सिटी कलेजका ६० जना विद्यार्थी दार्जिलिङ्ग सिक्किम भ्रमणमा

धरान/हिउदा लागेपछि धरानका शैक्षिक संस्थाहरु आफ्ना विद्यार्थीहरुलाई नेपाल लगायत भारतका विभिन्न स्थानहरुको अवलोकन भ्रमणमा पठाउने एक प्रकारको प्रतिष्पर्धा विगतदेखि नै देखिने गरेको छ ।
विद्यार्थीहरु पनि नेपाल र भारतका दुर दराजका स्थानको भ्रमण गर्न लालयित देखिन्छन् । यसैक्रममा धरान १२ स्थत
रहेको धरान सिटी कलेजका विद्यार्थीहरु यही मंसिर २४ गतेदेखि ५ दिने शैक्षिक भ्रमणमा भारतको दार्जिलिङ्ग र सिक्कम प्रस्थान गरेका छन् ।
अमना टुर एण्ड ट्राभल्सबाट सिटी कलेजका ६०जना विद्यार्थीहरुले सिक्किम भ्रमण अवसरमा भारत–चीन सीमावर्ती क्षेत्र नाथुला बोर्डर, छांगुलेक, चारधामसाग त्यहााको जडीबुटी सम्बन्धी अवलोकन गर्ने ट्राभल्सका सञ्चालक अलिम अन्सारी
(सत्रुघन) ले जानकारी दिनुभयो । दार्जिलिङ्गमा समेत विद्यार्थीहरुले टाइगर हिल, पहाडी चिया वगानको अवलोकन, चौरस्ता, तेन्जिङ्ग पार्क आदिको अवलोकन गर्ने र भ्रमणमा विविएस तेस्रो बर्षका विद्यार्थी रहने सञ्चालक अन्सारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया