धरान÷धरान १५ स्थित केके इन्टरनेसनल स्कुलले आप्mनो तेस्रो वार्षिक उत्सव स्पेक्ट्रा र्थी जि वर्ष सोमवार भव्य रुपमा मनाएको छ । सो
अवसरमा विद्यालयले विद्यालयका विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थी र शिक्षक शिक्षिकाहरुलाई पुरस्कार वितरण गरेका छन ।
विद्यालयका प्ले गु्रप देखि कक्षा दश सम्मका प्रथम, द्धितिय र तृतिय स्थान ल्याउने विद्यार्थीहरुलाई ट्रफि प्रदान गरिएको थियो । खेलकुद, नृत्य, नाटक, वतृत्वकला लगायत अतिरिक्त क्रियाकलापका उत्कृष्ट विद्यार्थीलाई ट्रफि प्रदान गरेको छ । त्यसैगरी व्रिटिस काउन्सिल द्धारा प्रदान गरिने इन्टरनेशनल स्कुल अवार्ड २०१७ – २०२० विजेता वन्न सफल वनाउन विशेष योगदान पु¥याएका शिक्षक शिक्षिकालाई पनि कार्यक्रममा ट्रफी सहित सम्मान गरिएको थियो । उत्कृष्ट काम गर्ने विद्यार्थी, शिक्षक शिक्षिकाहरुको प्रोत्साहन तथा हौसला वढाउनको लागि सम्मान गरिएको विद्यालयका म्यानेजिङ्ग डाइरेक्टर गिरिधारी सापकोटाले जनाए । विद्यालयको उत्सव मनाउने क्रममा विद्यालयका छात्र छात्रा विभिन्न जातीय भेषभुषामा ¥यालि समेत निकालेका थिए । उनिहरुलो धरान ८ वरगाछि चौक देखि स्कुल सम्म र्याली गरेका थिए ।
त्यस्तै गरि केके स्कुलले वेस्ट डे वोर्डिङ्ग स्कुल, दुवइद्धारा यही डिसेम्वर २३ मा प्रदान गरिने वेस्ट डे वोर्डिङ्ग स्कुल अवार्डका लागि आफ्नो स्कुल छनौट भएको कार्यक्रममा घोषणा गरेका छन । ४० वटा देशको ६ हजार विद्यालय मध्येबाट केके स्कुल छनौट भएको हो । विद्यालयको वार्षिक गतिविधी र उपलव्धिको आधारमा अवार्ड विजेता भएको विद्यालयका संचालक अध्यक्ष प्रविण अग्रवालले जानकारी गराए । अवार्ड थाप्नको लागि विद्यालयका अध्यक्ष प्रविण अग्रवाल र विद्यालयका प्रिन्सिपल भिक्टर जोसेफ दुवइ जाने विद्यालयले जानकारी गराए । धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारीको प्रमुख आतिथिमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुका अभिभावकाहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले आप्mनो प्रतिभाहरु प्रस्तुत गरेर उपस्थितीहरुलाई मनोरञ्जन दिलाएका थिए ।
