुई बर्ष भन्दा लामो समयदेखि उच्च रक्तचापबाट पीडित मगरलाई मंसिरदेखिमात्र मृगौलाबाट पीडित भएको थाहा भएको उनी बताउछन् । असोजदेखि भने मृगौलाको अवस्था दिनप्रतिदिन विगदै गएको उनी बताउछन् । अहिले उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा महिनामा दुई पटक डाइलासिस गरिने गरिएको पीडितकी श्रीमति अञ्जु तामाङ्ग मगरले बताइन् । परिवारको मुख्य अभिभावक नै विरामी भएपछि अहिले घर परिवार चलाउन नै मुस्किल भएको उनी बताउछिन् । उनले श्रीमानको स्वास्थ्यका लागि मृगौला प्रत्यारोपणमा सबै कुरा मिले आफ्नो मृगौला दिने समेत बताइन् । हालसम्म ६० हजार भन्दा बढी खर्च भइसकेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया