“अप्रमादबाट लक्ष्य सम्पादन गर”

बसन्तराज भट्टराई
धरान–८, बरगाछी

रातको अन्तिम प्रहर चलिरहको छ । तथागतको महापरिनिर्वाणको समय हुनलागेको छ । सारा भिक्षुसमुदाय तथागतलाई घेरेर बसेका छन् । विस्तारै विस्तारै तथागत बोल्न थाल्छन् । हे भिक्षुहरु हो । यदि तिमीहरुलाई बुद्धत्वको बारेमा, धर्मको बारेमा र संघको बारेमा कुनै प्रकारको भ्रम वा शंका छभने सोध्न सक्छौ ! अन्यथा भोलीका दिनहरुमा तिमीहरुलाई पश्चाताप हुनेछ । तिमीहरु अफसोस गर्नेछौं । अनि हतोत्साहीत हुनेछौ । त्यसैले अहीले तिमीहरुको शास्ता सामुन्ने छन् । सम्पुर्ण समस्या तथागतलाई भन्नसक्छौ । किन्तु सारा भिक्षुगण भिक्षुगणहरु मँैन छन् । तथँगतकँे स्थिति र समयकँे अनवरततामा भिक्षु समाज गाढा शोकमा डुबेको प्रतीत हुन्छ । बुुद्धलाई लाग्छ कि आफ्नो विशाल एवं अथाहा व्यतिmत्वको चापले भिक्षुगण सोध्न संकोच मान्दैछन् कि । आफ्नो शास्ताको गौरवको कारणले सोध्न नचाहेका हुन् कि ! या फेरी अन्य कुनै कारण छ त ! यीनै कुुराहरु मनमनै सोच्दै तथागत पुनः भन्नपुग्छन । हे भिक्षुमुनिहरु हो । मलाई तिमीहरु मित्र सम्झ । आफ्नो सखा सम्झ । किन कि तिमीहरुको म शास्ता मात्र नभएर “कल्याण मित्र” पनि हुू । त्यसैले मौन नबस । केहीकुरा छन्भने अझपनि सोध्न सक्छौं । यत्तिकैमा आनन्दले भन्छन कि तथागतको पार्थीव शरीरको दाहसंस्कार हामी कसरी गर्नेछौ भनेर । हे आनन्द ! तथागतको शरीरको पुजा होस् भन्ने तथागत चाहादैन । फेरि यस्ता कुराहरुमा तिमीहरु अल्झिने काम नगर । यस क्षण भंगुर जीवनको बारेमा मैले तिमीहरुलाई पूर्व नै सवैकुरा बताईसकेको छु । त्यसैले पदार्थलाई चिन्ने प्रयत्न गर । कुनैपनि हालमा बुद्धत्व प्राप्त हुनपर्छ । अनवरत साधना र अथाहा तपबाटै यो सम्भव छ । तसर्थ मैले देखाएको धर्म र उपदेशलाई सदैव स्मरण गर्नु । त्यसैले तिमीहरुलाई मार्गदर्शन गर्नेछ । अनि त्यही नै तिमीहरुको शास्ता बन्नेछ । तसर्थ आत्मशरण बन्नु । आत्मद्वीप बन्नु । त्यसर्पाछ आनन्दले पुनः दोस्रो कुरा विन्ती गरे । तथागत ! यो संघलाई हजुर कसको रेखदेखमा सुम्पनु हुन्छ ? कसको नेतृत्वमा यो संघ अघि बढ्छ त ? आनन्दको कुरा सुनेर बुद्ध संवेदनशील हुन्छन् । अनि भिक्षुहरुतर्पm हेर्दै भन्न थाल्छन् । आखिरीमा भिक्षु समुदाय तथागतबाट के चाहान्छ ? के मैले संघलाई धारण गरेको छु ? या फेरि संघले मलाई धारण गरेको छ त तसर्थ स्मरण राख्नु भिक्षुगणहरु हो ! चाहे तथागतको जन्महोस् वा नहोस् फेरिपनि पदार्थको नियममा अर्वास्थत रहनु नै उसको धर्म हुनेगर्छ । तथागतको जन्म नहुूदा पनि धर्म आफनो स्थानमा हिडिरहेको हुन्छ । त्यसैले तथागतको उद्देश्यमा धर्मसंघ उभिएको छैन ।
