धरान, १३ पौष ः कोशी राजमार्गका धरान धनकुटा सडक खण्डमा पर्ने आपगाछीमा यात्रुवाहक बस पल्टिदा १५ जना घाइते भएका छन् ।
चैनपुरबाट धरानतर्फ आउदै गरेको ना ५ ख २०० नम्बरको यात्रुवाहक बस धरान १३ आपगाछीमा साझ ५ बजेका समयमा दुर्घटना हुदा ४ महिला एक बालक र १० पुरुष घाइते भएका हुन् ।

घाइते हुनेहरुमा महालक्ष्मी ८ धनकुटाका मदन भण्डारी, विराटगरकी गंगा दाहाल, मादी संंखुवासभाका मनिष तामाङ्ग, पाचखपन संखुवासभाका सोमबहादुर तामाङ्ग, बराह नगरपालिकाका बलबहादुर विक., संखुवासभा चैनपुरका गौरव डागी,फावेङ संंंखुवासभाका खगेन्द्र लिम्बसु, मादी ९ संखुवासभाका इन्द्रमान लिम्बु, तामाफोक संखुवासभाका हर्कमान जिमी, साही ठाउका दिलबहादुर जिमी, नागी डाडा संखुवासभाका अनिष तामाङ्ग, नुनढाकी चैनपुरकी सता लिम्बु लगायत रहेको विपी प्रतिष्ठान प्रहरी चेकपोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक तिलक गिरीले जानकारी दिए । घाइतेरु धर जसोको अनुहारमा चोटपटक लागेको, हात भाचिएको, कुममा खुस्किएको पाइएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
घाइतेहरुको अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
धरान भेडेटारको बीचमा पने आपगाछीमा बस अनयन्त्रित भई सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइतेका विस्तृत अझै आउन बाकी रहेको ट्राफिक प्रहरीले जनाएका छ ।