बुद्ध जीवन एव धर्मोपदेश व्यवस्था वैचारीक धरातलमा उभिएको देखिन्छ । न कि कार्यको प्रधानतामा नै । बुद्ध वस्तुको वास्तविकतामा नै उभिएका छन् । यस मार्गमा प्रज्ञालाई महत्वपुर्ण स्थानदिई कर्मलाई साधन स्वरुपमा उभ्याइन्छ । त्यसैले शरीर कर्म गर्ने साधन भयोभने दृप्टिचांही गन्तव्यता प्राप्तगर्ने साध्य बन्नपुग्छ । बुद्ध आफ्नो अथाहा साधना र अद्भूत दृष्बिाटै सम्यक संबुद्ध बन्नपुगेका हुन् । २९ वर्षको उमेरमा पुर्ण वयस्क अवस्थामा आफ्ना माता, पिता, स्त्रीपुत्र, राजकाज एव गृहत्यागगरी गौतम सम्यक ज्ञानको खोजीमा हिडेका हुन् । आफुलाई मनपरेकोे कपाल र दारी खौरेर कापाय वस्त्र धारणगरी उनी प्रवर्जित हुन पुग्छन् । उनलाई वैराग्य आउनुमा चारवटा विषयको हात छ । रोगी, वृद्ध, मृत्यु र सन्यासी आदि । यीनै चारवटा समस्याको समाधानहेतु सिद्धार्थले गृहत्यागेका हुन् । यस यात्रामा हिड्दा गौतमले धेरै गुरुहरुको नाडीछाम्ने अवसर पाएका थिए । अनि धेरै धर्महरुको वास्तविकता बुझ्न पनि सफल भए । कुनै धर्ममा करुणा थिएनभने कुनैधर्ममा श्रद्धा थिएन । कही आस्था थिएन त कही निष्ठा थिएन । कही समाधि थिएन त कही प्रज्ञा थिएन । यही क्रममा गौतमलाई एउटा नयाू उर्जा थपियो । अब कुनैपनि हालमा धर्मलाई आफै प्राप्तगर्ने । निरन्तर साधना र अनवरत प्रयासबाट त्यस धर्मको साक्षात्कार आपैmगर्ने । यही संकल्पले गौतमलाई अझ तीव्र र गतीशील बनाउन पुग्यो । उनी त्यस्तो धर्मप्राप्त गर्न चाहान्थे कि जसबाट ज्ञानप्राप्त हुनुप¥यो । धर्मबाट संवोध र निर्वाण प्राप्त हुनुप¥यो । अनि धर्मबाट उपशम, निरोध र विराग उपलब्ध हुनुप¥यो । तसर्थ यी सब धर्महरुमा प्रज्ञा, समाधि, वैराग, निर्वाण, क्षद्धा, ज्ञान र निर्वेद जस्ता कुराहरु छैनन् । त्यसैले यी सब धर्महरु अपुर्ण छन् । अपर्याप्त छन् । अनि असफल पनि छन् । बुद्धको सवैभन्ढा ठूलो विशेषता नै उनको स्व(निरपेक्षता हो । एउटा निरपेक्ष व्यक्तिले नै सम्यक ज्ञानको खोजीगर्न सक्छभन्ने दावा बुद्धको हो । तसर्थ बुद्धको शरणमा जानु भनेको विशुद्ध अनुभूतिको यात्रामा प्रवेशगर्नु हो । निर्वाणको प्राप्तीमा अग्रशर हुनु हो । यथार्थमा भन्दा विश्वका कुनैपनि धर्म संस्थापकहरुले आपूmले स्थापना गरेको संस्थालाई यसरी नेतृत्व विहीन ढंगबाट अमूर्त धर्मको नेतृत्वमा कसैले छोडेका छैनन् । यस्तो ईतिहास आजसम्म कहीपनि देखिएको छैन र सुनिएको पनि छैन । तसर्थ हे भिक्षुगणहरु हो ! यीनै चार आर्यसत्यको अज्ञानतामा दीर्घकालबाटै तिमीहरु र म यस क्षणभंगुर संसारमा भड्कीरहेका छौ । हाम्रो आवागमन बार(बार भैरहेको छ । किन्तु यो मेरो अन्तिम जन्म हो । त्यसैले पदार्थेलाई राम्रोसूग चिन । बुद्धत्व ध्यान तप र साधनाबाटै प्राप्त हुन्छ । प्रयत्न गर प्रयास गर । अनवरत साधना गर । संस्कार पनि नाशवान छ । त्यसैले अप्रमादबाट आफनो लक्ष्य सम्पादन गर । अस्तु ।

तपाईको प्रतिक्रिया